काठमाडौं- यो वर्ष कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान १ प्रतिशत बिन्दुले घटेको छ। अर्थमन्त्री रामशरण महतले आइतबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७१/०७२ मा कृषि क्षेत्रको योगदान घटेर ३२.१२ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७०/०७१ मा कृषि क्षेत्रले जिडिपीमा ३३.१२ प्रतिशत योगदान गरेको थियो।त्यसैगरी, चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको वार्षिक वृद्धिदर १.८५ रहने अनुमान गरिएको छ। गत आर्थिक वर्षको तुलनामा यो वर्ष धान उत्पादन ५ प्रतिशतले घट्ने अनुमान छ। पोहोर करिब ५० लाख ४७ हजार टन धान उत्पादन भएकोमा यो वर्ष ४७ लाख ८८ हजार टनमा ओर्लने आर्थिक सर्वेक्षणमा उल्लेख छ।
सर्वेक्षणमा आर्थिक वर्ष २०७१/०७२ मा नेपालको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ, फापर) अघिल्लो वर्षको तुलनामा २ लाख ९६ हजार टनले घट्ने अनुमान गरिएको छ। यो अघिल्लो वर्षका तुलनामा करिब ३ प्रतिशतले कम हो। पोहोर ९५ लाख ६२ हजार टन रहेको यी खाद्यान्नको उत्पादन यस वर्ष ९२ लाख ६६ हजार टनमा सीमित हुने प्रारम्भिक अनुमान छ। यो वर्ष खाद्यान्न बालीले ढाकेको क्षेत्रफल समेत पोहोरको तुलनामा घटेको अनुमान छ।
रोपाइँ हुने बेला वर्षा नहुँदा धेरैजसो धान खेत बाँझै रहेकाले धान उत्पादन घट्ने अनुमान गरिएको हो। मुलुकको प्रमुख खाद्यान्न बाली धान हो। यो वर्ष धानबाली लगाएको क्षेत्रफलसमेत ४.१ प्रतिशतले घट्ने अनुमान छ। मुलुकमा १४ लाख २५ हजार ३ सय ४६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। समयमै मनसुन नहुँदा यस वर्ष करिब ६१ हजार हेक्टरमा धान खेती हुन सकेन। त्यसको असर उत्पादनमा देखिएको सर्वेक्षणमा उल्लेख छ।
सावित्री, बिन्देश्वरी, राधा ४ र १२, मध्य पहाडमा खुमल ४, १०, ११ तथा उच्च पहाडमा चन्दननाथ धानको बिउ उत्पादकत्व स्थानीय जातको तुलनामा दोब्बर रहेको र यी सिफारिस गरिएका धानका जातले ढाकेको क्षेत्रफलमा ९० प्रतिशतसम्म बढी धान फलेको अनुमान छ।
उत्पादनका हिसाबले धानपछिको दोस्रो प्रमुख खाद्यान्न मकै हो। चालु आर्थिक वर्ष २०७१/०७२ मा मकै उत्पादन करिब ६ प्रतिशतले घटेर २२ लाख ४५ हजार टनमा सीमित हुने प्रारम्भिक अनुमान छ। यो गत वर्षको २२ लाख ८३ हजार टनभन्दा करिब १ लाख ३८ हजार टन घटी हो। यो वर्ष मकै उत्पादन हुने क्षेत्रफलसमेत ५ प्रतिशतले घटेको अनुमान छ।
कोदो उत्पादन भने करिब १.५ प्रतिशतले बढेर ३ लाख ८ हजार टन पुग्ने प्रारम्भिक अनुमान छ। पोहोर ३ लाख ४ हजार टन कोदो फलेको थियो। कोदोमा उन्नत बिउ, मलको प्रयोग गर्ने चलन कम भएकाले यसको उत्पादकत्व खासै नबढेको बताइएको छ।
हिमाली क्षेत्रको मुख्य खाद्यान्न फापर यो वर्ष १० हजार ८ सय ७० टन उत्पादन भएको अनुमान छ। यसको खेती क्षेत्र र उत्पादन क्रमशः ३ र ५ प्रतिशतले बढ्ने अनुमान सर्वेक्षणमा गरिएको छ।
उत्पादनको हिसाबले तेस्रो नम्बरमा पर्ने गहुँ उत्पादन यस वर्ष करिब १९ लाख ७५ हजार टन पुग्ने अनुमान छ। यो अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढी हो। मौसमले साथ दिँदा गहुँ उत्पादनमा सकारात्मक प्रभाव परेको बताइएको छ। क्षेत्रगत रुपमा हेर्दा पूर्वी तराईका केही जिल्लामा गहुँ उत्पादन घटेको, मध्य र अन्य तराई क्षेत्र, पश्चिमी पहाड, हिमाली जिल्लामा बढेको सर्वेक्षणमा उल्लेख छ।
जौ खेतीको क्षेत्रफल यस वर्ष करिब आधा प्रतिशतले घट्ने र उत्पादन करिब ७ प्रतिशतले बढ्ने अनुमान छ। यो पनि अनुकूल मौसमकै परिणाम हो।
नगदेबालीतर्फ क्षेत्रफल र उत्पादन दुवै घटेको छ। उत्पादकत्व भने ५ प्रतिशतले बढेको छ। नगदेबालीले ढाकेको क्षेत्रफल करिब ४ लाख ८७ हजार हेक्टर छ। यसको उत्पादन ६१ लाख १८ हजार टन छ।
फलफूल र तरकारीको उत्पादन पोहोरको तुलनामा बढेको छ। गत वर्ष ९ लाख ६५ हजार टन उत्पादन भएकोमा यस वर्ष ११ लाख ८६ हजार टन पुग्ने अनुमान छ। यसको खेती हुने क्षेत्रफल सामान्य बढेर १ लाख ११ हजार हेक्टर पुग्ने अनुमान छ।
यस वर्ष तरकारी उत्पादन करिब ६.१ प्रतिशतले बढेर ३६ लाख २९ हजार टन हुने अनुमान छ। पोहोर यो ३४ लाख टन थियो। तरकारी बालीले ढाकेको क्षेत्रफल २ लाख ४५ हजार हेक्टर पुगेको अनुमान छ।
तोरी, सर्स्युं, सूर्यमुखी लगायत तेलहन बालीको उत्पादन पोहोरको तुलनामा करिब ५.७ प्रतिशतले बढेर १ लाख ९५ हजार टन पुग्ने अनुमान छ। तेलहन बालीको क्षेत्रफल करिब ०.४ प्रतिशतले बढेर २ लाख १७ हजार २ सय हेक्टर पुग्ने अनुमान छ।