अन्तर्राष्ट्रिय उडान आधा
२८ असार २०७२
•
८ मिनेट पाठ
अन्तर्राष्ट्रिय उडान आधा
काठमाडौं- वैदेशिक रोजगार व्यवसायीले 'निःशुल्क भिसा र टिकट'को विरोध गर्दै एक सातादेखि गरेको आन्दोलनका कारण नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले आफ्ना उडान आधाभन्दा बढीले कटौती गर्ने निर्णय गरेका छन्।व्यवसायीले निःशुल्क टिकट भिसा र टिकट राम्रो भए पनि छलफल र गृहकार्यबिना सरकारले एकतर्फी निर्णय गरेको भन्दै आन्दोलन गरिरहेका छन्। उनीहरूको आन्दोलनको प्रत्यक्ष असर भने यहाँबाट विभिन्न विदेशी गन्तव्य जाने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमदेखि उताबाट आउने दर्जनौं अन्तर्राष्ट्रिय वायुसेवामाथि परेको छ।




व्यवसायीको आन्दोलनपछि अन्तर्राष्ट्रिय वायुसेवाका जहाजमा यात्रु संख्या ह्वात्तै घटेको छ जसका कारण उनीहरूका जहाज लगभग 'रित्तै' उडिरहेका छन्। ध्वजावाहक निगमका ठूला जहाजमा केही दिनदेखि एक तिहाइमात्र यात्रु हुने गरेका छन्। अन्य अन्तर्राष्ट्रिय वायुसेवाले उडान संख्या आधाभन्दा बढीले कटौती गर्ने निर्णय गरेका छन्।

खाडी मुलुक कतार, युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन, ओमान लगायतबाट नेपाल आइरहेका वायुसेवा अहिले मारमा परेका छन्। व्यवसायीको आन्दोलनको असर श्रम बजारमा परेको छ। खाडीका अधिकांश वायुसेवाका यात्रु भनेका नेपाली कामदार हुन्।

'म्यानपावर व्यवसायीको आन्दोलनको सिधा असर हामीमाथि परेको छ,' नेपाल उडान गरिरहेको खाडी मुलुकको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको नेपालस्थित अधिकारीले सोमबार नागरिकसँग भने, 'सातामा १४ सम्म उडान गरिरहेका कम्पनी अब ठ्याक्कै आधामात्र उडान गर्ने निर्णयमा पुगेका छन्।'

त्यसैगरी ठूलो आकार (वाइड बडी) जहाज ल्याइरहेका वायुसेवा अब सानो आकार (न्यारो बडी) जहाजबाट उडान गर्ने निर्णयमा पुगेका छन्। यसबाट पनि यात्रु संख्या ५० प्रतिशतहाराहारीमा कटौती हुने गर्छ। नेपाल आउने वाइड बडी जहाजमा अधिकतम ३ सयजति यात्रु अट्छन् भने न्यारो बडीमा १ सय ५० हाराहारी यात्रु अट्छन्।

हाल कतारबाट कतार एयरवेज, युएईको दुबईबाट फ्लाई दुबई, सारजहाँबाट एयर अरेबिया, अबुधाबीबाट इतिहाद एयरवेज, बहराइनबाट बहराइन एयर, ओमानबाट ओमान एयर तथा मलेसियाबाट मलेसिया एयरलाइन्स, एयर एसिया एक्स र मालिन्दो एयर आइरहेका छन् भने यताबाट नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुर कतारको दोहा उडान गरिरहेको छ।

सम्बद्ध वायुसेवा कम्पनीका अनुसार एयर अरेबियाले काठमाडौंका लागि सातामा २१ उडान गरिरहेको छ। वैदेशिक रोजगार व्यवसायीको आन्दोलनका कारण यात्रु उल्लेख्य परिमाणले घटेपछि सातामा १४ उडान गर्न थालेको छ। 'अब दिनमा एउटामात्र उडान गर्ने तयारी भइरहेको छ,' सम्बद्ध अधिकारीले भने, 'यसको असर हामीलाई मात्र होइन नेपालको समग्र अर्थतन्त्रमा पर्ने निश्चित छ।'

त्यसैगरी फ्लाई दुबईले पनि दिनको तीन उडानबाट कटौती गरी दुई वा एउटामा झार्ने तयारी गरिरहेको छ। ओमान एयरले दिनको दुई उडान गरिरहेको छ। अब संख्या घटाएर आठमा झार्ने तयारी उसको छ। इतिहादले सातामा गरिरहेको १४ उडानमा केही कटौती गर्ने तयारी गरिरहको छ। कतार एयरवेजले दैनिक तीन उडान गरिरहेको छ। तीमध्ये दुई उडान वाइड बडीबाट गररहे पनि अब एउटामात्र वाइड बडी प्रयोग गर्ने जनाएको छ।

