भैरहवा सेजमा सात अर्ब लगानी प्रस्ताव
२२ चैत्र २०७८
•
५ मिनेट पाठ
भैरहवा सेजमा सात अर्ब लगानी प्रस्ताव
मुलुकमा स्वदेशी उत्पादन वृद्धि हुन नसक्दा व्यापार घाटा बढिरहेको छ। व्यापार घाटा कम गर्न सरकारले निर्यातमूलक उद्योगलाई प्रोत्साहित गर्ने नीति लिएको छ। कसिलो नीतिको कारण विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न हच्किएका लगानीकर्ता सरकारले खुकुलो नीति ल्याउने तयारी गरेपछि आकर्षित भएका छन्।




भैरहवास्थित सेजमा उद्योगीले करिब सात अर्ब रूपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। ५५ प्लटका लागि उद्योगीले करिब सात अर्ब रूपैयाँको लगानी प्रस्ताव गरेको सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए। ‘पुरानो व्यवस्था परिमार्जन गरेर थप सुविधा दिने तयारी गरेका छौं’, भट्टले भने, ‘निर्यातको अवधि र भाडा छुटका लागि गृहकार्य भैरहेको छ।’ उद्योगीलाई सुविधा दिने तयारीसहित सेजले नयाँ प्रस्ताव आह्वान गरेको थियो।

सेजमा बी एन्ड पी म्यानुफ्याक्चरिङले एक अर्ब २५ करोड रूपैयाँ लगानी गर्ने प्रस्ताव पेस गरेको छ। नयाँ लगानी गर्न चाहने उद्योगमा विद्युतीय स्कुटर तथा मोटरसाइकल एसेम्बल गर्ने उद्योग, एग्रो प्रोसेसिङ, हर्बल प्रोसेसिङ, इन्डक्सन चुलो, सिमेन्ट, स्टिल, ग्लास, कप, प्लेट, भाँडाकुँडा, ढुङ्गाका मूर्ति बनाउने लगायतका उद्योग छन्।

सेजले लगानीकर्तालाई आकर्षित गर्न कसिलो व्यवस्थालाई हटाउँदै सुविधाको प्याकेज ल्याउन लागेको हो। उत्पादन वृद्धि गरेर निर्यात बढाउन सरकारले सेजको अवधारणा ल्याएको थियो। सेजले दुई वर्षसम्म निकासी गर्नुनपर्ने र जग्गाको भाडा घटाउने बारेमा छलफल गरिरहेको छ।

सेजमा स्थापना हुने उद्योगले उत्पादनको ६५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था हटाएर दुई वर्षसम्म निर्यात गर्नुनपर्ने र तेस्रो वर्ष २० प्रतिशत निर्यात गरे हुने खुकुलो व्यवस्था ल्याउन लागिएको कार्यकारी निर्देशक भट्टले बताए। ‘चौथो वर्षमा ४० प्रतिशत र पाँचौं वर्षमा ६० प्रतिशत निकासी गर्नुपर्ने व्यवस्था राख्ने गृहकार्य गरेका छौं’, कार्यकारी निर्देशक भट्टले भने।

सरकारले निर्यात बढाएर व्यापार घाटा घटाउने, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, विदेशी लगानी र प्रविधि भित्र्यायाउन विशेष आर्थिक क्षेत्रको अवधारणा ल्याएको हो। मुलुकमा व्यापार घाटा बढिरहेको बेला निर्यातलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत औद्योगिक व्यवसाय ऐन २०७६ ले निकासी उद्योगलाई कच्चा पदार्थ आयात तथा निर्यातमा कर छुटको व्यवस्था गरेको छ।

नयाँ स्किमअनुसार पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट दिने तयारी छ। सेजमा उद्योग स्थापना गर्ने उद्योगीले प्रतिस्क्वायर फिट २० रूपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था छ। यसलाई घटाएर १० रूपैयाँमा झार्ने तयारी गरिएको छ। उद्योगीले भाडा घटाउनुपर्ने माग गरेपछि यस्तो तयारी भएको हो।

सरकारले निर्यातमूलक उद्योगलाई सहुलियत दिएर प्रोत्साहन गर्ने नीति लिएको छ। सेजमा उद्योग सञ्चालन गर्दा उद्योगीले अन्य सुविधा पनि पाउँछन्। उद्योगले उत्पादन सुरु गरेको पाँच वर्षसम्म आयकर तिर्नुपर्दैन र २५ वर्षसम्म ५० प्रतिशत आयकर छुट पाउने व्यवस्था छ। त्यसैगरी भन्सार महसुलमा पनि छुटको व्यवस्था भएकाले यसबाट पनि उद्योगीले धेरै लाभ लिन सक्छन्। सेजभित्र ट्रेड युनियन अधिकारका नाममा बन्द गर्न पाइँदैन।

आयात उच्च दरले वृद्धि हुन थालेपछि सरकारले निर्यात बढाउने उद्देश्यले सेजको अवधारणा लिएको हो। उद्योगीका लागि प्लान्ट स्थापना गर्न जग्गा खरिद सबैभन्दा समस्याको विषय हो। आफैंले जग्गा गरिद गर्नुनपर्ने भए पनि उद्योगीका लागि राहत हुन्छ। सेजमा सडक, बिजुली, पानीलगायतका भौतिक पूर्वाधार तयार भएकाले उद्योगीका लागि सहज हुन्छ। भौतिक पूर्वाधार भए पनि विगतमा उत्पादित सामान निर्यात गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले उद्योगीहरू सेजमा उद्योग स्थापना गर्न तत्पर देखिएका थिएनन्। अहिले सेजमा उत्पादन गरेको वस्तु दुई वर्षसम्म आन्तरिक बजारमा पनि बिक्री गर्न पाइने व्यवस्था गरेपछि केही आकर्षण बढेको हो।

भैरहवा सेज भारतको सीमा जोडिएको सुनौली नाकाबाट नजिक भएकाले कच्चा पदार्थ ल्याउन र निर्यात गर्न सजिलो छ। सातै प्रदेशमा सेजको अवधारणा अघि बढाइएको छ। स्वदेशीमात्र नभएर सेजमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ल्याउने सरकारको योजना हो। सुरुका दिनमा उद्योगलाई विशेष सहुलियत दिएर लगानी आकर्षित गर्ने र उद्योग सक्षम बन्दै गएपछि सुविधा कटौती गर्दै जाने रणनीति सेजको रहेको छ। ठूलो जनसंख्या भएका दुई छिमेकी मुलुक भारत र चीनतर्फ निर्यात गर्न सक्ने अवसर भए पनि सेजले मूर्तरूप लिन सकेको छैन। उद्योगहरूमा प्रतिस्पर्धी क्षमताको विकास गरेर गुणस्तरीय वस्तु उत्पादन गर्न सके यसबाट उद्योगीका साथै मुलुकले पनि फाइदा लिन सक्छ। विगतमा सेजमा जग्गा लिएर होल्ड गर्ने, अर्कोलाई बिक्री गर्ने प्रवृत्ति पनि थियो।

अहिले त्यसमा पनि कडाइ गरिएको छ। सेजमा जग्गा भाडामा लिएको एक वर्षभित्रै उद्योग स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ। उत्पादन परीक्षण हेरेर मात्र ६ महिनासम्म म्याद थप गर्न सकिने व्यवस्था छ। उत्पादित वस्तुको ६० प्रतिशत निर्यात गर्नुपर्ने कसिलो सरकारी नीतिका कारण भैरहवा सेजबाट केही उद्योग बाहिरिएका थिए। सेज स्थापना भएको लामो समयसम्म पनि आवश्यक पूर्वाधार निर्माण नगर्ने तर उल्टै निर्यातका लागि कठोर नीति ल्याएपछि उद्योग स्थापना हुन सकेका थिएनन्। सेजबाट विगतमा न्युमेटल इन्डस्ट्रिज प्रालि, सिद्धार्थ पाइप प्रालि, सिद्धार्थ पेट प्लास्ट प्रालिका दुई उद्योग र सुगम नानो हर्बल प्रालि लगायतका उद्योग बाहिरिएका थिए।

विगतमा उद्योग स्थापना गर्न अनुमति लिएका उद्योगीले एक वर्ष भाडा तिरेपछि सेजबाट बाहिरिएका हुन्। न्युमेटल इन्डिस्ट्रिज प्रालिले करिब एक अर्ब रूपैयाँ लगानीमा स्टिल सामान बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको भए पनि अन्तिममा सेजबाट बाहिरिएको थियो। सेजमा उत्पादन सुरु गरेका केही उद्योगले भने निर्यात पनि गरेका छन्। सेज विशेष आर्थिक क्षेत्र ऐन २०७३ अनुसार सञ्चालन हुँदै आएको छ। सरकारले २०५३ मा विशेष आर्थिक क्षेत्र ऐन ल्याएर २०५७ सालमा भैरहवामा जग्गा अधिग्रहण गरी सेज निर्माण सुरु गरेको थियो। ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा ६८ प्लट छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस