तेस्रो पटक मेलम्ची सुरुङमा फेरि पानीः बर्खामा उपत्यकावासीले पानी नपाउने सम्भावना
२९ चैत्र २०७८
•
३ मिनेट पाठ
तेस्रो पटक मेलम्ची सुरुङमा फेरि पानीः  बर्खामा उपत्यकावासीले पानी नपाउने सम्भावना
बाढीले मुहानस्थलमा थुपारेको सवा लाख घनमिटरभन्दा धेरै गेग्रान पन्छाइ सकिएपछि मेलम्ची सुरुङमार्गमा पुनः मंगलबार पानी हालिएको छ।




साढे २६ किलोमिटर लामो सुरुङ करिब डेढ सातामा भरिएपछि उपत्यकावासीले वर्षपछि पुनः मेलम्ची पानी थोरै समयका लागि उपभोग गर्न पाउने भएका छन्।

खानेपानीमन्त्री उमाकान्त चौधरीले मुहानस्थल हेलम्बुको अम्बाथानमै पुगेर मेलम्ची पानी अस्थायी संरचनामार्फत सुरुङमा हालेर पुनः पथान्तरण गरेका थिए। ‘अहिले अस्थायी रुपमा पानी राजधानी लैजाँदैछौँ। स्थायी रुपमा लैजान भने अझै समय लाग्ने देखिएको छ,’ उनले भने।

गएको असार १ र साउन १७ गते मेलम्ची खोलामा आएको बिनासकारी बाढीले आयोजनाको मुहानस्थल पुरेको थियो। बाढीले मुहानस्थलमा ठूल्ठुला ढुंगा र बालुवाको लेदोसहित एक लाख ३० हजार घनमिटर गेग्रान थुपारेको थियो। त्यही गेग्रान तीन महिना लगाएर पन्छाएपछि सुरुङमा पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

बाढीले पुरेको अस्थायी संरचनाबाटै पानी पठाइएको हो। अस्थायी संरचना काम लाग्ने भएकैले त्यहीँबाट पानी पथान्तरण गरिएको आयोजनाले जनाएको छ। आयोजनाका कार्यकारी निर्देशक बासुदेव पौड्यालले हाल सुरुङमा  प्रतिसेकेण्ड २ सय ६५ लिटरका दरले पानी हालिएको बताए। ‘सुरुङ भरिन ७ देखि १२ दिन लाग्छ। त्यसपछि उपत्यकामा पुनः पानी वितरण हुन्छ,’ उनले भने।

मेलम्ची पानी पथान्तरण गरिएको यो तस्रो पटक हो। यसअघि दोस्रो पटक गत वर्षको फागुन १० गते मेलम्ची पानी सुरुङमा प्रवेश गराइएको थियो। सुरुङ भरिएछ चैत १७ गतेबाट उपत्यकावासीले मेलम्ची पानी उपभोग गर्न थालेका थिए। साढे दुई महिना पानी नपिँउँदै बर्खाको बाढीले आयोजनामा क्षति पुर्‍यायो । त्यसअघि सुरुङमा पानी हालेर परीक्षण भइरहेका बेला मुख्य सुरुङ अडिटको गेट खुलेर दुर्घटना भएको थियो। सो क्रममा चार कर्मचारीले ज्यान गुमाएका थिए।

बाढीको अघिल्लो दिन मात्र सुरुङ परीक्षण गर्न मुहानस्थलको गेट बन्द गरेर पानी मेलम्चीमै छोडिएको थियो। यसै कारण सुरुङ व्यापक क्षति हुनबाट जोगियो। बर्खाको बाढीपछि सरकारले चैत मसान्तभित्रै उपत्यकामा पानी पुर्‍याउने बाचा गरेको थियो। मुहान हुँदै सुरुङमा गेग्रान छिरेको पाइएपछि सफा गर्दा केही ढिलो भएको कार्यकारी निर्देशक पौड्यालले बताए।

३६ करोड रुपैयाँ खर्चेर बाढीले थुपारेको गेग्रान हटाइएको आयोजनाले जनाएको छ। यो जिम्मेवारी पूरानै चिनियाँ ठेकेदार सिनो हाइड्राेलाई दिइएको थियो। गेग्रान खोतिलएपछि भेटिएको पूरानै अस्थायी संरचनाबाट पानी पठाइएकाले बर्खामा उपत्यकावासीले मेलम्ची पानी नपाउने सम्भावना बढी रहेको औँल्याइएको छ।

अधिकारीहरुका अनुसार बर्खामा बाढीले पुनः मुहानस्थलमा अवरोध पुर्‍याउने खतरा ज्यादा छ। ‘बाढीको सम्भावना रहेकाले बर्खा लाग्नासाथ मुहानको गेट बन्द गर्न सकिन्छ। यस विषयमा छलफल पनि अघि बढेको छ,’ आयोजनाका एक अधिकारीले भने।

मन्त्री चौधरी पनि स्थायी रुपमा उपत्यकामा पानी पुग्ने बातावरण बन्न समय लाग्ने बताउँछन्। उनका अनुसार आयोजनाको मुख्य दाता एशियाली विकास बैँक (एडिबी) ले समग्र बाढी, सम्भावित खतरा र स्थायी मुहानस्थल बनाउने विषयमा अध्ययन गरिरहेको छ। ‘एडिबीले प्रतिवेदन बुझाएपछि स्थायी रुपमा मुहान बाँध बनाउनेबारे कार्ययोजना बन्छ,’ उनले सञ्चारकर्मीहरुसँग भने।
अर्को समाचार
मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमाः मन्त्री चौधरी
१४ मंसिर २०७९
•
२ मिनेट पाठ
मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमाः मन्त्री चौधरी
खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन्। आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन्।




गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ। पानी सुरुङमा हालेको करिब १० देखि १२  दिनपछि  काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले जानकारी दिए। मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दिर्घकालीन रुपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिए।  

उनले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने बताए। सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए। उनले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकामा खुसी पनि व्यक्त गरे। निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मङ्सिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

उनले माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरु भइरहेको बताए। अहिलेसम्म सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर रु ३४ अर्ब खर्च गरेको सरकारले अब करिब रु ३१ करोड खर्च गर्ने हो भने बाह्रैमहिना पानी लैजान सकिने सचिव गेलालले बताए।  

निरीक्षणका क्रममा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको बताए। उनले हेलम्बु गाउँपालिकालगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको जानकारी दिए। निर्देशक श्रेष्ठले बाढीले क्षति पु¥याएका संरचना पुनःनिर्माण, यहाँका सडक स्तरोन्नति लगायतका समस्या समधान गर्न स्थानीय प्रभावित र सरोकारवालासँग निरन्तर छलफल र परामर्श भइरहेको पनि बताए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस