काठमाडौं-दाताले राहतका लागि उपलब्ध गराएको केही खानेकुरा अखाद्य रहेको पाइएको छ। खाने तेल, चाउचाउ, पाउरोटी, पानी, परौठा जस्ता सामग्री अखाद्य भेटिएको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनाएको छ।युनाइटेड अरब इमिरेट्स (युएई) ले पठाएको ७ हजार लिटर तेल खान अयोग्य भएपछि विभागले नष्ट गरेको छ। दिल्लीस्थित युएई दूतावासमार्फत आएको उक्त तेल खान अयोग्य भनेर पुुष्टि भएपछि नष्ट गरिएको विभागका महानिर्देशक शम्भु कोइरालाले बताए।
युएई सरकारले वैशाख १२ को भूकम्पलगत्तै राहतस्वरुप दिल्लीस्थित राजदूतावासमार्फत सामान पठाएको थियो। यसअघि पनि विभागले भूकम्पपीडितका लागि पठाइएका अखाद्य खानेकुरा नष्ट गरेको कोइरालाले जानकारी दिए।
यसअघि म्याङ्गो डिंरकमा किटाणु फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। उसले राहत संकलन हुने प्रमुख ठाउँहरू विमानस्थल, खाद्य संस्थान, साल्ट्र ट्रेडिङ कर्पोरेसन लगायत स्थानको अनुगमनका क्रममा यस्तो फेला पारेको थियो। युएईबाट आएको तेल शंका लागेर परीक्षण गर्दा खानयोग्य तत्व केही नभएको नतिजा निस्किएपछि विभागले नष्ट गरेको हो।
यसअघि भएको अनुगमनका क्रममा केही चाउचाउमा म्याद नाघेको र पाउरोटीको उपभोग्य म्याद सकिएको फेला परेको थियो। ‘परौठामा ढुसी परेको भेटियो,' विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने। यस्तै, लुपाज ब्रान्डको म्याङ्गो ड्रिंकमा किटाणु भएको विभागले पुष्टि गरेको छ।
‘भारतबाट ल्याइएका वाराणसीमा उत्पादित लुपाज ब्रान्डको सेन्थेटिक म्याङ्गो ड्रिंकको प्याकेट बिग्रेको थियो। त्यसमा किटाणु पाइयो। ड्रिंकको प्याकेट फुटेको थियो,' विभागका महानिर्देशक सजीवकुमार कर्णले भने, ‘किटाणुले गर्ने असरबारे थप पत्ता लगाउन परीक्षण गरेका हौं।' बिग्रेको ३३ कार्टुन म्याङ्गो ड्रिंक वितरणमा रोक लगाइएको थियो।
विभागका अनुसार भारतको मुजफ्फरपुरमा उत्पादित राहत वैशाली ब्रान्डको हजार प्याकेट पाउरोटीको उपभोग्य मिति सकिएको थियो। पाउरोटी तुरुन्तै सक्नुपर्ने खाद्यान्न भएकाले वितरण ढिलो हुँदा ब्रिगेको हुन सक्ने विभागले जनायो।
भारतबाट राहतस्वरूप कार्गोमार्फत ल्याइएको हजार किलो परौठामा ढुसी परेको थियो। ती परौठामा लेबल पनि थिएन। उक्त परौठा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खाद्य निरीक्षण एकाइले नष्ट गरेको थियो।
सिंगापुरमा उत्पादित कोका ब्रान्डको चाउचाउ पनि म्याद नाघेको विभागको दाबी छ। ‘चाउचाउको उपभोग्य मिति सकिएको करिब २ महिना भएको थियो,' प्रवक्ता वस्तीले भने, ‘त्यो पनि नष्ट गर्यौंभ।'
दाताले पठाएको सामग्रीमा पटकपटक समस्या देखापरेपछि वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मिलेर खाद्य गोदामको अनुगमन गरी शंका लागेकोमा परीक्षण भइरहेको विभागले जनाएको छ। बासी, सडेगलेका सामग्री राहतको रुपमा बाँड्दा पीडित उल्टै बिरामी पर्ने सम्भावना रहेको भन्दै विभागले दाताबाट आएको सामग्रीलाई अनिवार्य परीक्षण गर्ने भएको छ।
विभागले केही पानी उद्योगमा अनुगमन गर्दा उत्पादन अनुज्ञापत्र नलिएको फेला परेको जनाएको छ। छानबिन गर्दा खाद्य ऐन २०२३ अनुसार लिनुपर्ने अनुज्ञापत्र नलिएको भेटिएको थियो। ती उद्योगको उत्पादनमा रोक लगाइएको छ। उद्यमीलाई आवश्यक कारबाहीका लागि विभागमा उपस्थित हुन पत्र बुझाइएको छ।