काठमाडौं– नेपाल दाना उद्योग संघको शुक्रबार काठमाडौंमा बसेको बैठकले कुखुराको दानामा प्रतिकेजी १ रुपैयाँ ५० पैसा मूल्य घटाउने निर्णय गरेको छ।
कुखुराका दानाका लागि आवश्यक कच्चापदार्थ(मकै) को मूल्य घटेर आयात भएकोले नेपालका उद्योगहरुबाट उत्पादन हुने दानाको पनि मूल्य घटाएको संघका अध्यक्ष नारायणहरि खत्रीले बताए।
नेपालमा कुखुरा पालक कृषकहरुले कुखुराको आहाराका लागि प्रयोग गर्ने दानाको मूल्य प्रतिकेजी ५० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म पर्छ। जुसुकै मूल्यको दानामा पनि प्रतिकेजी १ रुपैयाँ ५० पैसा घटाईन अध्यक्ष खत्रीले बताए।
नेपालमा लेयर्स र ब्रोइलर कुखुराका लागि फरक–फरक किसिमको दाना प्रयोग गर्ने गरिएको छ।
कुखुराका दानाका लागि आवश्यक कच्चापदार्थ(मकै) को मूल्य घटेर आयात भएकोले नेपालका उद्योगहरुबाट उत्पादन हुने दानाको पनि मूल्य घटाएको संघका अध्यक्ष नारायणहरि खत्रीले बताए। नेपालमा कुखुरा पालक कृषकहरुले कुखुराको आहाराका लागि प्रयोग गर्ने दानाको मूल्य प्रतिकेजी ५० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म पर्छ। जुसुकै मूल्यको दानामा पनि प्रतिकेजी १ रुपैयाँ ५० पैसा घटाईन अध्यक्ष खत्रीले बताए।
नेपालमा लेयर्स र ब्रोइलर कुखुराका लागि फरक–फरक किसिमको दाना प्रयोग गर्ने गरिएको छ।