नेकपा (एमाले)का केन्द्रीय पदाधिकारी तथा पूर्व अर्थमन्त्रीहरूले देशको अर्थतन्त्रका सबै सूचकहरू चिन्ताजनक अवस्था रहेको बताएका छन्। साथै संकट उन्मुख अर्थतन्त्रलाई सही बाटोमा ल्याउन वर्तमान सरकारले गम्भीर रुपमा पहल नगरी वित्तीय संकट निम्त्याउने खालका गतिविधिहरू गरिरहेको उनीहरुको आरोप छ।
नेकपा (एमाले)ले आइतबार गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरू विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले चालु र पुँजीगत खर्च, आयात/निर्यात, मुद्रा स्फिती, विदेशी मुद्रा संचिती, मूल्य वृद्धि, बैकिङ तरलता, व्यापार घाटालगायतका सबै सूचकले देशको अर्थतन्त्रको अवस्था संकटाेन्मूख देखाएको दाबी गरे।
एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले सत्तामा रहँदाका तीन वर्षसम्म नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहेको भएपनि अहिले यो घटेर ३ देखि ५ प्रतिशतमा झर्ने संकेत देखिएको बताए। उनले आफ्नो पालामा चालु खाताको घाटा १ सय ४ अर्ब रुपैयाँ मात्र रहेकोमा अहिले बढेर ४ सय १४ अर्ब रुपैयाँ पुगेको उल्लेख गरे। पौडेलले यसलाई कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत घाटाका रुपमा व्याख्या गरे। ‘यो अत्यन्त चिन्ताजनक बिषय हाे,' उनले भने। पौडेलले २ सय ६० अर्ब रुपैयाँ भुक्तानी घाटाको अवस्था रहेको औल्याए।
अघिल्लो सरकारमा अर्थमन्त्री समेत रहेका पौडेलले एमाले शासन कालमा वैदेशिक रोजगारीमा जानेको संख्या ८५ दशमलव ५ प्रतिशतले ओरालो लागेपनि रेमिटेन्स भने ११ प्रतिशतले बढेको दाबी गरे। चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा बाहिरिनेको संख्यामा दुई सय ५६ दशमलव ९ प्रतिशतले उकालो लागे पनि रेमिटेन्स भने ५ प्रतिशतले मात्रै वृद्धि भएको उनले बताए। ‘यो गिरावट हुनुको कारण के हो?,’ पौडेलले प्रश्न गरे।
यही बिषयमा अर्का पूर्व अर्थमन्त्री युवराज खतिवडाले सरकारले हुण्डीलगायत विदेशबाट पैसा ल्याउने अन्य अनौपचारिक विधिमा नियन्त्रण गर्न नसक्दा यस्तो अवस्थको सृजना भएको उल्लेख गरे।
पूर्व अर्थमन्त्री पौडेलले व्यापार घाटामा पनि मुलुकले छलाङ मारेको बताए। सरकारले न्यून बिजिकरणलाई प्रोत्साहन गर्दा व्यापार घाटा मौलाएको उनको ठहर छ।
सुरुको आठ महिनामा १५ अर्ब रुपैयाँ व्यापार घाटा भएकोमा यस वर्षको अन्त्यसम्ममा यो बढेर २२ अर्ब पुग्ने अनुमान गरिएको छ,’ पौडेलले भने। उनले मूल्य वृद्धि पनि २ दशमलव ६ प्रतिशतबाट बढेर ६ प्रतिशतसम्म पुगेको उल्लेख गरे। पौडेलका अनुसार अहिले सरकारको पुँजीगत खर्च २५ प्रतिशतको हाराहारीमा मात्र सीमित छ।
अर्का अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले चाहेर पनि पुँजीगत खर्च बढाउन नसक्ने जिकिर गरे।
‘अहिले पुँजगित खर्च तर्फ सरकारी संचय ३३ अर्ब रुपैयाँमा सीमित छ। ठेकेदारहरुको माग ५० अर्ब रुपैयाँभन्दा बढी छ। त्यसैले पुँजीगत खर्च रोक्नुपर्ने अवस्था छ,’ उनले भने। पाण्डेले सरकारले विलासिताका वस्तुहरुको आयातमा रोक लगाएको भएपनि छोगडा, सुपारीजस्ता वस्तुहरु आयात रोक्न नसकेर व्यापार घाटा बढाइरहेको आरोप लगाए।
पाण्डेले बैंकमा जम्मा हुनुपर्ने रकम घटिरहेको र बैकिंङ लगानीबाट अपेक्षा अनुरुपको प्रतिफल प्राप्त नभएको उल्लेख गरे। रोजगार सृजना गर्ने र उत्पादन बढाउने तर्फ अपेक्षा अनुरुपको प्रतिफल प्राप्त भएको पाण्डे भने।