काठमाडौं, पुस ७ (नागरिक)-
'नागरिक सर्वोच्चता कायम गर,
मजदुरको तलब भत्ता वृद्धि गर,
विदेशी प्रभुको इशारामा चलेको कठपुतली सरकार विघटन गर।'
राजधानीको कान्तिपथमा रहेको सूर्य नेपालको मुल गेटमाथि कालो तुलमा यी शव्दहरु लेखेर टाँगिएको छ। सूर्य नेपाल चुरोट, तया पोशाक उत्पादन गर्ने कम्पनी हो। यसको कारखाना बाराको सिमरामा छ। जुनसुकै कम्पनीको ठूलो बजार राजधानी नै हुने, कच्चा पदार्थको आयात र तया वस्तुको निर्यातको प्रक्रिया पनि राजधानीबाटै गर्नुपर्ने भएकोले धेरै कम्पनीहरुले जस्तै यसले पनि राजधानीमा कर्पोरेट कार्यालय राखेको छ।
सूर्य नेपाल यस्तो कम्पनी हो, जो नेपालमा रहेका अधिकांश उद्योग/प्रतिष्ठान मध्ये बढी तलब/भत्ता दिनेमा पर्छ। सिमरामा रहेको यसका मजदुर कर्मचाको आवास क्षेत्र देखेर धेरैले मन लोभ्याउँछन्। मजदुरका लागि बनाएका घर कुनै व्यबस्थित हाउजिङको भन्दा कम छैन।
कुनै निजी कम्पनीका मजदुर र सूर्य नेपालका मजदूरबीच तुलना हुनसक्दैन। उनीहरुको आर्र्थिक हैसियत, सामाजिक प्रतिष्ठामा त्यत्तिकै फरक छ। जस बिदेशी आइएनजीओ र यहाँको सरका कर्मचारीको सुविधामा आकास-जमीनको अन्तर हुन्छ, त्यस्तै स्थिति छ सूर्य नेपालका कर्मचारी र नेपालका अधिकांश निजी कम्पनीहरुका कामदार एवं मजदुरका बीचमा। तर, सूर्य नेपालको कर्पोरेट कार्यालयमा टाँगिएको तुलमा लेखिएको 'मजदुरको तलब भत्ता बृद्धि गर्' भन्ने नाराले न्यूनतम पारिश्रमिक समेत नपाएको अवस्थामा काम गरिरहेका अरु प्रतिष्ठानका कर्मचालाई गिज्याइरहेको छ।
मजदुरले सुविधा माग्नु र कम्पनीले मागे अनुसार दिन अस्विकार गर्नु,सौदावाजी हुनु अन्तर्राष्ट्रिय रुपमै ट्रेड युनियनको अभ्यास हो। सुविधा जतिसुकै धेरै भएपनि कसैले पनि बढी भयो भन्दैन। सकेसम्म धेरै पाउन सकुँ भन्ने सबै मजदुर र कर्मचाको चाहना हुन्छ। सूर्य नेपालमा मात्र नभै अहिले धेरै उद्योगका मुलगेटमा यही नारा लेखिएका कालो तुल झुण्ड्याइएका छन्।
यी त भए मजदुर सुविधाका कुरा। कर्मचारीले सुविधा माग्नुलाई नाजायज मानिदैन। तर, सुविधाको मागसँगै कालो तुलमा टाँगिएको नारा भने उद्योगले होइन सरकारले समेत पुरा गर्न नसक्ने खालको छ। उद्योगसँग असबन्धित एवं कार्यरत उद्योगको कार्यक्षेत्र भित्र नपर्ने माग बढी छन्।
'नागरिक सर्वोच्चता कायम गर' भन्ने माग मजदुरको नाममा टाँगिएको छ। उद्योगले कसरी नागरिक सर्वोच्चता कायम गदिने हो? उद्योगले नागरिक सर्वोच्चता दिलाइदिने होइन रोजगारी दिने हो। यस्तो माग उद्योगको व्यबस्थापनसँग राख्ने विषय होइन। उद्योग मालिक वा व्यबस्थापनको चासो हुन्छ, कस उत्पादन बढाउने? राम्रो मूल्यमा बेच्ने र बढि नाफा गर्ने? अनि कस उद्योगलाई विस्तार गर्ने? लगानीमैत्री नीति र वातावरण उद्योगीले राख्ने अर्को चासो हो। कालोतुलमा अर्को शव्द पनि छ -'विदेशी प्रभुको इसारामा चलेको कठपुतली सरकार विघटन गर।' 'कठपुतली' सरकार विघटन कसले गदिने? उद्योगको मालिकले वा प्रबन्धकले? सरकार गठन र बिघटन कुनै उद्योगको सरोकारको विषय हुँदै होइन।
