काठमाडौं- चीनले नेपाल वायुसेवा निगमलाई बाँकी चारथान जहाज लिन आउन पत्राचार गरेको छ। निगमले चीनसँग लिनुपर्ने ६ थानमध्ये दुईवटा ल्याएर उडान गरिरहेको छ। चिनियाँ जहाज उडाएर ठूलो परिमाणको घाटा बेहोरिरहेको राष्ट्रिय ध्वजावाहक निगम बाँकी जहाज ल्याउने कि नल्याउने भन्ने अन्योलमा रहेका बेला चीनबाट बाँकी जहाज लिन आउन पत्र आएको हो। चीनले बाँकी जहाज आगामी असार १७ भित्र लैजान पत्राचार गरेपछि निगम थप असमञ्जसमा परेको छ।'चिनियाँ जहाज निर्माता कम्पनी एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनले बाँकी चारथान जहाज लिन आउन पत्र पठाएको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले आइतबार नागरिकसँग भने, 'तालुक मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएपछि मात्र ती जहाज ल्याउने कि नल्याउने भन्ने प्रक्रिया अगाडि बढाउँछौं।'
उनका अनुसार चीनबाट ५६ सिट क्षमतायुक्त एउटा 'मोडर्न आर्क' (एमए–६०) र १८ सिट क्षमताका तीनथान 'वाई१२–ई' जहाज ल्याउन बाँकी छ। सबै जहाज सहुलियत ऋणमा ल्याउन चीनसँग सम्झौता भइसकेको छ। हाल सञ्चालनमा रहेका एक/एक एमए–६० र वाई१२–ई जहाज भने अनुदानमा प्राप्त भएका हुन्।
केही दिनअघि मात्र निगमले निगमले आफूसँग रहेका चिनियाँ जहाजसम्बन्धी समस्या समाधानका लागि तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई पत्राचार गरी चीनसँग छलफल गर्न आग्रह गरेको थियो। यसअघि गरिएको आग्रहमा हालसम्म 'सनुवाई' नभएपछि निगम व्यवस्थापनले पुनः पत्राचार गरेको हो।
चिनियाँ जहाजका प्राविधिक समस्या तीन महिनाभित्र समाधान नभए यहाँ उडान गरिरहेकालाई फिर्ता पठाउने र ल्याउन बाँकी जहाज नल्याउने निर्णय निगमले विगतमै गरिसकेको छ।
'सरकार–सरकार (नेपाल र चीन) बीचको सम्झौता भएका कारण हामी अलि अप्ठेरो अवस्थामा छौं। यसबारे सरकारले आफैं निर्णय गरेर हामीलाई निर्देशन दिने विश्वास छ,' निगमका नवनियुक्त महाप्रबन्धक सुगतरत्न कंसाकारले नागरिकसँग भने, 'पर्यटन मन्त्रालयले जे निर्देशन दिन्छ, निगमले त्यही मान्ने छ। यसबारे मन्त्रालयसँग छलफल गर्न भने बाँकी छ।'
नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ।
चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध हुनेछ। यी जहाज अर्थ मन्त्रालयले करिब दुई प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ। अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने 'ग्रेस पिरियड' दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ।
चीनबाट ल्याउन बाँकी दुईथरी जहाजका उत्पादक फरक–फरक भए पनि दुवै सरकारी कम्पनी हुन्। एमए–६० को उत्पादक जियान एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसन हो। यसले सन् २००० देखि यस्तो जहाज उत्पादन गर्दै आएको छ। त्यस्तै वाई–१२ई उत्पादक हार्बिन एयरक्राफ्ट इन्डस्ट्री गु्रप कम्पनी लिमिटेडले सन् १९८५ देखि यस्तो जहाज उत्पादन गर्दै आएको छ।