वायुसेवा कम्पनीका अनुसार काठमाडौंबाट मलेसियाका लागि दैनिक ८ सय यात्रु जाने गरेका थिए। म्यानपावर व्यवसायीको आन्दोलनपछि यो संख्या उल्लेख्य दरमा घटेेको छ। मलेसियाको सरकारी वायुसेवा मलेसिया एयरलाइन्सले दिनको दुई उडान गरिरहे पनि अब एउटामात्र गर्ने निर्णय गरेको छ।

मलेसियाको निजी वायुसेवा एयर एसिया एक्सले दैनिक एक (सातामा सात) उडान गरिरहेको थियो। यसलाई कटौती गरी सातामा तीनमात्र उडान गरिरहेको छ। अर्को निजी कम्पनी मालिन्दो एयर पनि सातामा सात उडानबाट कटौती गरी यात्रुचाप हेरेर दुईदेखि तीन उडान गर्ने निर्णय गरेको छ। 'हाम्रो आम्दानी त गुमेकै छ,' अर्को एक वायुसेवाको नेपालस्थित अधिकारीले भने, 'यसबाट नेपाल घुम्न आउने पर्यटक पनि घट्न थालेका छन्। उडान कटौती भएपछि विदेशी पर्यटक घट्नु स्वाभाविक हो।'

खाडी मुलुकका मात्र होइन, थाइल्यान्डको सरकारी वायुसेवा थाई एयरवेजले पनि वैदेशिक रोजगार व्यवसायीको आन्दोलनपछि यात्रु नभएको भन्दै उडान कटौती गरेको छ। उसले दैनिक एक उडान (सातामा सात) गरिरहेको थियो भने अहिले सातामा पाँचमात्र उडान गर्न थालेको छ।

'हाम्रा जहाजमा पनि यताबाट जाँदा एक तिहामात्र यात्रु हुने गरेका छन्,' वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले नागरिकसँग भने, 'तर, उताबाट फर्कंदा भने यात्रु पूरै हुने गरेका छन्। हामी सकेसम्म उडान कटौती गर्ने पक्षमा छैनौं।'

उनका अनुसार निगमले मलेसियाको क्वालालम्पुर तथा कतारको दोहाका लागि अमेरिकी जहाज निर्माता कम्पनी बोइङद्वारा उत्पादित १ सय ९० सिट क्षमतायुक्त 'बि७५७' सिरिजका दुई थान जहाज उडाइरहेको छ। व्यवसायीको आन्दोलनपछि यताबाट जाँदा एक उडानमा ६० देखि ७० जनामात्र यात्रु हुने गरेका छन्।

'त्यही भएर हामी मलेसियाका लागि यात्रु घट्न नदिन आगामी साउन १ बाट लागु हुने गरी प्रवर्द्धनात्मक भाडा दर सार्वजनिक गर्ने योजनामा छौं,' शर्माले भने, 'यस्तो भाडा दर नेपाली र विदेशी दुवैलाई लक्ष्य गरेर ल्याउँछौं।'
अर्को समाचार
उडान कटौतीबाटै ५० करोड घाटा
०८ असार २०७२
•
५ मिनेट पाठ
उडान कटौतीबाटै ५० करोड घाटा
काठमाडौं-वैशाख १२ को विनाशकारी भूकम्पपछि अन्तराष्ट्रिय एयरलायन्सले नेपाल उडान कटौती गर्दा नेपालले आधा अर्बभन्दा बढी आम्दानी गुमाएको छ।




भूकम्पपछि नेपाल आउने पर्यटकको कमी र नेपालबाट जाने यात्रुको कम चापले अन्तर्राष्ट्रिय एयरलायन्सले साताको १ सय ३ वटा उडान कटौती गरेका छन्। अन्तर्राष्ट्रिय उडान कटौटी हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र पर्यटन बोर्डले विभिन्न शीर्षकमा लिने आम्दानी गुमेको हो। अन्तर्राष्ट्रिय उडान कटौती हुँदा तीन पर्यटनसम्बद्ध संस्थाको ५६ करोड आम्दानी गुमेको छ।

