काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा (माओवादी) ले वित्तीय क्षेत्रमा चन्दा आतंक मच्चाएको छ। भ्रष्टाचारमुक्त समाज निर्माणमा सहयोग गर्न भन्दै उसले वित्तीय संस्थाहरुसँग चन्दा माग्न थालेको हो।'नयाँ आन्दोलनको सुरुवात गर्न लागेकाले यसका लागि तपार्इंहरु (वित्तीय संस्था) को सहयोग आवश्यक रहेको' उनीहरुले बताउने गरेका छन्। ५० फाइनान्स कम्पनीमध्ये धेरैजसोमा आर्थिक सहयोगका लागि उनीहरु पुगिसकेका छन्।
'कम्तिमा ५/७ लाख रुपैयाँ तपाईंले हाम्रो पार्टीलाई सहयोग गर्नुपर्छ,' एक फाइनान्स कम्पनीका उच्च अधिकारीले उनीहरुको भनाइलाई उद्धृत गर्दै भने, 'तपाईंले सहयोग गर्नुहुन्न भने तपाईं र तपाईंको संस्थालाई कालोसूचीमा राखिने छ।' उनीहरुले चन्दा नदिनेलाई भौतिक कारबाही गर्ने समेतको चेतावनी दिएका छन्।
पहिलो पटक वित्तीय संस्थामा जाँदा उनीहरुले जनतालाई कसरी सुखी बनाउन सकिन्छ भन्ने जस्ता जनवादी कुरा गर्ने गरेका छन्। त्यसपछि दोस्रो/तेस्रो पटकदेखि आर्थिक सहायताका कुरा अगाडि बढाउने गरेको वित्तीय संस्थाहरुले जानकारी दिएका छन्। 'सुरुमा आउँदा असाध्यै राम्रा कुरा गर्छन्, त्यसपछि कडा कुरा र धम्क्याउन थाल्छन,' ती अधिकारीले भने।
विप्लव नेतृत्वको माओवादीले सबैभन्दा पहिले मालपोतमा भ्रष्टाचारशून्य पार्ने बताएको छ। त्यसपछि अदालत, यातायात व्यवस्था विभागलगतायतका निकायलाई भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने बताएको उनले जानकारी दिए।
आर्थिक रुपमा आफ्नो पार्टी कमजोर रहेकाले उक्त अभियान सञ्चालनका लागि चन्दा माग्नु परेको उनीहरुले बताएका छन्। 'चन्दा नदिउँ भने सुरक्षाको चिन्ता, दिउँ भने ठूलो रकम कसरी दिने,' ती अधिकारीले निराश मुद्रामा भने।
गत वैशाख १२ मा आएको शक्तिशाली भूकम्प र त्यसपछि लगातार आएका पराकम्पनले वित्तीय संस्थामा नोक्सानी पुर्यााएको छ। भूकम्पले असर समाप्त नहुँदै वित्तीय संस्थामा चन्दा आतंक मच्चिएको छ। 'एकपछि अर्को दबाब खेप्नुपरेको छ,' ती अधिकारीले भने।
नेकपा (माओवादी)का प्रवक्ता खड्गबहादुर विश्वकर्माले जनताको पार्टी भएकाले उधमी–व्यवसायीसँग सहयोगको अपिल गरेको बताए। पार्टीको रष्ट्रिय सम्मेलन सम्पन्न भएको र उक्त सम्मेलनका लागि पार्टीले सहयोग मागेकाले बाँकी–बक्यौता लिने क्रममा चलेको उनको भनाइ छ।
'नेकपा (माओवादी) आन्दोलनको चरणमा रहेकाले आर्थिक सहयोग मागिएको हो,' उनले भने, 'अहिले पनि राष्ट्रघाती काम भइरहेको, संविधान जनताको पक्षमा नबन्ने निश्चित भएको, भूकम्प पीडितको नाममा ब्रहमलुट मच्चाउने काम भइरहेकाले त्यस्ता विकृति अन्त्यका लागि आन्दोलनमा उत्रेका हौं।'
सरकार भ्रष्टाचारीलाई कारबाही गर्न असमर्थ भएका कारण नेकपा (माओवादी) ले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। अन्य वामपन्थी दलले जनतालाई सुखी बनाउन नसकेकाले आफूहरु अग्रसर भएको उनीहरुको भनाइ छ। उनीहरुले आफूहरु 'मर्न र मार्न तयार' भएको समेत चेतावनी दिँदै आएका छन्।