चिनियाँ जहाज निर्माताले खरिद गरिएका बाँकी चारथान जहाज २०७१ असोज दोस्रो सातादेखि कात्तिक दोस्रो साताभित्र नेपाललाई आपूर्ति गर्ने मिति त्यहीबेला दिएको थियो। जहाज उडाउने पाइलट अभावलगायत कारण आपूर्ति मिति धकेलिँदै आएको थियो।
तर पछिल्लो पटक एमए–६० जहाज सञ्चालनमा आएको सात महिनामा ८० दिन 'ग्राउन्डेड', स्पेयर पार्ट्स (जगेडा पुर्जा) असाध्यै महँगो, ल्याउन परे सामान आइपुग्न धेरै दिन लगाइदिने, पाइलट, इन्जिनियर, क्याबिन त्रु्कलगायतको तालिम खर्च निगमसँगै रहेका बोइङ ७५७ (ठूला जहाज) को दाँजोमा एमए–६० मा तीनदेखि चार गुणा महँगो र बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी रहेको पत्ता लागेपछि निगम सञ्चालक समितिले भएकालाई फिर्ता पठाउने र बाँकी नल्याउनेसम्मको निर्णय गरेको थियो।
त्यसैगरी चीनले जहाज पठाउनुअघि दिएको विवरण (स्पेसिफिकेसन) जहाज ल्याइसकेपछि नमिलेको पनि निगमले पर्यटन मन्त्रालयलाई २०७१ माघ दोस्रो साता पठाएको पत्रमा उल्लेख छ। जहाज आउनुअघि जति भारवहन क्षमता भनिएको थियो, त्यो नमिलेको पत्ता लागेको थियो।
पत्रका अनुसार काठमाडौंबाट ५६ सिट क्षमताको एमए–६० उड्दा ५४ यात्रुमात्र राख्न मिल्छ। तापक्रम र धावनमार्ग लम्बाइका आधारमा काठमाडौं फर्किंदा यो जहाजले न्यूनतम ३६ (भद्रपुरबाट फर्कंदा) र बढीमा ४८ जना यात्रुमात्र (धनगढीबाट फर्कंदा) ल्याउन सक्छ।
त्यसैगरी लामो विवादपछि निगम सञ्चालक समितिले गत वैशाख पहिलो साता एमए–६० जहाजको बिमा नवीकरण थप तीन महिनाका लागि मात्र गर्ने निर्णय गरेको थियो। आगामी साउन १२ सम्म यो जहाज उडाउन मिल्छ र बिमा नवीकरण नभए उडाउन मिल्दैन। पर्यटन मन्त्रालयबाट बिमा नवीकरण गर्ने/नगर्ने भन्ने स्पष्ट निर्देशन प्राप्त नहुनु तथा चिनियाँ जहाजको 'पर्फर्मेन्स' असाध्यै कम भएको दोधारबीच निगमको सञ्चालक समितिले नवीकरको निर्णय गरेको थियो।
अनुदानमा प्राप्त गरेका दुईमध्ये एमए–६० को बिमा शुल्क अत्यधिक महँगो हुनुका साथै अन्य प्राविधिक समस्या उच्च भएका कारण यसलाई उडाउने हो वा होइन भन्ने निर्णय गर्न निगमले पर्यटन मन्त्रालयको सहयोग मागेको थियो। मन्त्रालयले प्राविधिक समस्या हल गर्न सहयोग गर्ने आश्वासन यसअघि नै दिएको थियो। बिमा नवीकरणबारे भने आफैं निर्णय गर्नुपर्ने मन्त्रालयको भनाइ आएपछि निगम सञ्चालक समितिले तीन महिनाका लागि मात्र नवीकरण गरेको थियो।
निगमका अनुसार एमए–६० को बिमा शुल्क जहाजको कुल मूल्यको ४ दशमलव ७ प्रतिशत रहेको छ। यो हिसाबले दैनिक २ लाख ४८ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ। एक वर्षमा एमए–६० को बिमा शुल्कमात्र ९ करोड ५ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ। तीन महिनाको बिमा शुल्क २ करोड २६ लाख ३० हजार रुपैयाँ राष्ट्रिय बिमा संस्थानमार्फत बेलायतस्थित बिमा कम्पनीलाई पठाइसकिएको छ।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको 'ए३२०–२००' सिरिजका जहाज र अमेरिकी कम्पनी बोइङले उत्पादन गरी निगमले करिब तीन दशकदेखि सञ्चालन गरिरहेका 'बि७५७' सिरिजका जहाजको वार्षिक बिमा शुल्क जहाजको कुल मूल्यको डेढ प्रतिशतमात्र तिर्नुपर्ने भए पनि एमए–६० को बिमा शुल्क तीन गुणा बढी छ।