मजदुरले राखेको मागलाई विश्लेषण गर्दा स्पष्ट हुन्छ, कुन माग कसलाई राख्ने भनेर अहिलेसम्म नेपालमा ट्रेड युनियनहरुले बुझेका छैनन्। माओवादीसँग आवद्ध मजदुर संगठनहरुले जतिपनि माग व्यबस्थापनसँग राखिरहेका छन् तिनमा मुस्किलले १० प्रतिशत मात्र मजदुर अधिकारसँग संबन्धित छन्। बाँकी ९० प्रतिशत स्थानीय प्रहरी, प्रशासनसँग जोडिएको, राष्ट्रिय राजनीति, कतिपय त अन्तर्राष्ट्रिय मुद्धासँग जोडिएका पनि छन्।
आइतबारदेखि सुरु भएको माओबादी आन्दोलनमा उद्योगहरु मात्र नभै व्यापारिक प्रतिष्ठानहरु समेत जवरजस्ती बन्द गराइए। यसको परिणाम अहिले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सले काम नगरेको दिनको तलब नदिने घोषणा गरेका छन्।
विश्व बैंकले प्रकाशित गरेको 'डुइङ बिजनेश' रिपोर्ट अनुसार नेपालको अवस्था एकसय २३ नम्बरमा छ। विश्वका एकसय ८३ देशमध्य नेपाल लगानीको दृष्टिले खराब मुलुक रहेको प्रतिवेदनले देखाएको छ। बैंकले उद्योग व्यवसाय गर्न आवश्यक पर्ने १० वटा मापदण्डको आधारमा गरेको अध्ययनले नेपाल लगानीको निम्ति उपयुक्त देश नभएको जनाइएको छ। सरकारका नीतिदेखि लिएर मजदुरका क्रियाकलापले लगानी आकर्षित गर्न सकेका छैनन्।
उद्योग व्यवसायका १० वटा मापदण्ड मध्य 'कामदारको नियुक्ती' मा नेपाल एकसय ४८ औं नम्बरमा छ। कामदारले पाउने सुविधा अत्यन्तै न्यूनतम पाउने र कामदार पनि उद्योग प्रतिष्ठान प्रति इमान्दार नहुने समस्या छ। त्यस्तै, नोक्सानी लागेर वा अन्य कारणले उद्योगीले उद्योग बन्द गर्न चाह्यो भने पनि नेपालमा त्यति सहज अवस्था छैन। एउटा उद्योगीले उद्योग स्थापना गर्न लाग्ने समयभन्दा बढ्ता समय बन्द गर्नको लागि दिनुपर्ने अवस्था छ। अर्थात उद्योग बन्द गर्न पाँच वर्षसम्म लाग्छ।
बढो श्रम विवादले उद्योग खोल्ने उत्साह लगानीकर्ताहरुमा छैन। उद्योग खोल्नु जिउज्यान माथि नै खतरा मोल्नुपर्ने व्यबसाय हो भन्ने धारणा बढो छ। नागरिक सर्वोच्चता र कठपुतली सरकारलाई विघटन गर्नुपर्ने जस्ता उद्योगीको बशभित्र नपर्ने माग राखेर उद्योगनै बन्द गरेर जुलुशमा हिड्ने, नाचगान गर्ने, रोजगा दिनेलाई तथानाम गाली मात्र होइन कुटपिट गर्ने समेतका घटना बढिरहेको छ। यस्तो अवस्थामा को लगानीकर्ता आउने अब? के ट्रेड युनियन अधिकार भनेको उद्योगै बन्द गराउने या नयाँलाई आउनै नदिने त अवश्य पनि होइन होला। तर अहिलेको गतिविधि अवलोकन गर्दा लाग्छ उद्योगका निम्ति सहायक हुनुपर्ने मजदुरहरु बोझको रुपमा प्रस्तुत भैरहेका छन्।
केही दिन अघि श्रम विभागका एक अधिकृत भन्दैथिए -'मजदुर आन्दोलन यस्तो भयो कि, एउटा संगठनले दवाव दिएर २० प्रतिशत सुविधा बढायो भने अर्कोले आफ्नो अस्तित्वको निम्ति तुरुन्तै ३० प्रतिशत सुविधा वृद्धिको माग राख्छ।'
उद्योग विभागका एक अधिकाले मंगलबार भन्दैथिए,-'जतिपनि उद्योगहरु बन्द भएका छन्, सबैमा ट्रेड युनियनहरु बढ्ता जिम्मेवार छन्। मजदुर संगठनहरुको जुँगाको लडाईले गर्दा उद्योगहरु धमाधम बन्द हुने थालेको छ।' मजदुरले उद्योगको उत्पादन र नाफा बढाउन सहयोग गरेर सुविधा बृद्धिको माग राख्नुपर्ने हो। तर, दलको राजनैतिक मागलाई बोकिरहेका देखिन्छन्। दलले मजदुरको काँधमा बन्दुक राखेर पड्काइरहेका छन्।