नौ महिनामा २८ अर्ब ५४ करोड बढीको सुन आयात
१० वैशाख २०७९
•
१ मिनेट पाठ
नौ महिनामा २८ अर्ब ५४ करोड बढीको सुन आयात
चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ।




भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८ र ७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो।

तथ्याङ्कानुसार नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ। सुनको आयातबाट सरकारले तीन अर्ब ४८ करोड तीन लाख ३० हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ।

सार्वजनिक विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ। चालु आवको पहिलो नौ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्याङ्क छ।

युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि २२ अर्ब ६२ करोड दुई लाख ५४ हजार रुपैयाँ बाहिरिएको छ भने सरकारले दुई अर्ब ७४ करोड ८० लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

युएईपछि टर्कीबाट पाँच अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको आठ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको छ। केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ।

विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ। अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालु आवको नौ महिनाको सुनको आयात भने बढेको देखिन्छ।

गत आवको चैत मसान्तसम्म दुई हजार ७६० किलोग्राम सुन आयात भएकामा चालु आवको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर चार हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ।
अर्को समाचार
१९ खर्ब बढीको वस्तु आयात हुने
०८ असार २०७९
•
४ मिनेट पाठ
१९ खर्ब बढीको वस्तु आयात हुने
विदेशी मुद्राको सञ्चिति घटेकाले नेपाल राष्ट्र बैंकले विदेशबाट आयात हुने वस्तुमा कडाइ गरे पनि आयातमा खासै कमी आएको छैन। चालु आर्थिक वर्ष २०७८/७९ को १२ महिनामा १९ खर्ब रूपैयाँ बढीको वस्तु आयात हुने देखिएको छ।




भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ११ महिनामा जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोड रूपैयाँको वस्तु आयात भएको छ। यसरी हेर्दा मासिक सरदर १ खर्ब ६० अर्ब रूपैयाँको वस्तु आयात भएको देखिन्छ। असार मसान्तसम्म १९ खर्ब रूपैयाँ बढीको वस्तु आयात हुने भएको छ।

गत आवको १२ महिनामा १५ खर्ब ३९ अर्बको वस्तु आयात भएकोमा चालु आवको ११ महिनामै २ खर्ब २४ अर्ब रूपैयाँ बढीको वस्तु आयात भएको छ। गत आवको सोही अवधिमा १३ खर्ब ८३ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो।

जेठ मसान्तसम्ममा मुलुकको व्यापार घाटा १५ खर्ब ७७ अर्ब पुगेको छ। गत आवको सोही अवधिमा व्यापार घाटा १२ खर्ब ६२ अर्ब रूपैयाँ थियो। नेपाल राष्ट्र बैंकले गत पुस र माघमा परिपत्र जारी गर्दै ४७ वटा वस्तुको आयातमा प्रतीतपत्र (एलसी)मा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्ने नीतिगत व्यवस्था गरेको थियो।

वस्तु आयात हेर्दा सबैभन्दा धेरै डिजेल आयात भएको छ। यो अवधिमा १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख रूपैयाँको डिजेल आयात भएको हो। ६२ अर्ब ९१ करोड ९८ लाख रूपैयाँको पेट्रोल, ५९ अर्ब १६ करोड ६ लाखको एलपी ग्यास आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। इन्धनपछि धेरै आयात हुनेमा आइरन देखिएको छ। ५३ अर्ब २५ करोड ५१ लाख रूपैयाँको आइरन आयात गरेको छ।

भन्सार विभागका अनुसार ११ महिनामा १९ खर्ब ४९ अर्बको वैदेशिक व्यापार भएको छ। पोहोरको तुलनामा चालु आवको ११ महिनामा आयात २७.५ प्रतिशत, निर्यात ५३.३ प्रतिशत, वैदेशिक व्यापार २९ प्रतिशतले बढेको छ। यो अवधिमा १ खर्ब ८५ अर्बको वस्तु निर्यात भएको छ।

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ। राष्ट्र बैंकले विलासी वस्तुको आयातमा कडाइ गर्दै जाने नीति लिएको थियो। विदेशबाट सामान आयात गर्दा डलर देशबाट बाहिरिन्छ। यसलाई रेमिट्यान्स र निर्यातले धान्न नसकेपछि विदेशी मुद्रा सञ्चिति घट्दै गएको हो। आयातको हिस्सा ठूलो र निर्यातको हिस्सा निकै सानो भएकाले विदेशी मुद्राको चाप परेर वस्तु आयात गर्न विदेशी विनिमय सञ्चिति घटे पनि राष्ट्र बैंकले आयातमा कडाइ गरेको थियो।

चकलेट, चुइगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृङ्गारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको थियो।

स्वदेशमा उत्पादन हुने कृषिजन्य वस्तुको आयात पनि उच्च छ। कृषि प्रधान मुलुक भनिँदै आए पनि नेपालले पछिल्लो समय अर्बौं रूपैयाँको कृषिजन्य सामग्री आयात गर्दै आएको छ। खाद्यान्न आयात पनि उच्च छ। व्यापार घाटा वृद्धि, विदेशबाट रेमिट्यान्स आगमनमा कमी, विदेशी मुद्रा सञ्चितिमा गिरावट हुँदा अर्थतन्त्र समेत समस्यामा परेको छ।

व्यापार घाटा बढिरहेको अवस्थामा सरकारले निर्यात लक्षित व्यापार अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा व्यापार घाटा घटाउन र स्वदेशी वस्तुको उत्पादन वृद्धि गर्न प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम ल्याएको छ।

मुलुकमा औद्यौगीकरण हुन नसकेर अधिकांश वस्तुमा विदेशी उत्पादनको भर परिरहेको अवस्थामा सरकारले स्वदेशी उत्पादन वृद्धिलाई प्राथमिकता दिने भएको छ। स्वदेशी वस्तुको उपभोग र उत्पादन वृद्धिका लागि नयाँ कार्यक्रम ल्याएको हो।

नेपाली उत्पादनको बजार विकासमार्फत उत्पादन तथा उपभोगको वृद्धि र आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गरी समुन्नत अर्थतन्त्रको विकास गर्न ‘नेपाली उद्योग, नेपालमै रोजगारः आफ्नो उत्पादन, आफ्नै व्यापार’ भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गर्ने घोषणा गरेको छ।

उत्पादन बढाउन कर तथा भन्सार महसुलमा छुट र निर्यात अनुदान मार्फत समयबद्ध रणनीतिक प्रवर्द्धन गर्नुका साथै प्रतिस्पर्धी सीप विकास, व्यावसायिक सहजीकरण, साझा भौतिक पूर्वाधार निर्माण र प्रयोग, नवीन प्रविधिमा पहुँच वृद्धिका कार्यक्रम ल्याएको छ। स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गर्ने नीति लिएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस