आयात प्रतिस्थापन प्राथमिकतामा
१२ वैशाख २०७९
•
५ मिनेट पाठ
आयात प्रतिस्थापन प्राथमिकतामा
स्वदेशमा उत्पादन गर्न सकिने कृषिजन्य लगायतका वस्तु पनि विदेशबाट आयात हुँदा व्यापार घाटा बढिरहेको अवस्थामा नेपाली कांग्रेसले स्वदेशी उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापनलाई प्राथमिकता दिने जनाएको छ। स्थानीय तहको निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गरेको कांग्रेसले आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, कृषि बजारीकरणलाई उच्च प्राथमिकतामा राखेको छ।




नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संयोजकत्वको घोषणा पत्र समितिले तयार गरेर आइतबार सार्वजनिक गरेको संकल्प पत्रमा आयात प्रतिस्थापन गर्न बढी आयात हुने कृषिबाली वस्तु उत्पादन क्षेत्रको निर्धारण, बजारमुखी व्यावसायिक योजना विकासमा सहयोग र व्यावसायिक योजना बमोजिम कृषिबाली उत्पादन तथा पशुपन्छी पालनलाई अघि बढाउने उल्लेख छ।

कांग्रेसले जितेका स्थानीय तहमा किसानलाई छुटदेखि अनुदान सम्मका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ। किसानहरूको सूचीकरण र वर्गीकरण, कृषि समग्री तथा कृषि सेवामा सुनिश्चित पहुँच, स्थानीय किसानलाई भूमि बैंकमा अग्राधिकार साना किसानलाई १० हजार बराबरको किसान क्रेडिट कार्ड प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।  

साना किसानलाई २ प्रतिशतमा तथा मझौला र ठूला किसानलाइ ४ प्रतिशत व्याजदरमा कृषि ऋणको व्यवस्था, कृषि बीमामा साना किसानलाई ९० प्रतिशत र मझौला किसानलाई ७५ प्रतिशत अनुदान, उन्नत बीऊ विजन एवं उन्नत नश्लका पशुपन्छीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ।

कांग्रेसले कृषि पशुपन्छी तथा मत्स्य उत्पादनमा खपत हुने कृषि विद्युत्मा ५० प्रतिशत छुट, आधारभूत खाद्य वस्तुको न्यूनतम समर्थन मूल्य, बजारीकरणका लागि कृषि एम्बुलेन्स, साना किसानका लागि सावधिक बिमाको प्रिमियममा ५० प्रतिशत सहायता दिने भएको छ।

एकीकृत योजना, गुणस्तरीय बीउ–विजन, पशुपन्छी नश्ल तथा माछा भुराको उपलब्धताको सुनिश्चितता, रासायनिक मल गोदाम निर्माण र न्यायिक वितरणको सुनिश्चितता गर्ने जनाएको छ।

उद्यमशीलता विकासका लागि महिलामैत्री साना तथा मझौला कृषि यन्त्र उपकरणहरूको पहिचान र वितरण, ठूला यन्त्र उपकरणको कस्टम हाइरिङ्ग सेन्टर तथा मर्मत सम्भार केन्द्रहरूको स्थापनामा ध्यान दिने भएको छ।

कृषि यन्त्र तथा उपकरणको उत्पादन तथा एसेम्बल गर्ने कृषि उद्यमीहरूलाई प्रोत्साहन, कृषि योग्य जमिनमा विद्युत् प्रसारण लाइनको व्यवस्था गर्ने नीति लिएको छ। निर्यात प्रवर्द्धनका लागि निर्यातजन्य बाली तथा वस्तु उत्पादन गर्ने स्थानीय तहमा उत्पादन भएको उपजको प्राङ्गारिक वा गुणस्तर प्रमाणीकरणका लागि लाग्ने खर्चमा स्थानीय तहबाट ७५ प्रतिशत अनुदान दिने भएको छ। निर्यातजन्य कृषिबाली वस्तुको उत्पादन तथा प्रशोधनमा असल अभ्यास अवलम्बनका लागि विशेष कार्यक्रम, निर्यातजन्य बाली तथा वस्तुको स्थानीय तहको पहिचान समेत कायम हुने गरी ब्राण्डिङ, निर्यातजन्य बाली तथा वस्तु उत्पादन गर्ने उत्पादकहरूका लागि ढुवानी अनुदान दिने जनाएको छ।

कृषि बजारीकरणको लागि उत्पादन योजना र बजार योजना सहितको साना कृषि बजार पूर्वाधारको विकास, कृषि उत्पादन योजना सहितको उत्पादन तथा प्राथमिक प्रशोधनको कार्यक्रम सञ्चाालन गर्ने भएको छ।  

प्रमुख कृषि उपजको न्यूनतम मूल्य निर्धारण तथा न्यूनतम समर्थन मूल्यमा खरिद गरी बिक्रीवितरणको व्यवस्था, उत्पादनपछिको क्षति कम गर्न गोदाम घर निर्माण, ग्रेडिङ तथा प्याकेजिङका संरचनाको स्थापना, दुई वा दुईभन्दा बढी स्थानीय तहहरूले आपसी साझेदारीमा कृषि बजारको स्थापना गर्ने संकल्प पत्रमा उल्लेख छ।

कृषि उद्यमशीलता विकास गर्न विभिन्न प्याकेज ल्याउने दाबी गरेको छ। कृषि उद्यम विकास सेवा केन्द्र स्थापना, नाफामूलक कृषि उद्यम विकास योजना निर्माणमा सहयोग, उत्पादन, प्रशोधन, लजिष्टिक व्यवस्थापन, बजारीकरण तथा प्राविधिक सेवा आदिमा प्रोत्साहन, कृषि उद्यमशीलता विकासमा नव प्रवर्तकहरूलाई प्रोत्साहन, प्राविधिक सेवा तथा बजारीकरणमा विद्युतीय सूचना प्रवधि प्रयोगमा प्रोत्साहन, कृषिमा आधारित उद्योग स्थापनालाई प्रोत्साहन गर्ने कार्यक्रम छ।