अन्तर्राष्ट्रिय उडान कटौती हुँदा निगमको औसत ४६ करोड ३५ लाख आम्दानी गुमेको हो। निगमले प्रत्येक फ्लाइटमा साना आकार (न्यारो बडी) का जहाजको ३ हजार डलर (तीन लाख रुपैयाँ हाराहारी) र ठूला आकार (वाइड बडी) को ६ हजार डलर (६ लाख रुपैयाँ हाराहारी) ग्राउन्ड ह्यान्डलिङ शुल्क लिन्छ।

त्यस्तै प्राधिकरणले ल्यान्डिङ एन्ड पार्किङबाट औसतमा १ करोड ८४ लाख ७२ हजार आम्दानी गुमाएको छ। प्राधिकरणले प्रत्येक फ्लाइटबाट ल्यान्डिङ र पार्किङमा न्यारो बडीलाई १ हजार ८५ डलर र वाइड बडीलाई २५ सय डलर शुल्क तोकेको छ छ। प्राधिकरणले यात्रु सेवा शुल्कमा पनि घाटा बेहोरेको छ। प्राधिकरणले उडान कटौती हुँदा २ करोड ३२ लाख ७८ हजार आम्दानी गुमाएको जनाएको छ। प्राधिकरणले प्रत्येक अन्तर्राष्ट्रिय उडानका प्रत्येक यात्रुबाट एक हजार ३० रुपैयाँ शुल्क लिन्छ।

प्राधिकरणले उडान कटौती हुँँदा विमानस्थल विकास शुल्कको २ करोड ६ लाख रुपैयाँ आम्दानी पनि गुमाएको छ। प्राधिकरणले प्रत्येक यात्रुबाट एक हजार रुपैयाँ विमानस्थल विकास शुल्क उठाउँछ। त्यस्तै प्राधिकरणले नेभिगेसनलबाट पनि २ करोड रुपैयाँ आम्दानी गुमाएको छ।

नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय उडान कटौती हुँदा २ करोड ३२ लाख ७८ हजार रुपैयाँ आम्दानी गुमाएको छ। बोर्डले प्रत्येक विदेशी यात्रुबाट ११ सय ३० रुपैयाँ पर्यटक सेवा शुल्क लिन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय उडान कटौती हुँदा प्राधिकरणको ३० प्रतिशत आम्दानी घटेको बताए। 'भूकम्पपछि सातामासय हाराहारी उडान कटौती भएका छन्। यसले प्राधिकरणको आम्दानीमा असर पारेको छ,' उनले भने।

अहिले २४ वटा अन्तर्राष्ट्रिय एयरलायन्सले सातामा २ सय ९४ उडान गर्नुपर्नेमा १ सय ९१ मात्र भरिरहेको विमानस्थलले जनाएको छ।

निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भूकम्पपछि निगमको आम्दानीमा ठूलो मात्रमा घाटा लागेको बताए। ग्राउन्ड ह्यान्डलिङबाट निगमले उल्लेख्य परिमाणमा आम्दानी गर्दै आएको छ। उनका अनुसार निगमले यसबाट वार्षिक करिब ३ अर्ब रुपैयाँबराबर आम्दानी गर्छ।

'ग्राउन्ड ह्यान्डलिङबाट हुने आम्दानी भूकम्पपछि झन्डै २५ प्रतिशतले घटेको छ,' उनले भने, 'यस्तो क्रम आगामी तीन महिनासम्म चल्नेछ किनभने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नेपाल उडान कटौती गर्दै अक्टोबरसम्म पुर्यानउने घोषणा गरिसकेका छन्।'

मलेसियन, थाई, एयर अरेबिया एयरलाइन्सको जिएसए लिएका प्रेसिडेन्ट टुर्स एन्ड ट्राभल्स तथा मार्काेपोलो ट्राभलका सञ्चालक सिद्धार्थविक्रम थापाले अहिले अन्तर्राष्ट्रिय एयरलायन्सले धमाधम उडान कटौती गरेको बताए। 'भूकम्पका कारण पर्यटक पनि छैन र कामदारको चाप पनि छैन। त्यसैले नेपाल उडान महँगो र घाटा हुने भएकाले रद्द भइरहेको छ,' उनले भने।

'विमानस्थलको मात्र होइन होटल, सरकारले पाउने ५ प्रतिशत कर, इन्धनको आम्दानी, यातायात खर्चलगायत स–सानो आम्दानी पनि गुमिरहेको छ। यसले देशको अर्थतन्त्रमा विस्तारै प्रभाव पार्छ,' थापाले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस