इलाम-वार्षिक तीन अर्ब रुपैयाँभन्दा धेरैको अदुवा जिल्लामै उत्पादन हुन थालेपछि प्रशोधनले इलाममा औद्योगिक रूप लिँदै छ।अदुवाको व्यावसायिक खेती गर्ने किसान हजारौंको संख्यामा रहेको इलाममा केही व्यक्ति र सहकारीले प्रशोधन उद्योग खोलेका छन्। बारीमा खेती गरेर कच्चा अदुवा बेच्नभन्दा प्रशोधनपछि यसका परिकार बेच्दा धेरै फाइदा हुने देखिएको छ।
मसला र घरेलु ओखतीमा सीमित अदुवालाई भरपर्दो आम्दानीको स्रोत बनाउन इलाम नगरपालिका–७, धोवीधाराकी उषा निरौला प्रशोधन उद्योगमा दत्तचित्त छन्। विभिन्न परिकार बनाउने गरी ‘इलाम अदुवा प्रशोधन उद्योग' खोलेकी उनले छोटो समयमै यसबाट मनग्गे आम्दानी हुने सङ्केत देखेकी छन्। त्यसैले ५० लाख लगानीमा उद्योगलाई ठूलो रूप दिँदैछिन्।
‘हिउँदमा रोपी बर्खामा खनेर व्यापारीको मुख ताक्दा अदुवाबाट सोचेजस्तो फाइदा हुँदैन', अदुवा किसानकै छोरी उषाले अनुभव सुनाइन्, ‘अर्काले तोकेको मूल्यमा बेच्दा धेरै फाइदा नभएपछि प्रशोधन उद्योगतिर लागेकी हुँ।' भण्डारणको जटिलताले लामो समय पर्खिन नसक्दा किसानले व्यापारीले तोकेकै सस्तो मूल्यमा खन्नेबित्तिकै अदुवा बेच्नुपर्ने बाध्यता छ।
बजार अनुभव गर्न सानो लगानीमा खोलेको उद्योग एक वर्ष पुग्नै लाग्दा निरौला ‘अदुवा प्रशोधनले भविष्य बन्छ' भन्नेमा विश्वस्त छन्। सीमित मेसिन किनेर थालेको उद्योगबाट उनले अदुवाका चार परिकार, क्यानडी, जुस, सुठो र स्क्वास बनाइरहेकी छन्। हुस्सु लागिरहने अस्थिर मौसम चुनौती भएपनि त्यसबाट बचेर अदुवाका परिकार बनाउन उनी अभ्यस्त छन्।
प्रतिमन (४० किलो) तीन हजार पाँचसय रुपैयाँमा अदुवा किनबेच भइरहेको अवस्थामा त्यति अदुवाबाट निरौलाले झन्डै तीन गुणा फाइदा लिन्छिन्। घरेलु बजारमा अदुवाको क्यान्डी प्रतिकिलो एक हजार रुपैयाँले बिक्छ। स्क्वास प्रतिलिटर एकसय २० र सुठो प्रतिकिलो पाँचसय रुपैयाँले बिक्री हुन्छ। ती परिकार तयार पार्दाको खर्च कटाउँदा उनलाई राम्रै फाइदा हुन्छ।
‘सानो लगानीको सुरुआतबाटै अदुवा प्रशोधन उद्योगप्रति धेरै आशावादी छु', परिकार बनाउने दुईटा तालिम लिइसकेकी निरौलाले भनिन्, ‘कच्चा अदुवा मसला र ओखतीका रूपमा मात्रै खपत हुन्थ्यो, प्रशोधनपछि खालखालका परिकार बनाउन सकिन्छ।' निरौलाले बनाएको अदुवा क्यान्डी सन्दकपुर, पाथीभरा जाने आन्तरिक पर्यटकमाझ लोकप्रिय छ।
मासिक सय किलोमात्रै अदुवा प्रशोधन गर्ने उनले केही समयभित्रै उद्योग विस्तार गरेर ठूलो परिमाणमा काम गर्ने लक्ष्य राखेकी छन्। परिकार बनाउन ३० मन अदुवा ‘बुकिङ' गरिसकेकी निरौलाले दुई कामदार राखेर उद्योगलाई बढाउँदै छिन्। उनी प्राविधिकको काम आफैं गर्छिन्। तापक्रम र केमिकल मिलाई परिकार बनाउन उनी सिपालु भइसकेकी छन्।
‘दैनिक २० किलो अदुवा प्रशोधन गरें भने मनग्गे परिकार बनाउन सकिन्छ', निरौलाले बताइन्, ‘बजार सानो भएपनि त्यत्तिको परिकार खपत हुन्छ।' खाद्य गुणस्तर कायम गरी प्याकेजिङमा ध्यान दिँदा बिक्रीमा खासै समस्या नहुने उनको अपेक्षा छ। थन्क्याउँदा टुसा आएर बिग्रिने खतरा हुँदा भण्डारणमा ख्याल गर्दै उद्योग चलाउने उनको योजना छ।
जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गरेर अदुवा प्रशोधन उद्योग चलाउने अरु पनि छन्। सूर्योदय नगरपालिकास्थित पञ्चकन्यामा ३० लाख रुपैयाँभन्दा बढीको लगानीमा खुलेको ठूलो उद्योगले ठूलै परिमाणमा अदुवा प्रशोधन गर्छ। इलामबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको अदुवा निकासी हुने तथ्याङ्क छ।
अदुवा उत्पादनलाई अझ व्यावसायिक बनाउने उद्देश्यले उन्नति परियोजनाबाट ४५ लाख रुपैयाँ छुट्टिएको छ। डेनमार्क सरकारको सहयोगमा सञ्चालित उक्त परियोजनाले अदुवाको उत्पादन, प्रशोधन र बजारीकरणमा त्यति रकम खर्चिन लागेको हो। यसले किसान, उद्यमीदेखि व्यापारीसम्मलाई सघाउ पुर्याएउने परियोजनाका विष्णु काफ्ले बताउँछन्।
मुलुकमा अदुवा उत्पादनको २२ प्रतिशत र पूर्वाञ्चलको ३७ प्रतिशत हिस्सा इलामले ओगट्ने उल्लेख गर्दै जिल्ला कृषि विकास कार्यालय प्रमुख प्रकाश डाँगीले प्रशोधन उद्योग खुल्नु थप आम्दानी बढाउने माध्यम भएको बताए। ‘परम्परागत खेती गरेर सस्तोमा अदुवा बेच्नुभन्दा प्रशोधनपछि परिकार बेच्नुमा फाइदा छ', डाँगीले भने, ‘यसले अझै निरन्तरता पाउनुपर्छ।'