पीडितका आफन्त र स्थानीयले अवरुद्ध गरेको विपी राजमार्ग खुलेको छ। पीडितलाई क्षतिपूर्ति र निर्माण स्थलमा आगामी दिनमा अरु दुर्घटना नहोस भन्नका लागि आवश्यक सुरक्षा सतर्कता अपनाउने सहमतिपछि राजमार्ग खुलेको हो।
पीडित परिवारलाई निर्माण कम्पनीले २० लाख रुपैयाँ क्षतिपूर्ति दिने र निर्माण स्थलमा सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउने निर्णय भएपछि राजमार्ग खुलेको हो। सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुङग्रेबासबाट धुराबजार तर्फ जोड्ने गरि ग्वाङ खोलामा पक्कि पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा १२ वर्षीय बालकको मृत्यु भएको थियो। त्यसपछि मृतक बालकका आफन्त तथा स्थानीयले बनेपा–सिन्धुली—बर्दिबास सडक अवरुद्ध गरेका थिए।
पक्कि पुल निर्माण गर्न खनेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर फिक्कल गाँउपालिका घर भई कमलामाई नगरपालिका ५ बस्ने प्रकाश भुजेलका १२ वर्षीय छोरा सृयास भुजेलको मृत्यु भएको थियो। बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले आइतबार राजमार्ग अवरुद्ध गरेका थिए। सहमतिपछि बालकको शव आफन्तले बुझेका छन्। र, शनिबार विद्यालय छुट्टीको समयमा पौडी खेल्ने क्रममा बालकको पुल निर्माण स्थलमा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको स्थानीयले जनाएका छन्। बालक जनता आवाशिय मावि रातमाटामा कक्षा ४ मा अध्ययनरत थिए।
निर्माण स्थलमा तारजाली वा घेराफेरा गर्ने र होडिङबोर्ड राख्ने काम समेत नगरि लापरवाहीका साथ खाल्डो खनेर खुल्ला छाड्दा बालक डुबेको स्थानीयको भनाइ छ। पुल निर्माणको जिम्मा सारस विल्डर्स कम्पनीले पाएको छ।