यातायात व्यवस्था कार्यालय चावहिलमा सोमबार सयौं सेवाग्राही सवारीचालक अनुमतिपत्रको लागि बायोमेट्रिक गर्न लाइनमा उभिएका थिए। यातायात कार्यालयको सर्भर भने साढे १ बजे नै बिग्रियो। कार्यालय खुल्ने बित्तिकै समयमै पुगेका सेवाग्राहीले आफ्नो काम गराउन पाएनन्।
यातायात व्यवस्था कार्यालय चाबहिलमा सोमबार मात्रै सर्भरको समस्या देखिएको हैन। बारम्बार सर्भरको समस्याको कारण सेवाग्राहीले हैरानी खेप्दै आइरहेको भए पनि सरोकारवाला निकायले भने बारम्बार बेवास्ता गर्दै आइरहेका छ। सोमबार पनि सवारीचालक अनुमतिपत्रको बायोमेट्रिक तथा सवारीचालक अनुमतिपत्र नवीकरण गर्न पुगेका सयजनाभन्दा धेरै सेवाग्राही रितो हात नै फर्किन बाध्य भए।
कार्यालयले दैनिक ८ सयदेखि एक हजार जना सेवाग्राहीलाई सेवा दिँदै आइरहेको छ। कार्यालयका अनुसार सोमबार करिब पाँच सय सेवाग्राही आएका थिए तर सर्भर बिग्रिएको कारणले करिब एक सय भन्दा बढी सेवाग्राही फर्किन बाध्य भए। कार्यालयले सोमबार काम नभएका सेवाग्राहीलाई मगंलबार आउन भन्दै सार्वजनिक सूचना समेत जारी गरेको छ।
यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख विष्णु भट्टराईले यातायात व्यवस्था विभाग मिनभवनमा रहेको केन्द्रीय सर्भरमा सोमबार साढे एक बजेदेखि समस्या आएकाले केही सेवाग्राही फर्किएको बताए। ‘केन्द्रीय सर्भरमा नै समस्या आएसँगै कार्यालयले चाहेर पनि काम गर्न सक्दैन,’ उनले भने, ‘सर्भरको दीर्घकालीन समस्या समाधान नहुँदा सेवाग्राहीहरू मर्कामा परिरहेका छन्।’ सिस्टम पुरानो र ओभरलोडको कारणले बारम्बार सर्भर डाउन हुने समस्या देखिँदै आइरहेको छ। यो सर्भर डाउन हुने समस्या कहिले दिनको दुई पटक र कहिले चाहिँ त्योभन्दा बढी पटक देखिने गरेको छ।
‘समयमै सर्भरको सफ्टवेयर मर्मतसम्भार नहुँदा पनि बारम्बार समस्या हुने गरेको छ,’ उनले भने, ‘हामीले रहरले सेवाग्राहीलाई फर्काएका होइनौं। सिस्टमले नै काम नगरेपछि के गर्ने!’ यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले सर्भरको क्षमता नै कमजोर भएकाले बारम्बार समस्या आइराखेको बताउँछन्। ‘सन् २०१४ मा बनाएको सफ्टवेयर अहिलेसम्म पनि चलाउँदै आइरहेका छौं,’ उनले भने, ‘ओभरलोड र सर्भरको क्षमता बढाउन नसक्दा बारम्बार समस्या देखिने गरेको छ।’
विभागका अनुसार नयाँ सवारी चालकको अनुमतिपत्र लिनेको संख्या र नवीकरण गर्नेको संख्या ह्वात्तै बढेकाले पनि बारम्बार सर्भरमा समस्या आइरहेको छ। ‘सर्भरमा अत्यधिक चाप परेकाले पनि बेलाबखत सर्भर डाउन हुने समस्या आएको हो,’ उनले भने, ‘हाम्रो प्राविधिक टिमले काम गरिरहेको छ। केही महिनाभित्रै सुधारको संकेत देखिएला।’