तीन पूर्वअर्थन्त्रीको आरोप: सरकारकै कारण अर्थतन्त्र संकटोन्मुख
२८ चैत्र २०७८
•
५ मिनेट पाठ
तीन पूर्वअर्थन्त्रीको आरोप: सरकारकै कारण अर्थतन्त्र संकटोन्मुख
सरकारका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको भन्दै नेकपा एमालेका पूर्वअर्थमन्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्।




सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै आक्रोशित भएको नेकपा एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले पछिल्लो घटनाक्रमसहित मुलुकको अर्थतन्त्रका बारेमा धारणा सार्वजनिक गरेका हुन्।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका गभर्नर अधिकारीलाई हटाउने उद्देश्यले सरकारले छानबिन समिति बनाएको छ। छानबिन समिति बनाएसँगै गभर्नर अधिकारी निलम्बित भएका छन्।

पत्रकार सम्मेलनमा एमालेका तीन पूर्वअर्थमन्त्रीले राष्ट्र बैंकजस्तो स्वायत्त निकायमा हस्तक्षेप गर्दै सरकारले गभर्नरलाई निलम्बन गरेर अस्थिरता निम्त्याएको बताए। पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले गभर्नरमाथि छानबिन सुरु गरेर अस्थिरता  निम्त्याउन खोजेको आरोप लगाए।

केही तथ्यतथ्यांकसहित प्रस्तुत भएका पूर्वअर्थमन्त्रीहरूले आफ्ना पालामा भएका कमजोरीलाई लुकाउँदै वर्तमान सरकारको चर्को आलोचना गरे। पूर्वअर्थमन्त्रीहरूले विदेशी मुद्राको सञ्चिति घटेको, बाह्य क्षेत्रको सन्तुलन संकट उन्मुख भएको, बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको, मूल्यवृद्धि भएको, मन्त्रीहरूले नीतिगत भ्रष्टाचार गर्दै कमाउधन्दामा लागेको आरोप लगाए।

सरकारको गलत नीतिका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको टिप्पणी उनीहरूले गरे। गठबन्धन सरकारले आार्थिक अध्यादेशमाथि खेलबाड गरेको, एमाले सरकारका लोकप्रिय कार्यक्रम खारेज गरेको, एमसिसी अनुमोदन गराउँदा तमासा देखाएको आरोपसमेत उनीहरूले लगाए।

त्यसैगरी बाह्य क्षेत्र सन्तुलन संकटग्रस्त हुँदै गएको, वैदेशिक व्यापार घाटा देशले धान्नै नसक्नेगरी अकासिएको, चालु खाता धान्नै नसक्ने अवस्थामा पुगेको, विदेशी मुद्रा सञ्चितिमा पहिरो गएको भन्दै सच्चाउन उनीहरूले सरकारलाई चुनौती दिए।

बैंकिङ प्रणालीमा अस्वस्थ प्रतिस्पर्धा देखिएको, तरलता संकट भयावह बन्दै गएको, बैंकको चुक्ता पुँजी वृद्धिको असर देखिएको, बैंकिङ क्षेत्रबाट बाहिर गएको ऋण बैंकमा नफर्केको पूर्वअर्थमन्त्रीको दाबी छ।

गठबन्धन सरकारका नीति संगतिपूर्ण नभएको, सरकारले विकास साझेदारको विश्वास गुमाउँदै गएको, अर्थप्रणाली गलत र अदृश्य तत्वको हातमा पुगेको, सरकार भूमाफिया, काला बजारी, तस्करको चंगुलमा फसेको, निजी क्षेत्र सरकारबाट निराश बनेको, सम्पत्ति शुद्धीकरण निवारण गर्नुपर्ने सरकार उल्टो बाटोमा हिँडेको आरोप पनि उनीहरूले लगाए।

‘अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिएको’ समेत उनीहरूको दाबी छ। अर्थतन्त्रका सबै सूचक चिन्ताजनक अवस्थामा रहेको उनीहरूले बताए। संकट उन्मुख अर्थतन्त्रलाई सही बाटोमा ल्याउन गम्भीर कदम चाल्न उनीहरूले सरकारलाई आग्रह गरे।

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था जोखिममा रहेको टिप्पणी गरे। तत्काल अर्थतन्त्रमा हस्तक्षेप नगरे देश श्रीलंकाको बाटोमा जान सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे। ‘गठबन्धन सरकारले लिएको गलत नीतिले देशको अर्थतन्त्र खराब बन्दै गएको छ,’ पौडेलले भने, ‘गलत कामलाई नरोके मुलुक श्रीलंकाको बाटोमा जान सक्छ।’

पूर्वअर्थमन्त्री पौडेलले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेर गम्भीर संकटतर्फ गएको बताए। ‘व्यापारघाटा बढेको छ, रेमिटेन्स घटेको छ, बैंकिङ प्रणालीमा निक्षेप घटेको र कर्जाको ब्याजदर बढेको छ,’ पौडेलले भने, ‘अर्थतन्त्रमा विभिन्न समस्या देखिएका छन्।’

एमाले नेतृत्वको सरकारले लोकप्रिय बजेट ल्याएको भए पनि वर्तमान सरकारले बजेट संशोधन गर्दा अर्थतन्त्रमा खराब अवस्था सिर्जना गरेको आरोप उनले लगाए। राष्ट्र बैंकलाई मन्त्रालयको महाशाखाजस्तो बनाउन खोजिएको पौडेलको आरोप थियो।

‘राष्ट्र बैंकलाई मन्त्रालय मातहतको शाखाजस्तो बनाइयो,’ पौडेलले भने, ‘स्वायत्त निकायमाथि हस्तक्षेप गर्ने काम भयो।’ सरकारका गलत कामबारेमा राष्ट्र बैंकले रोक्ने प्रयास गर्दा गभर्नरलाई पदमुक्त गर्न खोजिएको टिप्पणी उनले गरे। मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा पुगेको उनको दाबी छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको अर्थतन्त्र ट्र्याकमा ल्याएर यो सरकारलाई हस्तान्तरण गरेको भए पनि गठबन्धन सरकारले बिगारेको आरोप उनको थियो। अर्का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको भूमिकामाथि प्रश्न गरे। 

विदेशबाट आएको अवैध रकमलाई फुकुवा गर्न राष्ट्र बैंकलाई दबाब दिएकोप्रति संकेत गर्दै उनले अर्थमन्त्री शर्मालाई जेल्न हाल्नुपर्ने बताए। अहिले मुलुकको समस्या राजनीतिकभन्दा आर्थिक भएको टिप्पणी उनको थियो।

‘राजनीतिक अवस्थाको कुरा पछि गर्दै गरौंला’, पाण्डेले भने, ‘अहिले सबै मिलेर अर्थतन्त्र सुधार गर्नतिर लाग्नुपर्छ।’ सरकारले अर्थतन्त्रलाई सुधार गर्न नसकेर त्यसको दोष राष्ट्र बैकका गभर्नरमाथि लगाइरहेको उनले बताए। पाण्डेले गभर्नरलाई निलम्बन गर्ने निर्णय सन्देहपूर्ण भएको बताए।

विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न थालेपछि अर्थमन्त्री शर्माले गर्नुपर्ने काम राष्ट्र बैंकले गरेर ४० शीर्षकअन्तर्गत १३ सय वस्तुमा सतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेर सकरात्मक काम गरेको उनले बताए।

‘त्यति गर्दा पनि यो वर्षको आयात २० खर्ब रूपैयाँ नाघ्ने आकलन छ,’ पाण्डेले भने, ‘आयात २० खर्ब पुग्दा रेमिट्यान्स ९ खर्ब रूपैयाँ हाराहारी भित्रिन्छ। यस्तै २ खर्ब हाराहारी निर्यात हुन्छ।’ सरकारले सुपारी, केराउ, मरिचको आयात खुला गरेकोमा उनले चिन्ता व्यक्त गरे। ‘एकातिर विदेशी मुद्रा जोगाउनुपर्ने ठूलो दबाब छ,’ पाण्डेले भने, ‘अर्कोतिर देशलाई आवश्यक नै नभएका वस्तुको आयात खुलिरहेको छ।’

पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाए। ‘अर्थतन्त्र डुब्ने खतरामा छ,’ खतिवडाले भने, ‘देश गलत व्यक्ति र गलत प्रवृत्तिको हातमा पुगेको छ।’
अर्को समाचार
राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैनः गभर्नर अधिकारी
१४ फागुन २०८०
•
४ मिनेट पाठ
राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैनः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन्।  




नेपाल बैंकर्स सङ्घले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गरे। ‘राष्ट्र बैंकले कुनै संस्थालाई ढल्न दिँदैन। बैंक वित्तीय संस्था फेल हुने अवस्थामा छैनन् । साना संस्थामा केही समस्या आउनसक्छ । तर सर्वसाधारणको बचत रकम कुनै पनि हातलमा डुब्दैन’, गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकले नियमन गरेका संस्थाहरु सजिलै डुब्दैनन्। हाम्रो प्रणाली धेरै हदसम्म राम्रो छ। हामीले लिएका नीति राम्रा छन्। बैंकहरुको खराब कर्जा केही प्रतिशत बढ्यो भन्दैमा समस्या हुँदैन। कर्जाको प्रोभिजनिङ निकै राम्रो छ।’

अहिले बैंकहरुले नाफा खोज्ने नभई आफू कसरी सुरक्षित रुपमा चलिरहने भनेर सोच्नुपर्ने पनि गभर्नर अधिकारीले बताए। पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी भइरहेका नकारात्मक प्रचारबाजीले पनि समस्या सिर्जना गरेको उनले दाबी गरे। ‘लाभांश कम लिनुस तर संस्था चल्नुपर्छ। बैंक तथा वित्तीय संस्थालाई बलियो बनाउनकै लागि मर्जरको नीति लिइएको हो’, उनले भने, ‘बैंक तथा वित्तीय संस्था भनेको संवेदनशील क्षेत्र हो । तर हाम्रो समाज र अहिलेकाले बैंकिङ क्षेत्र नै नबुझी गाली गर्ने चलन छ।’  

एउटा बैंकमा समस्या आउँदा अर्को बैंक खुसी हुने खराब प्रवृत्तिले भोलिका दिनमा समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्नसक्ने भएकाले सबैले मिलेर अहिलेको समस्या समाधान गर्नतर्फ केन्द्रित हुनुपर्नेमा अधिकारीले जोड दिए।

समग्र अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा परेको भएपनि उनीहरु डुब्ने अवस्थामा भने नपुगेको गभर्नर अधिकारीले स्पष्ट पारे। कोभिड महामारीयताका ठूलो रकम कर्जा प्रवाह भएको र उक्त कर्जा नउठ्दा बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेको उनको दाबी छ।

ठूलो रकममा कर्जा लिएका ऋणीहरुले आफ्नो व्यवसायबाट लक्षित नाफा लिन नसक्दा पनि साँवा ब्याज तिर्न मुस्किल भएको उनले बताए। कोभिड महामारीका कारण नेपाल मात्र होइन विश्वभर नै  आर्थिक वृद्धिदर घट्ने र मुद्रास्फीति बढेको देखिएकोमा अहिले बिस्तारै सुधार हुँदै गएको पनि गभर्नर अधिकारीले उल्लेख गरे। विगतमा बैंकहरुले धेरै सोचबिचारबिनै ठूलो रकम कर्जा प्रवाह गरेको र ऋणीहरुले पनि आफ्नो तिर्न सक्ने क्षमता विश्लेषण बिनै ऋण लिएको उनको भनाइ छ।
‘आफ्नो क्षमता अनुसारको ऋण लिएको भए अहिले समस्या हुँदैनथ्यो। उहाँहरूलाई समस्या पर्नुमा हामी पनि दोषी छौं’, गभर्नर अधिकारीले भने। सहकारी क्षेत्र समस्यामा पर्दा त्यसको असर बैंकिङ क्षेत्रमासमेत परेको उनले बताए।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि नियामकीय अधिकारसहितको विशिष्टीकृत संस्था बनाएर जान आवश्यक रहेको उनले उल्लेख गरे। त्यस्तै, निर्माण क्षेत्रमा देखिएको समस्याका कारण पनि त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको गभर्नर अधिकारीको दाबी छ। ‘निजी क्षेत्र र सरकारी क्षेत्रबाट हुने विकास निर्माण कमजोर छ। निर्माण उद्योग समस्यामा पर्दा सिमेन्ट छडलगायत क्षेत्र समस्यामा प¥र्यो। यसरी बहुआयामिक असर देखिए’, उनले भने।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्था लक्षित गरी अनर्गल प्रचार भैरहेको बताए। बैंक तथा वित्तीय संस्थाहरुले सङ्कटको सामना गर्नुपरिरहेका बेला सरकारको तर्फबाट पर्याप्त सहयोग नभएको गुनासो पनि उनले गरे।

अहिले ब्याजदर घट्दोक्रममा रहेको र स्थिरतातर्फ गैरहेको उनको भनाइ छ । त्यस्तै मुद्रास्फीति घट्दो रहेको, बाह्यक्षेत्र सन्तुलनमा रहेको, रेमिट्यान्स बढेकोलगायत कारण अर्थतन्त्र सहज हुँदै गएको उनको दाबी छ।

समग्र आर्थिक संकुचन आउँदा बैंक तथा वित्तीय संस्थाको नाफा पनि खुम्चिएको उनले बताए। ‘बैंकहरुको रिटर्न अन इक्युटी घटिरहेको छ। अहिले यो करिब नौ प्रतिशत मात्रै छ। यो पटकको कर्जा प्रवाह गतवर्षको भन्दा केही बढेको भएपनि लक्ष्यअनुसारको वृद्धि देखिन सकेको छैन’, केसीले भने, ‘यस्तो बेलामा बैंक तथा वित्तीय संस्थाबारे सडकबाट अनर्गल प्रचार भयो। अहिले बैंकिङ क्षेत्रले सबैको साथ खोजेको छ।’  
आर्थिक शिथिलताको असर निर्माण क्षेत्र र साना तथा मझौला उद्योगहरु गम्भीर रुपमा देखिएकाले त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जा उठ्न नसकेको र थप कर्जा प्रवाह गर्नसक्ने अवस्था पनि नरहेको केसीको बुझाइ छ । यद्यपि, नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको पनि उनले जिकिर गरे।  
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस