कलैयाका ४२ जना वडाध्यक्ष र कर्मचारीहरु अख्तियारको छानबिनमा
१७ चैत्र २०७८
•
२ मिनेट पाठ
कलैयाका ४२ जना वडाध्यक्ष र कर्मचारीहरु अख्तियारको छानबिनमा
कोरोनाकालमा दुई करोडभन्दा बढी पेश्की लिएका कलैया उपमहानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरुमाथि अख्तियारले छानबिन सुरु गरेको छ।




कोरोनाकालमा राहत वितरणको नाममा पेश्की रकम लिएर अनियमितता गरेको उजुरीको आधारमा ४२ जना वडाध्यक्ष र कर्मचारीहरुसँग बिहीबारदेखि बयान लिने काम सुरु भएको अख्तियार दुरुपयोग आयोगको कार्यालय हेटौडाले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौडाका सूचना अधिकारी बिश्वप्रसाद सापकोटाले कोरोनाकालमा नगरपालिकाबाट लिएको पेश्की र त्यसबाट गरेको कामको बारेमा सोधपुछ गर्न वडाध्यक्षहरुलाई बिहीबार बोलाएर बयान लिएको बताएका छन्।

त्यसैगरि पेश्की रकम लिएका वडाका वडा सचिव र कर्मचारीहरुलाई समेत सोधपुछको लागि बोलाइएको सापकोटाले बताए। जनप्रतिनिधि र कर्मचारीहरुको बयान सकेपछि मात्रै थप कुरा भन्न सकिने सापकोटाले बताए।

वडाध्यक्षहरु लगाएत जनप्रतिनिधिहरुसँगको बयान सकिएपछि वडा सचिवहरुलाई बयानको लागि बोलाइने सूचना अधिकारी सापकोटाले बताए।

कोरोनाकालमा गरिएको राहत वितरण र कोरोनाको नाममा लिएको पेश्कीको बारेमा छानबिन गर्नुपर्ने भएकाले पेश्की रकम लिएका वडाध्यक्ष र कर्मचारीहरुलाई चैत १७ गते पठाई दिनको लागि कलैया उपमहानगरपालिकालाई अख्तियारले केही दिन पहिला पत्राचार गरेको कलैया उमपहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताएका छन्।

बयानको लागि बोलाइएकामा वडाध्यक्षहरु राजनप्रसाद कुर्मी, शंकरप्रसाद गुप्ता, अख्तर आलम अंसारी, सर्व नारायण चौधरी, राजेश्वरप्रसाद केशरी लगाएत २३ जनासहित १९ जना वडा सचिव र कर्मचारीहरु पनि रहेका अख्तियारको हेटौडा कार्यालयले जनाएको छ।

कोरोनाकालमा ४२ जना वडाध्यक्ष र कर्मचारीहरुले दुई करोड दुई लाख रुपैयाँ पेश्की लिएको र लिएको पेश्की रकमबाट केके काम गरेको त्यसको प्रमाण समेत मागिएको अख्तियारले जनाएको छ।

२७ वटा वडाहरु रहेको कलैया उपमहानगरपालिकाको पेश्की काण्डमा अधिकाँंश वडाका वडाध्यक्ष र कर्मचारीहरु संलग्न रहेको भेटिएको छ।

कलैया उपमहानगरपालिकाले कोरोनाकालमा राहत वितरण गर्न वडाध्यक्ष र कर्मचारीहरुलाई पेश्की रकम दिए पनि उनीहरुले राहतमा कुहिएको दाल वितरण गरेपछि उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाराले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बारामा २०७७ वैशाख ५ गते मुद्दा दर्ता गरेको थियो।

वीरगंजस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मा, यादव आईस एण्ड कोल्ड स्टोरका सञ्चालक रवीन्द्रप्रसाद यादव, स्टोरका कर्मचारी कृष्णप्रसाद यादव, कलैया उमनपा–१ का वडाध्यक्ष हरिओम साह सोनार, वडा नं.–७ का अध्यक्ष सरफुल्लाह अंसारी, वडा नं.–११ का अध्यक्ष सर्वनाराण चौधरी, वडा नं.–१३ का अध्यक्ष राजन पटेल, र वडा नं.–२६ का महेश साह लगाएतकालाई पक्राउ गरी हिरासतमा राखेर मुद्दा दर्ता गरिएको थियो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
यो पनि पढौँ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस