उद्योग वाणिज्य क्षेत्रका लागि सवा ८ अर्ब: नवउद्यम आर्थिक रूपान्तरणकाे आधार
१६ जेष्ठ २०८३
•
५ मिनेट पाठ
उद्योग वाणिज्य क्षेत्रका लागि सवा ८ अर्ब: नवउद्यम  आर्थिक रूपान्तरणकाे आधार
सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग, वाणिज्य, आपूर्ति, स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राखेर बजेट ल्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमार्फत उत्पादन वृद्धि, रोजगारी सिर्जना र औद्योगिक प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने महत्त्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेका छन्।




स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउने, निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने तथा नवउद्यमलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने नीति बजेटमार्फत अघि सारिएको छ। अर्थमन्त्री वाग्लेले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि आठ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेका छन्।

उत्पादनमुखी उद्योगको विकासका लागि सरकारले निर्यात सम्भावना भएका कृषि प्रशोधन, पर्यटन सेवा र हलुका उत्पादन जस्ता श्रमप्रधान उद्योगलाई प्राथमिकता दिएको छ। यसका लागि रोजगार आबद्ध उत्पादन क्षेत्र (इम्प्लोयमेन्ट लिंक्ड प्रोडक्सन जोन) सञ्चालन गरिने घोषणा गरिएको छ। जसले उत्पादनसँगै रोजगारी सिर्जनालाई प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ। साथै, उद्योग प्रतिष्ठानहरूको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानुनी व्यवस्था पनि सुधार गर्ने उल्लेख छ।

सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र र औद्योगिक कोरिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधि र ट्रिटमेन्ट प्लान्टसहितको सिवरेज प्रणाली सञ्चालन गर्ने घोषणा गरेको छ। यसले औद्योगिक प्रदूषण नियन्त्रण गर्दै हरित औद्योगिक विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

परम्परागत बोइलरलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उल्लेख छ। यसका लागि एक सय उद्योगलाई रूपान्तरण गर्ने लक्ष्यसहित २२ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेटमा औद्योगिक पूर्वाधार विकासका लागि  ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ। खानी तथा खनिज क्षेत्रको विकासका लागि पनि सरकारले विशेष योजना अघि सारेको छ। खानी सम्बन्धी लाइसेन्स पुनरावलोकन गरिनेछ भने अन्वेषणका क्रममा दोस्रो चरणसम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण सुविधा विस्तार गर्ने बजेटमा घोषणा गरिएको छ।

खानी क्षेत्र, ठुला उद्योग र पाँच मेगावाटभन्दा बढी विद्युत् खपत गर्ने औद्योगिक क्षेत्रसम्म सहज विद्युत् आपूर्ति तथा प्रसारण लाइन विस्तार गरिनेछ। भारी सवारी सञ्चालन हुने औद्योगिक र खानी पहुँच सडकका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

खनिज तथा निर्माणजन्य सामग्रीको उत्खनन, उत्पादन, आपूर्ति र प्रयोगलाई व्यवस्थित गर्न खानी तथा खनिज प्राधिकरण स्थापना गरिने घोषणा गरेको छ। दैलेखमा रहेको पेट्रोलियम स्रोतको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अघि बढाइनेछ। साथै, धौवादी फलाम उद्योगमा सरकारको सेयर हिस्सा घटाई सार्वजनिक–निजी साझेदारी (एएए) मोडेलमा सञ्चालन गर्ने योजना अघि सारिएको छ। वातावरणीय रूपमा उपयुक्त स्थान पहिचान गरी ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा प्रशोधन प्रणाली व्यवस्थित गर्ने उल्लेख छ।

वाणिज्य तथा आपूर्ति क्षेत्रमा पनि सरकारले निर्यात वृद्धि र व्यापार सहजीकरणलाई प्राथमिकतामा राखेको छ। विश्व बजारमा स्थापित नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्ने भएको छ। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ। राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि तयार पारिने गुरुयोजनाअन्तर्गत उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि एक  अर्ब १८ करोड विनियोजन गरिएको छ।

भैरहवामा एकीकृत जाँच चौकी (आइसिपी)  शीघ्र सञ्चालनमा ल्याइनेछ भने चाँदनी–दोधारामा निर्माणाधीन आइसिपी दुई वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ। गलैंचा, कार्पेट, धागो, तयारी कपडा र सिमेन्टजस्ता वस्तुहरूको निर्यात वृद्धि गर्न वस्तुगत निर्यात रणनीति कार्यान्वयन गर्ने घोषणा गरेको छ। इन्धन मूल्य स्थायित्वका लागि फ्युचर्स कन्ट्रयाक्ट प्रणालीबारे अध्ययन गरिनेछ। पेट्रोल पम्पहरूमा इभी चार्जिङ स्टेसन जडान गर्न प्रोत्साहन गर्ने भएको छ।

नेपाल आयल निगममार्फत इथानोल उत्पादन उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद सुनिश्चित गरिनेछ। बजारमा हुने सिन्डिकेट, कार्टेलिङ, कालोबजारी र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्न नियामक निकायलाई सुदृढ बनाइने सरकारको प्रतिबद्धता छ।

स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रमा सरकारले विशेष जोड दिएको छ। स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा जोड्ने उद्देश्यसहित नेपाल इन्टरप्राइज फसिलिटी स्थापना गर्ने भएको छ । यसले नीतिगत सहयोग, वित्तीय पहुँच, इन्क्युवेसन र उद्यम प्रवद्र्धनलाई एकीकृत रूपमा अघि बढाउनेछ।

कृषि तथा पशुजन्य उद्यम गर्न इच्छुक एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराइने छ। युवा वैज्ञानिकलाई अनुसन्धान र नवप्रवर्तनका लागि स्वदेशमै अवसर प्रदान गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। खगोलीय पर्यटन प्रवर्द्धनका लागि सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापना गरिने योजना पनि समावेश गरिएको छ। विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि ४ अर्ब र नेपाल इन्टरप्राइज फसिलिटीका लागि ५० करोड विनियोजन गरिएको छ।

सरकारले औद्योगिक नवप्रवर्तनलाई आर्थिक रूपान्तरणको आधार स्तम्भका रूपमा अघि सारेको छ। मोतीपुर र मयुरधापजस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्ने नीति लिइएको छ। पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिइनेछ। महिला उद्यमीलाई कर्जा प्रवाहमा सहुलियत दिइनेछ भने विशेष आर्थिक क्षेत्रलाई एकीकृत प्रशासनिक मोडेलमा सञ्चालन गर्ने योजना छ। जसमा कर, भन्सार, आयात–निर्यात र लगानीसम्बन्धी निर्णय एकै स्थानबाट हुने व्यवस्था मिलाउने घोषणा गरेको छ।

उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन विद्युत् डिमान्ड शुल्क पुनरावलोकन गरी विद्युत् महसुलमा छुट दिने भएको छ। उद्योगीहरूले औद्योगिक क्षेत्र वा लिजमा लिइएको जग्गामा बनेका संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न पाउने व्यवस्था गरिनेछ। पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योगका लागि ‘व्यावसायिक पुनरुत्थान कर्जा’ उपलब्ध गराउने भएको छ।

नवउद्यमलाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाउने लक्ष्यसहित स्टार्टअपलाई अनुदान, सहुलियतपूर्ण कर्जा, सार्वजनिक खरिदमा प्राथमिकता र डिजिटल दर्ता प्रणालीमार्फत सहजीकरण गरिनेछ। नवप्रवर्तन वित्तपोषणलाई ऋणमा मात्र सीमित नगरी अनुदान, प्रारम्भिक चरणका लागि सहुलियत कर्जा र विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिनेछ। निजी क्षेत्र तथा गैरआवासीय नेपालीको सहलगानीलाई समेत प्रोत्साहन गरिनेछ। बजेटले औद्योगिक उत्पादन वृद्धि, निर्यात विस्तार, ऊर्जा दक्षता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई आर्थिक विकासको केन्द्रमा राखेको देखिन्छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
८ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
यो पनि पढौँ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस