इन्धनको खपत घटाउन सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। इन्धनको खपत वृद्धि हुँदा विदेशी मुद्रामा चाप परे पछि सरकारले पहिलो चरणमा सरकारी सवारी साधनमा प्रयोग हुने इन्धनको खपत घटाउन लागेको हो।
अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय तथा निकाय, सार्वजनिक संघ, संस्थाको बाँकी बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको जनाएको छ। यो निर्णय विकास आयोजनाहरू, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि भने लागू नहुने जनाएको छ। छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीहरूको इन्धन सुविधा २० प्रतिशतले कटौती गर्न अनुरोध गर्ने भएको छ।
अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्यको बुँदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख थियो। बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा परेको चापलाई मध्यनजर गर्दै चालु आवमा इन्धन शीर्षकमा विनियोजित बजेटमा थप कटौति गर्ने गरी निर्णय भएको जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढेर नेपाल आयल निगम घाटामा गए पनि निगमले इन्धन खपत घटाउन र जोर, बिजोर सवारी गुडाउने व्यवस्था मिलाउन सरकार समक्ष अनुरोध गरेको थियो। निगम निरन्तर घाटामा गएर इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्न कठिन भएपछि निगमले इन्धनको खपत घटाउन अनुरोध गरेको हो।
इन्धनको खपत घट्दा एकातर्फ निगमको घाटा कम हुने र अर्कोतर्फ विदेशी मुद्रा सञ्चितिमा परेको चापमा केही राहत हुने भए पनि सरकारले सरकारी इन्धनको खर्चमा कटौती गरेको हो। बढ्दो मूल्यवृद्धि, चुलिँदो व्यापार घाटा न्यूनीकरण गर्न इन्धनको व्यापार गर्ने संस्थाले नै इन्धन खपत घटाउन अनुरोध गरेको थियो।
आयल निगमले खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी बिजुली प्रयोग गर्न सरकारबाट आह्वान गर्न पनि अनुरोध गरेको थियो। ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युत्को खपत बढाउन पनि आह्वान गर्नुपर्ने निगमको माग छ। छोटो दूरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदलयात्रा गर्न आह्वान गर्ने, जुनसुकै किसिमका सवारी साधनहरूमा पूर्ण सिट क्षमतामा यात्रुहरू बस्ने वा आवतजावत गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ।
पेट्रोल, डिजल, मट्टितेल तथा एलपी ग्यास प्रतियुनिट जेजति घाटा हुन्छ सो एकै पटक समायोजन गरी निगमलाई नाफा न घाटाको अवस्थामा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने माग पनि निगमले अघि सारेको छ।