काठमाडौं-थरिथरिका जहाजले सञ्चालन खर्च बढेको भन्दै नेपाल वायुसेवा निगमले अब एयरबस मात्र थप्ने भएको छ। पाँच महिनापछि नयाँ एयरबस खरिदका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको निगमले अबदेखि अन्तराष्ट्रिय उडानका लागि एयरबस मात्र थप गर्ने भएको हो।
निगमसँग भएका विभिन्न ५ प्रकारका जहाजको सञ्चालन र त्यसलाई आवश्यक पर्ने जनशक्तिले ठूलो खर्च हुने भएकाले एउटै प्रकारका जहाजमात्र थप्ने जनाएको हो। निगमसँग अहिले टि्वनअटर, एमए ६०, वाई १२ ई, दुइवटा बोइङ र दुईवटा एयरबस ए ३२० रहेका छन्।
पाइलट अभावका कारणले निगमले खरिद गरेको नयाँ एयरबस पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। निगमले नयाँ पाइलटका लागि टेन्डर आह्वान गरिसकेको छ।
निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले विभिन्न प्रकारका जहाज निगमसँग हुँदा व्यवस्थाप नगर्न समस्या भएको बताए। ‘अबदेखि हामीले अन्तर्राष्ट्रिय उडानका लागि एयरबस मात्रखरिद गर्ने तयारी गरेका छौं,' उनले भने,‘अन्य मुलुकमा पनि विभिन्न जहाज सञ्चालन गरिदैन। कम्तीमा १५/२० वटा एकै प्रकारका जहाज भएपछि अर्को प्रकारको जहाज खरिद हुन्छ, हामीले पनि एयरबस लिइसकेकाले अब एयरबस नै खरिद गर्छाै।'
उनका अनुसार पाँचवटा फरकफरक जहाज सञ्चाल नगर्नु भनेको पाइलट, स्पेयर पार्टस् पनि पाँच प्रकारकै चाहिने हो। त्यस्तै इन्जिनियर पनि फरक फरक आवश्यक पर्ने र यसको खर्च ठूलो हुने गर्छ।
नागरिक उड्डयन प्राधिकरणले पनि गत वर्षदेखि एउटै पाइलटले विभिन्न प्रकारकाजहाज उडाउन रोक लगाएको छ। यसले गर्दा पनि निगमलाई विभिन्न प्रकारका जहाज उडाउन पाइलट अभावहुँदै आएको छ।
निगमका प्रवक्ता तथा कर्पाेरेट डाइरेक्टर रामहरि शर्माले विभिन्न प्रकारका जहाजका लागि फरकफरक पाइलट राख्नुपर्ने वाध्यताले व्यवस्थापन गर्न समस्या भएको बताए। अहिले हामीलाई एयरबस सञ्चालनका लागि पाइलट अभाव छ।
अहिले एयरबसबाट ७ जना पाइलटले कमान्डर तालिम लिइसकेका छन् भने १२ जनाले को पाइलटका लागि तालिम लिइरहेका छन्।
‘निगमले कमाण्डरका लागि ५ विदेशी पाइलट भाडामा नलिने तयारी भएको छ।त्यस्तै एकजना प्रशिक्षक र ४ जनाको पाइलट पनिलिदैछौं,'उनले भने। ‘गत हप्ता यसका लागि ग्लोबल टेन्डरको आह्वान पनि भैसकेको छ।' विदेशी पाइलटले १२ लाखदेखि १५ लाखसम्म तलब पाउने निगमले जनाएको छ।
‘हामीले टाइप रेटिङ इक्जामिनर र टाइप रेटिङ इन्स्टक्टर पनिलिदैछौं। यसले गर्दा नेपाली पाइलटलाई तालिमदिने र परीक्षालिने कामपनि हुन्छ,'शर्माले भने,‘यस्ता पाइलट निश्चित अवधिका लागि भाडामा लिने भएकाले यसले हाम्रा पाइलटमा दक्षता र आत्मविश्वास बढाउने साथै उनीहरुले स्वतन्त्र रुपमा उडान भर्न सक्छन्।'
अहिले जर्मन प्रशिक्षक पाइलटले गतअप्रिलदेखि नयाँ एयरबस उडाएका छन्। उनलाई ६ महिनाकालागि भाडामा सम्झौतागरिएको हो।