काठमाडौं- युरोपेली जहाज निर्माता कम्पनी एयरबसले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका महत्वपूर्ण दुई विभागको व्यवस्थापन सम्हाल्ने प्रस्ताव गरेको छ। एयरबसले निगमको अपरेसन र इन्जिनियरिङ विभागको व्यवस्थापन आफूले सम्हाल्ने प्रस्ताव गरेको हो। निगमले झन्डै तीन दशकपछि खरिद गरेका दुई नयाँ जहाज एयरबसमै उत्पादन भएका हुन्। १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुई जहाज निगमले हालै एयरबससँग खरिद गरेको थियो।
निगमको महाप्रबन्धकमा हालै नियुक्त भएका सुगतरत्न कंसाकारले 'अन्तर्राष्ट्रिय उडानका लागि भविष्यमा एयरबसका जहाजमात्र प्रयोग गर्ने' घोषणा गरेका थिए। उनकै भनाइ 'पछ्याउँदै' एयरबसले निगमका ती दुई विभागको सबै व्यवस्थापन सम्हाल्ने प्रस्ताव गरेको हो।
'एयरबसले हाम्रो अपरेसन र इन्जिनियरिङ विभागको सम्पूर्ण व्यवस्थापन सम्हाल्ने प्रस्ताव गरेको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बिहीबार नागरिकसँग भने, 'उसको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं। यसबारे छलफल गरी केही दिनभित्रै एयरबसलाई जवाफ दिने छौं।'
एयरबसभन्दा अघि २०७० फागुन पहिलो साता जर्मनीको सरकारी वायुसेवा कम्पनी लुफ्थान्सा एयरलाइन्सको सहायक कम्पनी लुफ्थान्सा कन्सल्टिङले निगमको सम्पूर्ण व्यवस्थापन जिम्मा लिने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो।
उक्त प्रस्तावबारे पर्यटन मन्त्रालयले कसरी अगाडि बढ्न सकिन्छ र के गर्दा उपयुक्त होला भन्दै २०७१ फागुन १५ मा निगम सञ्चालक समितिसँग राय मागेको थियो। समितिले दुई सातापछि लुफ्थान्सा कन्सल्टिङको प्रस्तावमा सैद्धान्तिक सहमति जनाएको थियो।
त्यसपछि निगमले आफ्नो व्यवस्थापन विदेशी कम्पनीलाई सम्हाल्न दिन 'ग्लोबल टेन्डर' आह्वान गर्ने तयारी तीव्र गतिले अगाडि बढाएको छ। यसका लागि 'रिक्वेस्ट फर प्रपोजल' (आरएफपी) को काम भइरहेको निगमले जनाएको छ।
अहिले एयरबसको पनि प्रस्ताव आएपछि निगम व्यवस्थापन यसमा कसरी अगाडि बढ्ने भन्ने छलफल गरिरहेको सम्बद्ध एक अधिकारीले जानकारी दिए।
ती अधिकारीका अनुसार एयरबससँग खरिद गरिएका दुई नयाँ जहाज उडाउन एयरबसको फ्रान्सस्थित मुख्यालयमा तालिम लिन गएका निगमका केही पाइलट असफल भएपछि अपरेसन (सञ्चालन) विभाग हेर्ने प्रस्ताव आएको हो।
'एयरबसले चालक दल (क्रु) लाई कसरी चुस्त र दक्ष बनाउने भन्ने योजना बनाउनेदेखि सुधारका सुझावसमेत दिने प्रस्ताव गरेको छ,' उनले भने, 'इन्जिनियरिङ विभागको हालत पनि त्यस्तै भएका कारण एयरबसको प्रस्ताव आएको हो।'