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रले महत्वपूर्ण योगदान गर्दै आएको स्मरण गरेको छ। कृषि क्षेत्रको उत्थानका लागि हुँदै आएका प्रयत्नहरू पर्याप्त नभएको हुँदा कृषि उत्पादन तथा उत्पादकत्वको कमी आएर कृषि उपजहरूको दिनानुदिन आयात बढ्दै गएको कांग्रेसको निष्कर्ष छ।  

मूलतः किसान कल्याण, सामूहिक प्रयासबाट प्राप्त हुने खाद्य तथा पोषण सुरक्षा, कृषि उद्यम तथा उद्योगको विकास, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन र वातावरण तथा जैविक विविधताको संरक्षण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्ने जनाएको छ। विविधिकरण, व्यावसायीकरण र औद्योगिकीकरणका माध्यमबाट किसानको आम्दानी वृद्धि, खाद्य तथा पोषण सुरक्षा र आत्मनिर्भर कृषि क्षेत्र नै अबको मार्गचित्र भएको दाबी गरेको छ।

पूर्वाधार निर्माणका योजनालाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। सडक, हवाई, रेल, जल, ऊर्जा र डिजिटल सञ्जालमा बहुपक्षीय लगानी जुटाइ, झन्झटिला ऐन, नियम, प्रक्रियाहरूमा समय तोकेरै शृङ्खलावद्ध सुधार गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

समग्र उत्पादनको लागत घटाउने, तुलनात्मक लाभका क्षेत्रहरूलाई प्रतिस्पर्धी बनाउँदै वर्षेनि अधिकतम संख्यामा सम्मानजनक रोजगारी सिर्जना गर्ने नीति लिने जनाएको छ।

कांग्रेसले मितव्ययिताको नीति लिने जनाएको छ। मध्यकालीन खर्च संरचनामार्फत बजेट र खर्चको व्यवस्थापन गर्ने, स्थानीय तहको राजस्वलाई ‘सूत्र’ प्रणालीमा आवद्ध गर्ने, कानूनले व्यवस्था गरे बमोजिम स्थानीय तहको लेखा समिति निर्माण र सबलीकरण गर्ने दाबी गरेको छ।  

आन्तरिक नियन्त्रण संरचनाको सशक्त कार्यान्वयन गर्ने, वित्तीय विवरणको शुद्धता र विश्वसनीयता अभिवृद्धि गर्दै आवधिक रूपमा सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ। आर्थिक सुशानका लागि सार्वजनिक खरिद कानूनको पालनाको लागि स्थानीय तहमा नियमावली तयार गरी खरिद कानूनको मर्मबमोजिम कार्य गर्ने गराउने, लेखापरीक्षण, बेरुजु फर्छ्याैट र बेरूजु उपर कारबाही गर्ने कानून र संयन्त्र बनाइ लागू गर्ने उल्लेख छ।
अर्को समाचार
आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६ औँ योजना ल्याउन सुझाव
२४ भदौ २०८०
•
२ मिनेट पाठ
आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६ औँ योजना ल्याउन सुझाव
आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ। सोह्रौँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयबारे परिसङ्घले गरेको अध्ययनसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगलाई पेस गर्दै यस्तो सुझाव दिएको हो।




परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई परिसङ्घको सुझाव हस्तान्तरण गरे। सो अवसरमा अध्यक्ष अग्रवालले १६औँ योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगहरूका लागि जग्गाको सिलिङ तोक्न नहुने, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन ‘मेक इन नेपाल स्वदेशी अभियान’को प्रवर्द्धन गरिनुपर्ने उनले बताए।

यसैगरी, गुणस्तरीय पूर्वाधार विकासका लागि न्यून बोलकबोललाई आधार मानेर आयोजना दिन नहुने, सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गरिनुपर्ने, नेपालको निर्यात प्रवर्द्धन गर्न विभिन्न मुलुकसँग दोहोरो करमुक्त सम्झौता गर्नुपर्ने, रोजगारमूलक सीप विकासलाई उच्च प्राथमिकतामा राख्न परिसङ्घले सुझाव दिएको छ।

परिसङ्घको सुझाव ग्रहण गर्नुहुँदै योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले नयाँ आवधिक योजनामार्फत सरकारको नीति उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित हुन खोजेको बताए। उत्पादन बढेमात्रै आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन सकिने भएकाले आगामी योजना यसमै केन्द्रित हुने उनको भनाइ छ।  

सरकारी नीति तथा योजना बनाउँदा निजी क्षेत्रको समेत प्रभावकारी सहभागिता खोजिएकाले १६औँ योजना तर्जुमा गर्दा नेपाल उद्योग परिसङ्घले मेहनतका साथ अध्ययन गरेर दिएको सुझाव महत्त्वपूर्ण हुने बताए।  

नयाँ आवधिक योजनाबारे परिसङ्घले अध्ययन गरेरै योजना आयोगले माग गरेको ढाँचामा १४ वटा परिच्छेदमा ४९ पृष्ठको विस्तृत सुझाव आयोगसमक्ष पेस गरेको हो। सुझाव हस्तान्तरण कार्यक्रममा आयोगका सदस्य डा रामकुमार फुयाँल, सचिव डा. तोयनारायण ज्ञवाली, परिसङ्घका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस