काठमाडौ-कृषि विकास मन्त्रालयले कृषि अनुदान कार्यविधि २०७०संशोधन गर्दै कृषियन्त्र किन्न२५ देखि ३५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ। मन्त्रालयका सविच उत्तमकुमार भट्टराई नेतृत्वको समितिले २४ वैशाखमा ‘कृषि अनुदान परिचालन कार्यविधि २०७०'संशोधन गरेको हो। यो संशोधनले कृषि क्षेत्रमा व्यावसायिकता बढाउन मद्दत गर्नेमन्त्रालयले अनुमान गरेको छ।सरकारले यसअघिपनि व्यावसायिक खेती गरिरहेका व्यक्ति र समूहलाई कृषियन्त्र किन्न सघाएको थियो। आधुनिक यन्त्रले आधुनिक खेती प्रणाली अपनाउन मद्दत गर्ने र लागत घटाउने सरकारको दाबी छ।
श्रमिक अभाव भएको बेला यान्त्रीकरणको माध्यमबाट थोरै जनशक्तिले धेरै काम गर्न सकिने मन्त्रालयले जनाएको छ।‘पछिल्लो समय कृषि कामदारबिदेसिएर खेतीपाती नै प्रभावित भएपछिआधुनिक, व्यावसायिक एवं प्रतिस्पर्धी र युवा जनशक्ति आकर्षित गर्न यान्त्रीकरणमा अनुदानको व्यवस्था गरिएको हो,' कार्यविधिमा भनिएको छ। मन्त्रालयले आव ०७०/७१ देखि यसमा अनुदानदिँदै आएको छ। यसबाट उत्पादन र लागतमा सकारात्मक प्रभाव देखिएको मन्त्रालयको भनाइ छ।
अनुदानका लागि सरकारले मापदण्ड तोकेको छ। कार्यविधि अनुसार व्यावसायिक प्रयोजनको खेती गर्ने कृषक, कृषक समूह वा सहकारीले अनुदान लिन उच्च पहाडी जिल्लामा कम्तीमा दुई रोपनी जग्गामा खेती गरेको हुनुपर्छ। मध्यपहाडी जिल्लामा पाँच रोपनी र तराईमा १० कट्ठा जग्गामा खेती गरेको हुनुपर्ने सर्त छ।
सामूहिक, सहकारी वा करार खेती गर्ने व्यक्ति, समूह वा सहकारीले समेत अनुदानमा यन्त्र किन्न सक्छन्। कार्यविधि अनुसार यस्ता समूहले उच्च पहाडमा १० रोपनी, मध्य पहाडमा ५० रोपनी र तराईमा साढे ७ बिघा जमिनमा खेती गरेको हुनुपर्छ। यान्त्रीकरणमा अनुदान दिन यो वर्ष ९ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ।
कृषि विकास मन्त्रालयले हातले चलाएर खेत जोत्ने मिनी टिलर, ठूलो क्षमताको खेत जोत्ने टिलर र चारपांग्रेमा जडित मेसिन किन्दा अनुदान दिने जनाएको छ।स्वचालित उपकरण र हाते औजारमा पनि अनुदान दिनेछ। त्यसमा खेत जोत्ने मिनी टिलर, बिउ रोप्ने सिड ड्रिल, खेत जोत्ने जिरो टिल ड्रिल, मल छर्ने फर्टिलाइजर ड्रिल, ट्रयाक्टरको पछाडि भागमा सामान राख्न प्रयोग हुने रिजर छन्।
खेत सम्याउन प्रयोग हुने लेभलर, आलु, उखु, धान र धानको बिउ रोप्ने मेसिन तथा खेतमा चिह्न लगाउने ‘रो मार्कर', रोटरी प्लान्टरलगायतमा पनि अनुदान छ। यी यन्त्र किन्दा तराईमा २५ प्रतिशत, पहाडमा ३० प्रतिशत र हिमाली क्षेत्रमा ३५ प्रतिशत अनुदानपाइन्छ।
मन्त्रालयले बाली काट्ने र चुट्ने यन्त्र किन्दा २५ प्रतिशत अनुदान दिनेछ। कोदो, गहुँ, मकै र धान झार्ने थ्रेसरमा अनुदान छ। आलु खन्ने र कफी प्रशोधन गर्ने मेसिन खुट्टाले चलाउने थ्रेसर, बाली काट्ने रिपर, जुनसुकै बाली काट्ने कम्बाइन हार्भेस्टर, जुनसुकै बाली चुट्ने थ्रेसरलगायतमा अनुदान छ।
यसैबीच, सचिव भट्टराईले खेतीयोग्य जमिनअन्य काममा उपयोग गर्ने प्रवृत्तिरोक्नुपर्ने बताएका छन्। व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिबैठकमा उनले खेतीयोग्य जमिन नासिदै जाँदा उत्पादनमा असर परेको बताए।
‘एक दशकमा खेतीयोग्य जमिन ५ प्रतिशतले घटेको छ,' उनले भने, ‘उत्पादनमा असर परेको छ। त्यसैले खेतीयोग्य जमिनअन्य काममा लगाउनरोक्नुपर्छ।' केन्द्रीय तथ्यांक विभागका अनुसार २००१ मा देशभर २६ लाख ५१ हजार हेक्टर खेतियोग्य जमिन थियो। २०११ मा २५ लाख हेक्टरमा खेती थियो। हाल यसमा थप कमी आइसकेको छ।
खेतीयोग्य जमिनमा प्लटिङ गरेर बस्ती बसाल्ने र उद्योग खोल्ने जस्ता काम भइरहेका छन्।सचिव भट्टराईले खेतीयोग्य जमिन अन्य काममा प्रयोग गर्न नपाइने कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सुझाए।
‘कानुन छ, कार्यान्वयन भएको छैन,' उनले भने, ‘भूमिसुधार सम्बन्धी एउटा विभाग गठन गरेर कृषियोग्य जमिन अन्यत्र प्रयोग गर्न नदिन कडाइ गर्नुपर्छ।' तीन वर्षअघि लागू गरिएको भू–उपयोग नीतिमा पनि विभाग गठन गर्नुपर्ने उल्लेख छ।
समिति सभापति गगन थापाले भएको कानुन कार्यान्वयन गर्न नसक्नु दुखद पक्ष भएको बताए। ‘संसदलगायत अन्य निकायले निर्देशन दिइरहे पनि कार्यान्वयनमा सरकार असफल भएको उनले बताए।सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले प्लटिङ संस्कृतिका कारण खेतीयोग्य जमिन नासिँदै गएको बताए।