त्यसैगरी एयरबसले निगमका जहाजको स्पेयर पार्ट्स व्यवस्थित गर्ने, लाइन मेन्टिनेन्स, प्रमुख र ठूला नियमित मर्मत (मेजर सि–चेक) कुन बेला, कहाँ, कतिबेला, कति खर्चमा गर्ने लगायत योजनासहित इन्जिनियरिङ विभागलाई कसरी चुस्त बनाइ अगाडि बढ्ने भन्ने प्रस्ताव पेस गरेको हो।
'एयरबसले अपरेसन र इन्जिनियरिङबारे गहन र विस्तृतमा अध्ययन गरी निगमलाई सुझाव दिने जनाएको छ,' अर्का एक अधिकारीले भने, 'यसका लागि एयरबसले आवश्यक रकम पनि प्रस्ताव गरेको छ तर यो अतिगोप्य भएकाले सार्वजनिक गर्न मिल्दैन।'
यसअघि लुफ्थान्सा कन्सल्टिङले निगमको सञ्चालन (अपरेसन), बजारीकरण (मार्केटिङ) र इन्जिनियरिङ विभाग हेर्ने र यसका लागि उसले निश्चित रकम दिनुपर्ने प्रस्ताव गरेको थियो। लुफ्थान्सा एयरलाइन्सकै अर्को सहायक कम्पनी लुफ्थान्सा एभिएसन क्यापिटलसँग साझेदारी गरेर लुफ्थान्सा कन्सल्टिङले निगमको व्यवस्थापन हेर्ने प्रस्ताव गरेको थियो। एयरबसले भने बजारीकरण (मार्केटिङ) विभागमा चासो दिएको छैन।
लुफ्थान्साको प्रस्तावअनुसार पहिलो चरणमा निगमको वर्तमान कार्यसञ्चालन सम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गर्ने र त्यसलाई विश्लेषण गरिने छ। यो कामका लागि २ लाख ९५ हजार युरो (त्यसबेलाको ३ करोड १२ लाख ७० हजार रुपैयाँ) निगमबाट पाउनुपर्ने छ।
त्यसैगरी निगमले गर्ने कुल आम्दानीको दुई प्रतिशत हिस्सा परामर्श शुल्कका रूपमा लिन पाउनुपर्ने सर्त पनि उसको छ। यो हिसाबमा लुफ्थान्सा कन्सल्टिङले सन् २०१५ मा ३५ लाख अमेरिकी डलर (करिब ३ करोड ५० लाख रुपैयाँ) पाउने छ किनकि निगमले यो वर्ष १७ करोड ५० लाख डलर (करिब १७ अर्ब ५० करोड रुपैयाँ) आम्दानी गर्ने लक्ष्य लिएको छ।
त्यस्तै २०१६ मा ४२ लाख डलर (करिब ४ करोड २० लाख रुपैयाँ) परामर्श शुल्क लिने छ। त्यसबेला निगमको लक्षित आम्दानी २१ करोड डलर (करिब २१ अर्ब रुपैयाँ) रहने छ।
लुफ्थान्सा कन्सल्टिङले तीन चरणमा निगमको व्यवस्थापन हेर्ने गरी प्रस्ताव पेस गरेको थियो। तीन चरणका लागि चार वर्षसम्म काम गर्ने, पहिलो दुई वर्षभित्र चारवटा 'न्यारो बडी' जहाज थप्ने पनि उसको प्रस्तावमा उल्लेख छ।
लुफ्थान्सा कन्सल्टिङले तेस्रो चरणमा निगमको पुनर्संरचना गर्ने प्रस्ताव गरे पनि विस्तृतमा केही उल्लेख भने गरेको छैन।
निगमको व्यवस्थापन विदेशी कम्पनीलाई दिन लागिएको यो पहिलो पटक भने होइन। यसअघि ४५ वर्षअघि सन् १९७० मा फ्रान्सको सरकारी वायुसेवा कम्पनी एयर फ्रान्सले निगमको सम्पूर्ण व्यवस्थापन सम्हालेको थियो। एयर फ्रान्सले जिम्मेवारी लिएको दुई वर्षमा निगमले अमेरिकी जहाज निर्माता कम्पनी बोइङद्वारा उत्पादित 'बि७२७' सिरिजको दुई जहाज खरिद गरेको थियो। त्यही वर्षबाट निगम जेट इन्जिन जहाजमा प्रवेश गरेको थियो। तीन वर्ष व्यवस्थापन जिम्मा लिएपछि एयर फ्रान्स फिर्ता गएको थियो।