काठमाडौं– गएको डेढ दशकदेखि नेपालमा कृषियोग्य भूमिको तीव्र क्षयीकरण हुँदै आएको पाइएको छ। केन्द्रीय तथ्यांक विभागमा उपलब्ध तथ्यांकअनुसार सन् १९६१ देखि २००१ को चार दशकसम्म लगातार कृषिभूमि बढेको भए पनि त्यसयताको एक दशकमै झण्डै ५ प्रतिशतले कृषिभूमिको क्षयीकरण भएको देखाएको छ।
यही रफ्तारमा कृषिभूमिको क्षयीकरण हुँदै जाने हो भने आउँदो केही दशकभित्रै नेपालले खाद्य संप्रभूता गुमाउने र गम्भीर खाद्य संकटको सामना गर्नुपर्ने अधिकारीहरुको चेतावनी छ। 'यही रफ्तारमा खेतीयोग्य भूमि घट्दै जाने र उत्पादकत्व पनि नबढ्ने हो भने खाद्य संकट आउँछ भन्ने कुरामा कसैको दुई मत नै छैन,' कृषि विकास मन्त्रालयका सहसचिव उदयचन्द्र ठाकुरले भने, 'भूमिको उपयोगिता खुट्याएर भूमि उपयोगमा ल्याउनुपर्छ भन्ने हाम्रो भनाई हो।'
राष्ट्रिय भू उपयोग नीति २०६९ सालमै तयार गरिएको भए पनि त्यसलाई कार्यान्वयन गर्ने छुट्टै ऐन नबन्दा यो नीति नै कार्यान्वयमा आउन नसकेको भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव नागेन्द्र झाले बताए। 'भूमि सम्बन्धी ऐन संसदमा विचाराधिन छ,' उनले भने, 'राष्ट्रिय भू–उपयोग नीति कार्यान्वयका लागि आवश्यक भू–उपयोग ऐन पनि बन्न सकेको छैन।' कृषि भूमिको क्षयीकरणलाई रोक्ने यी दुबै ऐन तत्कालै निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्ने उनी बताउँछन्।
खेती हुँदै आएको र हुन सक्ने जमीनमा घर बनाउने र घर बनाउन उपयुक्त हुने जमीनमा खेती गर्ने प्रवृत्ति बढ्दै गएको कृषिविज्ञ कृष्णप्रसाद पौडेल बताउँछन्। 'जमीनको उपयोगिता अनुसार प्रयोगमा ल्याउन भू–उपयोग नीति कार्यान्वयमा नल्याइ हुँदैन,' उनले भने, 'कृषि भूमि घट्ने क्रम जारी रह्यो भने खाद्य संकट निम्तिने निश्चि छ।'
खेतीयोग्य भूमिको क्षयीकरणबाट हुने खाद्य उत्पादनको कमीलाई जमीनको उत्पादकत्व बढाएर पनि धान्न सकिने कृषि मन्त्रालयको बुझाइ छ। 'विगतमा प्रतिहेक्टर २ मेट्रिक टन धान फल्ने नेपालका खेतमा हाल प्रतिहेक्टर साढे ३ मेट्रिक टनसम्म फल्न थालेको छ,' कृषि मन्त्रालयका सहसचिव उदयचन्द्र ठाकुर भन्छन्, 'चीनजस्ता केही मुलुकले उन्नत जात र प्रविधिको प्रयोग गरेर प्रतिहेक्टर १४ मेट्रिकटनसम्म धान फलाउन थालिसकेका छन्।'
उत्पादकत्व बढाउने भन्ने विषय जिएमओ (जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म) बिउबिजन, रासायनिक मल, विषादीको अत्यधिक प्रयोगले हुन्छ भन्ने बुझाइ भएकोले यो निकै महँगो सावित हुने कृषिविज्ञ पौडेलको भनाइ छ। '१० हजार वर्षदेखि नबिग्रिएको हाम्रो माटो रासायनिक मल र विषादीमा गएको ३० वर्षमा निकै कमजोर भइसकेको छ,' उनले भने, 'प्राङ्गारिक खेती गरेर उत्पादकत्व बढाउनेतिर कसैले ध्यानै दिएका छैनन्। त्यसो भएकोले भू उपयोग नीति तत्काल कार्यान्वयमा ल्याएर कृषि भूमिको क्षयीकरण रोक्नु आवश्यक छ।'
वर्तमान कानूनी व्यवस्थाअनुसार आफ्नो स्वामित्वमा रहेको भूमिको प्रयोगमा भूस्वामित्ववाला स्वतन्त्र हुने व्यवस्था छ। आफ्नो स्वामित्वमा रहेको भूमिमा खेती गर्ने, घर बनाउने, उद्योग खोल्ने वा कुन प्रयोजनमा लगाउने भन्ने विषय स्वामित्ववालाकै अधिकार क्षेत्रभित्र पर्छ। यस्तो व्यवस्थाका कारण व्यक्तिले आफ्नो लाभलाई हेरेर खेती योग्यभूमि प्लटिङ गर्ने, आवास निर्माण गर्ने वा उद्योग खोल्ने कार्यमा लगाइरहेको देखिएको छ।
घर बनाउने, खेती गर्ने, उद्योग खोल्ने, वन क्षेत्रको रुपमा छोड्नेलगायत जमिनको क्षमता र विशेषताअनुसारको उपयोगीतासहति देशभरका कुल ५ सय ४ गाविसको भू–नक्सा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले तयार गरिसकेको जनाएको छ। खास गरी तीव्र रुपमा आवास निर्माण हुँदै गएका शरही क्षेत्र, नगरक्षेत्र र राजमार्ग क्षेत्रका गाविसहरुको नक्सा पहिलो चरणमा तयार गरेको मन्त्रालयका सहसचिव झाले बताए। देशभरको पूरै भू–भागको भू–नक्सा तयार गर्नु पर्ने निर्देशन संसदले सरकारलाई विगतदेखि नै दिँदै आएको छ।
संसदको कृषि तथा जलस्रोत समितिले गत २०६९ सालमा ५ वर्षभित्र देशभरको भू उपयोग नक्सा तयार गर्न भूमिसुधार व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको थियो। यो निर्देशन कार्यान्वयकै क्रममा रहँदा गत बैशाखमा आएको भूकम्पले प्रत्यक्ष प्रभावित १८ जिल्लाको भू–उपयोगसम्बन्धी नक्सा तत्काल तयार गरी स्थायी बस्ती स्थानान्तरण तथा निर्माणको काम गर्नु थाल्न समितिले मन्त्रालयलाई पुनः अर्को निर्देशन दिएको छ। आफूहरुसँग भू–नक्सार तयार गर्न आवश्यक जनशक्ति, प्रविधि र विज्ञहरु पर्याप्त रहे पनि बजेटको अभाव रहेको जनाकारी मन्त्रकालयले समितिलाई गराएको छ।
मन्त्रालयले १८ जिल्लाको भू उपयोग नक्सा तयार गर्न १ अर्ब ३५ करोड रुपैयाँ लाग्ने मन्त्रालयका सहसचिव नागेन्द्र झाले बताए। उक्त रकम सरकारले व्यवस्था गरिएको अवस्थामा मन्त्रालयले आउँदो फागुनसम्ममा त्यस्तो नक्सा तयार गरिसक्ने उनले बताए।

केले रोक्यो भूउपयोग नीति कार्यान्वय गर्न ?