नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँ गाडी फोर्स गुर्खा शुक्रबारदेखि नेपाली बजारमा विक्रीवितरण सुरु गर्ने भएको छ। नेपालको बाटोलाई अन्त्यन्त उपयुक्त यस गाडीको विक्रीवितरण आजदेखि सुरु गर्ने कम्पनीका अध्यक्ष ध्रुव थापाले जनाए।
‘ग्राउन्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिबिम्बित गरेको अध्यक्ष थापाले जनाए।
लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको छ। यसमा चारैजना यात्रुका लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बो रुम एवं पाँच सय लिटरको बुट स्पेसको व्यवस्था छ।
मर्सिडिज निर्मित २६०० सिसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेन्ट) एक मात्र यस्तो गाडी हो, जुन विनाकुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्ने कम्पनीको दाबी छ।
त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पांग्रामा भएको लक पनि अन्यभन्दा विशेष प्रकारको रहेको कम्पनीले जनाएको छ। पाँचवटा विभिन्न आकर्षक रंगमा उपलब्ध गुर्खामा तीन लाख किमि वा तीन वर्षको वारेन्टी रहेको छ। साथै ग्राहकले चार पटकसम्म निःशुल्क सर्भिसिङ सेवा प्राप्त गर्नेछन्।