मिटर ब्याजीको घर खानतलासी, निराश भई सप्तरी फर्किए पीडितहरू
१० वैशाख २०७९
•
३ मिनेट पाठ
मिटर ब्याजीको घर खानतलासी, निराश भई सप्तरी फर्किए पीडितहरू
धरान १९ स्थित रामदेव साहु तेलीको घरमा भित्र प्रहरी खानतलासी गर्न प्रवेश गरेको बेला गेटबाहिर पीडितहरु। तस्बिरः रोहित राई
ऋण चुक्ता गरेपनि मिटर ब्याजी साहु रामदेव साहु तेलीलाई खोज्दै धरान आएका ७ जना पीडितहरु शनिबार केही आशावादी बने। पीडितहरु आफैले ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको पत्र ल्याएको र अघिल्लो दिन दिनभर जसो कार्यालय परिसरमा बसेर आग्रह गरेपछि धरान प्रहरीले शनिबार आरोपित तेलीको घर खान तलासी गर्ने भएको थियो।  




धरान प्रहरीको टोली शनिबार धरान १९ स्थित तेलीको घरमा दुई पटक पुग्यो, तर दुई पटक नै पीडितहरुलाई गेटभित्र पस्न दिइएन। पहिलो पटक पीडितहरुलाई गेटबाहिरै राखेर २ जना प्रहरी मात्र घरमा छिरेको थियो। झण्डै आधा घण्टा भित्र बसेको प्रहरीले खानतलासी गर्न जनप्रतिनिधि, छरछिमेक पनि चाहिने भन्दै फर्कियो। दोस्रो पटक जनप्रतिनिधि र छरछिमेकीसहित प्रहरी टोली प्रवेश गरेको थियो। पीडितहरु घर बाहिरै बसे। घरमा केही पनि भेटिएन भन्दै टोली फर्कियो।  

पीडित छेदीलाल पासवान आफूहरुलाई भित्र प्रवेश नदिई खानतलासी गरिएको भन्दै असन्तुष्टि प्रकट गरे। उनले शुक्रबार नै आफुहरुले कल्याणपुर प्रहरीको खान तलासी गर्न पठाएको पत्र लिएर आएपनि धरान प्रहरीले ढिलाई गरेकोमा पनि आक्रोश पोखे। ‘कल्याणपुरबाट पहिला पनि खान तलासी गर्न पत्र आएको थियो, तर भयो भएन थाह पाइएन। हामी आफैले अर्को पत्र लिएर आयौ, शुक्रबार नै गरिदिएको भए हुन्थ्यो,’पीडित पासवानले भने,‘हामी पत्र लिएर आएको थाह पाएर बही खाताहरु अन्यत्रै लुकाउने मौका पायो होला। प्रहरीबाट पनि लापरवाही भयो। हामी सप्तरी फर्किदैछौं।’

शनिबारै पनि पहिलो पटक प्रहरी मात्र भित्र छिरेर जनप्रतिनिधि र छरछिमेक, भद्रभलाद्मी चाहिने भन्दै फर्कियो। दोस्रो पटक खान तलासी गर्न टोली आउनुअघिको समयमा पनि महत्वपूर्ण कागजपत्र लुकाउने समय पाएको भन्दै पीडितहरुले गुनासो गरे। ‘कोही ४ वर्षदेखि, कोही २ वर्षदेखि, कोही ६ महिनादेखि यसरी नै प्रहरी, प्रशासनको ढोका ढकढकाइरहेका छौ, तर न्याय पाउने आशा कतैबाट देखिएको छैन,’अर्का पीडित बोदेबर्साइन नगरपालिका ७ का महमद तैयब अलीले भने।

पीडितहरुका अनुसार साहु तेलीसँगको लेनदेनको मुख्य बही खाता र कपाली तमसुक गरेको कागज छ। आफुहरुले ऋण लिएको र तिरेको रकमबारे तेलीकै मुन्सीले पनि लेखिदिएका छन्।साहु तेलीविरुद्ध अदालतमा ठगीको मुद्दासमेत दायर भएको छ। पीडितहरुको तमसुक कागज वा ऋण दिएको लिएको विवरण उल्लेख भएको रजिष्ट्रार फेला परे पठाइदिन भन्दै सप्तरीको कल्याणपुर ईलाका प्रहरी कार्यालयले धरान प्रहरीलाई पत्राचार गरेको थियो। पीडितहरु त्यही खाता भेटिने आशामा धरान आएका हुन्। तर, शनिबार खान तलासीको क्रममा नभेटिए पछि निराश भई सप्तरी फर्किए।

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले भद्रभलाद्मी र वडाका जनप्रतिनिधिहरुको रोहबरमा खान तलासी गरेपनि हरहिसाब भएको खाताहरु नभेटिएको बताए। उनले पीडितहरुलाई प्रवेश गर्न नदिएकोबारे भने, ‘कानुन वमोजिम नै हामीले खान तलासी गरेको हो। भनेको जस्तो केही भेटिएन। स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधिको रोहबरमा नै गर्यौ।’

पीडितहरु सप्तरी फर्किए पनि केही दिनपछि पुनः धरान आउने बताएका छन्। उनीहरुले न्याय नपाएसम्म साहु तेलीको धरानस्थित घर अगाडि नै अनसन बस्ने पनि बताएका छन्। ‘हामी पीडित मान्छे, कानुनको सहारामा आयौ, तर न्याय पाउने आशा कम देख्दैछुँ,’पीडित पासवानले भने,‘अब हामीसँग अरु कुनै उपाय भएन। हामी यही धर्ना दिन्छौ, उसकै घरअघि टेण्ट गाडेर धर्ना बस्छौ।’

सप्तरीको खडग नगरपालिका ७ का रामदेव साहु तेलीसँग ऋण लिएर चुक्तासमेत गरिसके पनि आफ्नो जग्गा फिर्ता नदिएको भन्दै ७ जना पीडितहरु धरान आएका थिए। पीडितहरुका अनुसार ७ जनाको १० बिगाहाभन्दा बढी जग्गा तेलीसँग छ। उनीहरुले ऋण लिदा तेलीलाई आफ्नो जग्गा राजीनामा पास गरिदिएका थिए। ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने सर्तमा राजीनामा पास गरेको पीडितहरुको भनाई छ। विगतमा भने तेलीले ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने गरेपछि पछिल्लो समय थुप्रैको जग्गा फिर्ता नगरि गायब भएका थिए। साहु तेली कल्याणपुरबाट केही समय राजविराज बसेको र अहिले धरान १९ मा घर किनेर छोरासँग बस्दै आएको पीडितहरुको भनाई छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस