मिर्मी (स्याङ्जा)–म्याग्दीमा पहाड खसेर थुनिएको कालीगण्डकीको जलासय फुटेर आउन सक्ने बाढीलाई ध्यानमा राखेर कालीगण्डकी ए जलविद्युत केन्द्रमा प्रयाप्त तयारी गरिएको छ। केन्द्रको ड्याम साइटमा अहिले सुरक्षा तयारी चुस्त पारिएको केन्द्र प्रमुख श्रीरामराज पाण्डेले जानकारी दिए।
म्याग्दीको काफल डाँडामा नदी थुनिएर करिव दुई किलो मिटरको ताल बनेको बताइएको छ। काली गण्डकी ड्याम साइटमा करिव ६ किलो मिटरको ताल खालि गरिएको छ। 'म्याग्दी देखी यहाँसम्म लामो दुरी भएको हुँदा बाढी यहाँ आइपुग्दासम्म अकल्पनीय अवस्था होला जस्तो लाग्दैन,' केन्द्रका प्रशासन प्रमुख तुलसी सापकोटाले नागरिकन्यूजसँग भने, 'पूर्व सतर्कता अपनाउने विद्युत प्राधिकरणको आकस्मिक निर्णय अनुसार उत्पादनलाई बन्द गर्ने निर्णय गरिएको छ।' सापकोटाका अनुसार ताल एकैचोटी फुटेर आउँदा पनि यहाँ आइपुग्न चार घण्टा भन्दा बढी समय लाग्छ। उनी भन्छन,'त्यो बीचमा पनि यहाँ तयारी गर्न सकिन्छ तर किन जोखिम लिने भनेर उत्पादनलाई बन्द गर्ने निर्णय लिइएको छ।'
उनका अनुसार ड्याम साइटको जलासयको तह कम गरिएको छ। नदी थुनिएको थाह भएपछि विहान साढे तीनबजे देखि नै एउटा ढोका खोलेर पानीको सतहलाई घटाएर समुद्री सतह देखि ५ सय १८ मिटरको तहमा झारिएको छ। यसअघि ५ सय २१ मिटर तहमा राखिएको थियो। पानीको सतह घटाएपछि अहिले ५ सय १८ को तहमा सन्तुलनमा राखेर विद्युत उत्पादनका लागि पावर हाउसमा पानी पठाइएको इन्जिनियर अर्जुन कँडेलले जानकारी दिए। तर मध्यान्न सम्ममा पानी अपुग हुने हुँदा विद्युत उत्पादन बन्द हुने उनले बताए। 'कति समय उत्पादन बन्द हुन्छ त्यो भन्न सकिन्न्,' कँडेलले भने, 'बाढी आउने अवस्थालाई हेरेर सोही अनुसार हामीले रणनीति बनाउने छौं।'
काली गण्डकीको ड्यामले थेग्ने पानीको उच्चतम वहाव क्षमता ६४ सय मिटर क्यू प्रतिसेकेण्ड रहेको सहायक इन्जिनियर कमल कुँवरले जानकारी दिए। पछिल्लो १२ वर्षमा रेकर्ड गरिएको उच्चतम बहाव २०६६ सालमा ५३ सय मिटर क्यू प्रतिसेकेण्ड थियो।म्याग्दीको काफल डाँडामा पहिरोले बनाएको जलायस फुट्यो भने त्यसको बहाव कति हुन्छ भन्ने अनिश्चित रहेको इन्जिनियर कुँवरले बताए। जलासय कसरी फुट्छ भन्ने आधारमा बहाव निर्धारण हुने उनी बताउँछन्। उनी भन्छन् 'सिन्धुपाल्चोकको जुरे पहिरोले बनाएको जलासय जस्तै विस्तारै पानी बग्ने अवस्थामा कुनै क्षति हुने छैन।'आइतबार मध्यान्न देखि विद्युत उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ। विद्युत उत्पादन बन्द हुँदा प्रति घण्टा सरदर १ सय ४४ मेघावाट लस हुनेछ।
यस्तो छ तयारी अवस्थाः
ड्याम साइटमा रहेका सम्पूर्ण गेटहरु परीक्षण गरेर हेरिएको र सबै दुरुस्त अवस्थामा रहेका केन्द्रले जनाएको छ। जलासय बनेको म्याग्दीको काफल डाँडाको अवस्थाबारे यहाँका अधिकारीहरुले निरन्तर जानकारी लिइरहेका छन्। सबै कर्मचारीलाई हाइ एलर्टमा राखिएको छ।शनिबारसम्म डाइभर्सन रेडियल गेट नं. एक मर्मत भैरहेको थियो। उक्त गेटमा मेकानिकल मेन्टिनेन्सलगायत स्टिल लाइनरमा समेत मर्मत कार्य भैरहेको थियो। कंक्रिट स्टक्चरमा एपोक्सी लगाउने काम भैरहेको थियो।
बाढीको संभावनालाई ख्याल गर्दै उक्त काम रोकेर स्टप लक बाहिर निकाल्ने काम सम्पन्न गरिएको कुँवरले बताए। अब आकस्मिक रुपमा आउने बाढीका लागि डाइभर्सन ड्यामका तीनवटै गेट तयार अवस्थामा राखिएको छ। यसअघि अण्डर स्लुइस् गेट नम्बर ७ मा मर्मतका लागि स्टप लक राखि सिल प्लेटहरु खोल्ने काम भैसकेको थियो। तर नदी थुनिएको खबर पाएपछि उक्त गेट राती ४ बजेदेखिनै कर्मचारीहरुलाई आकस्मिक रुपमा बोलाएर एसेम्बल गर्ने कार्य विहान १० बजेसम्म सकिएको केन्द्र प्रमुख पाण्डेले जानकारी दिए।ड्याम साइटमा प्रयाप्त पूर्व तयारी गरिसकिएको केन्द्रले जनाएको छ। सबै तयारीका काम सकेर बसेको केन्द्र प्रमुख पाण्डेले बताए।