इलाम–भूकम्पले 'पर्यटकीय गन्तव्य र पूर्वाधार तहसनहस भएको' भन्दै नेपाल घुम्ने विदेशी पर्यटकको संख्यामा कमी आइरहेका बेला पूर्वका पर्यटकीय गन्तव्यस्थल भने सुरक्षित छन्। हल्ला चलेभन्दा भूकम्पीय क्षति कम भएको र खासै असर नपरेको अवस्था मध्यनजर गरी पर्यटन व्यवसायीले पूर्वमा पर्यटक आकर्षित गर्ने योजना बुन्दैछन्।मेची–कोशीमा स्वदेशी तथा विदेशी पर्यटकले घुम्न लायक एक दर्जनभन्दा धेरै गन्तव्य छन्।राजधानी र आसपास क्षेत्र घुम्न चाहने तर भूकम्पीय असरले यात्रा रोक्न बाध्य पर्यटकले पूर्वका पर्यटकीयस्थल गन्तव्य बनाउनसक्ने व्यवसायीको अपेक्षा छ। 'भूकम्पपछि पूर्वको पर्यटकीय अवस्था र सम्भावना' विषयक इलाममा आयोजित अन्तर्कियामा सहभागी व्यवसायीले 'विपद्पछि यस क्षेत्रमा ठूलो भौतिक क्षति नभएको र पूर्वाधारमा कुनै असर नपरेको' निर्क्यौल निकाल्दै स्वदेशी विदेशी पर्यटक बोलाएका छन्।

ऐतिहासिक चियावारीमाझ इलाम। तस्विर : बेनुप
'भूकम्पले पर्यटन उद्योगमा जति क्षति पुर्यायो, त्योभन्दा चौगुना बढाएर हल्ला गरियो,' इलामको पर्यटन विकासमा सक्रिय धर्म गौतमले भने, 'काठमाडौं उपत्यका, अन्नपूर्ण र खुम्बु क्षेत्रमा केही विनास भए पनि पूर्वका पर्यटकीयस्थल सुरक्षित छन्, पर्यटकले अब घुम्ने गन्तव्य यता बनाउनुपर्छ।' मेची–कोशीका बाटाघाटा, होटल लजदेखि अतिथि लक्षित घर र धार्मिकस्थलसमेत सुरक्षित रहेको भन्दै गौतमले घुम्न ढिला नगर्न सुझाए।होटल एसोसिएसन क्षेत्रीय समितिद्वारा इलाममा शुक्रबारदेखि आयोजित अन्तर्कियामा सुनसरीका व्यवसायी देवी गौतमले 'भूकम्पले असर नपुर्याएको पूर्वाञ्चल पर्यटकका लागि सुरक्षित र आकर्षक गन्तव्य' भएको बताए। 'भूकम्प आयो गयो, यसको हाउगुजी पालेर बसिरहन हुँदैन,' गौतमले भने, 'प्रभावित क्षेत्र घुम्न डर लाग्नेले यताका गन्तव्यतर्फ पाइला बढाउनुपर्छ।' पूर्वाञ्चल घुम्न सस्तो र सजिलो पर्ने उनको अनुभव छ।
भूकम्पले राजधानीका केही पुरातात्विक मन्दिर र होटल भत्किए पनि पूर्वमा क्षति नभएको उल्लेख गर्दै धरानका व्यवसायी बासु बरालले आकर्षक प्याकेज बनाएर पर्यटक तान्नुपर्ने बताए। 'भूकम्पपछि पूर्वका पर्यटकीयस्थल स्वदेशी विदेशी पर्यटकलाई आकर्षक गन्तव्य बनाउन प्रचार प्रचार गर्नुपर्छ,' बरालले भने, 'एकल होस् वा पारिवारिक, नेपाल घुम्न आउने विदेशी पर्यटकलाई समेत पूर्व ल्याएर घुमाउन सरोकारवाला जुट्नुपर्छ।'धार्मिक उद्देश्यको होस् वा साहसिक, पूर्वका पर्यटकीयस्थलले स्वदेशी विदेशी पर्यटकको मन हर्ने दावी गदर्ैै ताप्लेजुङ होटल एसोसिएसनका अध्यक्ष छिरिङ शेर्पाले यस क्षेत्रमा एकै दिन तराईदेखि हिमालको फेदमा पुग्न सकिने बताए। शेर्पाले भने, 'प्रकृतिमा रम्न चाहने र मन्दिरमा पूजाआजा गर्न रुचाउने पर्यटक मात्रै होइनन्, हिमाल आरोहण गर्ने र खोलानालामा नौकाबिहार गर्ने पर्यटकले समेत पूर्वमा थोरै खर्चेर मज्जा लिन सक्छन्।'
जलस्रोत र जैविक विविधताले धनी पूर्वमा घुम्न लायक धेरै गन्तव्य भएको जनाउँदै झापा होटल एसोसिएसन अध्यक्ष भोला उप्रेतीले थप प्रचार प्रसार गरी प्याकेज बनाएर पर्यटक भित्र्याउनुपर्ने आवश्यकता औंल्याए। 'तराईमा गर्मी हुँदा एकैछिनमा पहाड उक्लेर चिसो हावामा रम्दै आनन्द लिन सकिन्छ, चियावारीको सौन्दर्यमा रम्दा छुट्टै आनन्द आउँछ' उप्रेतीले भने, 'गाडीबाट ओर्लेर हिमालको काख पुग्न पनि धेरै लाग्दैन।'भूकम्पपछि विदेशीमाझ 'नेपाल असुरक्षित गन्तव्य' भन्ने हल्ला चिर्न पनि पूर्वमा पर्यटक आगमन बढाउनैपर्ने बाध्यता रहेको इलामको पर्यटन विकासमा सक्रिय कृष्ण शाहले बताए। 'भूकम्पले देशका केही भूभागमा ठूलो क्षति पुगे पनि इलामसहित पूर्वका धेरै गन्तव्य जस्ताको त्यस्तै छन्,' शाहले भने, 'देश विदेशमा छरिएका इलामवासीले आफ्नो ठाउ" घुम्न पर्यटक पठाउनुपर्छ, त्यसपछि मात्रै पर्यटन उद्योग फस्टाउँछ।'
चुप लागेर बस्दा पर्यटक नआउने र उनीहरुलाई आकर्षित गर्न निम्तो गर्नुपर्ने अनुभव सुनाउ"दै मेची पहाडी पर्यटन प्रवर्द्धन विकास समितिकी निर्देशक सदीक्षा कार्कीले पूर्वमा धेरै भारतीय पर्यटक भित्रिनसक्ने बताइन्। 'धेरै ठाउँमा पूर्वाधारका काम भइरहेका छन्, चाहेको गन्तव्य पुग्न खासै अप्ठेरो छैन,' कार्कीले भनिन्, 'व्यवसायीले मार्केटिङमा ध्यान दि"दै आकर्षक प्याकेज पस्किनसक्दा पूर्वाञ्चल पर्यटकको गन्तव्य बन्नेछ।'