काठमाडौंभूकम्प अतिप्रभावित जिल्लामा सरकारले ४ सय ४ टन धानको बिउ वितरण गरेको छ। भूकम्प प्रभावित १४ जिल्लामा ४ सय १८ टन धानको बिउ आवश्यक भएको निष्कर्ष सरकारले निकालेको थियो। बाँकी १६ टन आइतबारसम्म पुग्ने राष्ट्रिय बिउ बिजन कम्पनी लिमिटेडले जनाएको छ।धानको ब्याड राख्ने बेलामै भूकम्प गएकाले किसानले राखेको बिउ घर भत्किएर पुरिएपछि सरकारले यो सिजनका लागि निःशुल्क वितरण गरेको हो। कम्पनीका प्रवन्ध निर्देशक धर्मराज अधिकारीले कुन जिल्लामा कस्तो प्रकारको बिउ लाग्छ त्यसैगरी सरकारले पठाएको बताए। ‘कुनै जिल्लामा छिट्टै धानको बिउ राख्नुपर्ने हुन्छ,' उनले भने, ‘त्यस्ता जिल्लामा छिट्टै पुर्यातइएको छ।' अलि पछि धानको बिउ राख्न मिल्ने जिल्लामा अहिले पनि पठाइसकेको उनको भनाइ छ।
कम्पनीले खुमल सिरिजका धान पहिल्यैनै पठाएको बताएको छ। नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा पहिल्यैनै वितरण गरेको अधिकारीले बताए। ‘भूकम्पले घर भत्किँदा बिउ पुरिएपछि यस सिजनका लागि धान निःशुल्क दिएको हो,' कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने, ‘कूल ग्रार्हस्थ्य उत्पादनमा धानको मुख्य योगदान रहेको र धानको ब्याड पनि यही सिजन भएकाले समस्या समाधान गर्न निःशुल्क वितरण गरिएको हो,।'
जिल्ला कृषि विकास कार्यलयबाट अहिले पनि धमाधम बिउ वितरण भइरहेको अधिकारीले बताए। ‘कार्यालय प्रमुखले अध्ययन गरेर आफ्नो जिल्लामा के/कति बिउ आवश्यक छ, त्यसको रिर्पोट केन्द्रमा पठाएपछि बिउ उपलब्ध गराएको हो,' अधिकारीले भने।
मन्त्रालयले बिउ वितरण गर्न कम्पनीलाई एक करोड ९८ लाख र विश्व खाद्य कार्यक्रमले एक करोड ९१ लाख रुपैयाँ निकासा गरिसकेको अधिकारीले बताए।
अतिप्रभावित १४ जिल्लामा करिब ८ सय १८ टन धानको बिउ आवश्यक रहेको अधिकारीले बताए। ‘बिउबिजन कम्पनीले तराईका लागि आवश्यक पर्ने बिउ मात्र स्टोर गर्दा मध्य र उच्च पहाडी जिल्लामा विपत् आउँदा बिउ उपलब्ध गराउन समस्या परेको हो,' उनले भने, ‘अहिले समय पनि थोरै भएकाले के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामीलाई केही चिन्ता नभएको हो,।'
बिउ विजन कम्पनी लिमिटेडसँग तराइका जिल्लामा फल्ने धानको बिउ रहेको छ। ती बिउ मध्य तथा उच्च पहाडी जिल्लामा सिफारिस गर्दा पछि फेरी समस्या आउन सक्ने भएपछि मन्त्रालयले विभिन्न स्रोतबाट बिउ जुटाएको हो। अहिले भूकम्प गएर क्षति भएका १४ जिल्लामा खुमल–४, खुमल–१०, सुख्खा १, २, ३, लगायतका धानको बिउ लगाउन मिल्छ। सरकारले सोही बिउ वितरण गरेको हो।
मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले १७ हजार ५० टन धान उत्पादन हुने गरेको बताए। ‘एक जिल्लामा सरदर ३.१ टन धान उत्पादन हुन्छ,' उनले भने, ‘सोही आधारलाई मानेर १७ हजार ५० टन धान उत्पादन हुने तथ्यांक निकालिएको हो।' उनका अनुसार वर्षायाममा हुने धान भन्दा चैतमा उत्पादन हुने धेरै फल्ने उनको भनाइ छ।
भण्डारीले ऐननियम अनुसार नै निःशुल्क बिउ वितरण गरेको जनाए। उनका अनुसार बिउ बिजन कम्पनी, बाली विकास निर्देशनालय र कृषि विकास मन्त्रालय मिलेर कुन स्थानमा बिउ पाइन्छ, त्यसको पहिचान गरे बिउ खरीद गरि वितरण गरेको हो।
विभिन्न जिल्लामा बिउ उत्पादन सहकारी संस्था तथा निजी क्षेत्रसँग बिउ खरीद गरेको हो। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले बिउ उन्मोचन गरेपछि विभिन्न सहकारी संस्था, कृषक समूह तथा निजी क्षेत्रलाई व्यावसायिक रुपमा बिउ उत्पादनका लागि दिने र तीनहरुबाट सरकारले बिउ खरीद गरेर किसानलाई दिने चलन यस अघिकै हो। अहिले विपत् परेकाले धेरै मात्रामा बिउ खरीद गर्नु परेको मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार १४ जिल्लामा ३४ करोड १० लाख रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ। ती जिल्लामा उत्पादन भएको धानले एक वर्ष देखि नौ महिनासम्म खान पुग्ने सरकारी तथ्यांक छ।