काठमाडौं- कहिले चरा ठोक्किने त कहिले नियमित मर्मत गर्न ढिला भएर जहाज 'ग्राउन्डेड' हुने गरेको नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा नयाँ जहाज अहिले नयाँ कारणले ग्राउन्डेड भएको छ।निगमले गत वैशाख १८ मा काठमाडौं ल्याएको १ सय ५८ सिट क्षमतायुक्त दोस्रो एयरबस 'ए३२०–२००' जहाजको पछाडि पांग्राको बीच भागमा 'सानो ढुंगा वा रोडा' (फरेन अब्जेक्ट) ठोक्किएपछि जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो।
'हाम्रो दोस्रो एयरबस जहाजमा फरेन अब्जेक्ट ठोक्किएपछि पछाडि पांग्राको बीच भाग केही कुच्चिएको छ र सामान्य कोतरिएको भेटियो,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, 'त्यसमा सानो आकारको ढुंगाको टुक्रा वा रोडा ठोेक्किएको प्रारम्भिक अनुमान छ।'
निगमले नयाँ जहाजमा फरेन अब्जेक्ट कुन विमानस्थलमा ठोक्किएको हो भन्ने अझै यकिन गर्न सकेको छैन। सम्बद्ध एक अधिकारीका अनुसार उक्त जहाजको समस्या पत्ता लागेको दिन त्यसले थाइल्यान्डको बैंकक र भारतको नयाँदिल्ली उडान गरेको थियो। जहाज ग्राउन्डेड भएको करिब दुई साता भएको छ।
ती अधिकारीका अनुसार अर्को उडान गर्नुअघि निगम र एयरबसका इन्जिनियरले जहाजको निरीक्षण गर्दा कुच्चिएको र कोतरिएको भाग देखेका थिए। त्यसपछि निगमले एयरबसलाई पत्राचार गरी घटनाबारे जानकारी गराउँदै जहाज उडाउन मिल्छ कि मिल्दैन भनेर सोधेका थिए।
'एयरबसले प्रेसराइज्ड जहाज भएका कारण जोखिम नलिन भनेपछि हामीले जहाज ग्राउन्डेड गर्यौं ,' ती अधिकारीले भने, 'त्यसपछि एयरबसले कुच्चिएको भाग मर्मत गर्न सामान पठाइदिने जानकारी दिएको थियो तर, अहिलेसम्म सामान आइपुगेको छैन।'
उनका अनुसार बैंकक र दिल्लीमध्ये एक विमानस्थलमा अवतरण गर्दा वा त्यहाँबाट उडान गर्ने बेलामा धावनमार्गमा फरेन अब्जेक्ट ठोक्किएको हुनसक्छ। त्रिभुवन विमानस्थलमा पनि हुनसक्छ। जहाज धावनमार्गमा कुदिरहँदा अगाडिको पांग्रा वा पछाडिका पांग्राबाट उछिट्टिएको सानो आकारको ढुंगाको टुक्रा वा रोडाले घटना भएको हो।
निगमले यो जहाजलाई 'लुम्बिनी' नामकरण गरेको छ। यसको कलसाइन '९एन–एकेएक्स' रहेको छ। जहाजमा १ सय ५० इकोनोमी क्लास र ८ बिजनेस क्लास सिट छन्। नयाँ जहाजबाट मनग्ये आम्दानी गर्दै बजार हिस्सा बढाउने निगमको रणनीति यस्ता घटनाबाट केही समस्यामा पर्नसक्छ।
यो जहाजले दैनिक कम्तिमा दुई अन्तर्राष्ट्रिय उडान गरिरहेको थियो। विशेषगरी यसले बैंकक र दिल्ली उडान गर्थ्यो। तोकिएको समयमा सामान नआएका कारण निगमले आम्दानी गुमाइरहेको छ। तिनै दुई गन्तव्यमा अर्को एयरबस ए३२० र अमेरिकी जहाज निर्माता कम्पनी बोइङका दुईथान 'बि७५७' बाट यात्रु सेवा भने दिइरहेको छ।
निगमले ग्राउन्डेड जहाज मर्मत गर्न आवश्यक सामान पठाइदिन ताकेता गरिरहेको छ। उता फ्रान्सस्थित एयरबस कम्पनीले भने सामान शुक्रबारभित्र काठमाडौं पठाइदिने जानकारी बुधबार दिएको छ।
'जहाज मर्मत गर्न एक दिन पूरै समय लाग्छ,' कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता शर्माले भने, 'मर्मत खर्च कति लाग्छ भन्ने हिसाब पछि निकाल्छौं, पहिले जहाजलाई नै छिटो मर्मत गरी उडान सुचारु गराउनेतिर लागेका छौं। हाम्रो अनुमानमा यो जहाज आगामी आइतबारसम्म नियमित उडानमा फर्कने छ।'
यो जहाजले काठमाडौं आएको १३औं दिन (गत वैशाख ३१) बाट नियमित व्यापारिक उडान सुरु गरेको थियो। पहिलो उडान दिल्लीका लागि गरेको थियो। पहिलो उडानमा दिल्ली जाँदा १ सय ३६ र फर्कंदा ४७ यात्रु थिए। विनाशकारी भूकम्पपछि निगमका जहाजमा यात्रु चाप केही घटेको छ। यात्रु आकर्षित गर्न निगमले प्रवर्द्धनात्मक भाडा दर पनि घोषणा गरिसकेको छ।
अब निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न चार ठूला जहाज भएका छन्। एयरबसका ए३२०–२०० सिरिजका दुईवटा र अमेरिकी जहाज निर्माता बोइङद्वारा उत्पादित १ सय ९० सिट क्षमतायुक्त बि७५७ सिरिजका दुईवटा जहाज सञ्चालनमा छन्।
निगमले यसअघि पहिलो एयरबस २०७१ माघ २५ मा काठमाडौं ल्याएको थियो। सगरमाथा नाम दिइएको उक्त जहाजले फागुन दोस्रो सातादेखि दिल्लीबाटै नियमित व्यावसायिक उडान सुरु गरेको थियो। नयाँ जहाज थपिएपछि निगमले भारतको मुम्बई, बैंगलोर, चीनको ग्वाङझाउ, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई लगायत नयाँ गन्तव्यमा उडान गर्ने योजना बनाएको थियो। यी रुटमा उडान गरिसकेको भने छैन।