काठमाडौं- पटक–पटक लागत र समय थपिँदै आएको १४ मेगावाटको कुलेखानी तेस्रो जलाशय जलविद्युत आयोजनाको लागत ५ अर्ब रुपैयाँ नाघ्ने भएको छ। यो सुरु लागतको करिब १ सय ६ प्रतिशत बढी हो।
३ वर्ष ८ महिनामा २ अर्ब ४३ करोड रुपैयाँमा पूरा गर्ने गरी २०६४ चैतमा सिभिल निर्माण सुरु भएको थियो। अहिलेसम्म ३ पटक म्याद र १ अर्ब ७९ करोड रुपैयाँ लागत थपिएको छ।
थपिएको समय र लागतमा आयोजना पूरा नहुने देखिएपछि पुनः ९ महिना र करिब १ अर्ब रुपैयाँ थपिने निश्चित भएको छ। सिभिल ठेकेदार सिनो हाइड्रो कर्पोरेसनले ११ महिना समय थप्न प्रस्ताव गरे पनि नेपाल विद्युत प्राधिकरणले ९ महिना थप्ने तयारी गरेको छ।
म्याद थप्ने प्रस्तावबारे सञ्चालक समितिमा छलफल भइरहेको उत्पादन निर्देशनालयका उप–कर्यकारी निर्देशक शेरसिंह भाटले बताए। 'सिभिल निर्माणको म्याद थप्ने प्रस्ताव आएको छ, छलफल जारी रहेकाले निर्णय भइसकेको छैन,' उनले भने, 'कति थप्ने भन्ने छैन, तर समय नथपी आयोजना पूरा हुँदैन।'
पछिल्लोपटक थपिएको समयमा काम नसकिने देखिएपछि पुनः थप्न सिफारिस गरिएको निमित्त आयोजना प्रमुख सञ्जिवबहादुर मल्लले बताए। '९ महिना अर्थात चैतसम्म समय थप्न प्रस्ताव गरिएको छ, त्यति समय थपेर पनि आयोजना पूरा हुँदैन,' उनले भने, 'थप लागतको अनुमान गरिएको छैन, तर ५ अर्ब रुपैयाँ नाघ्न सक्छ।'
सन् २०११ यता थप रकमबाहेक सिभिल ठेकेदारले २२ करोड रुपैयाँ बढी दाबी गरेको छ। विद्युतगृहमा पानी खसाल्ने ठाडो सुरुङमा आएको समस्या र इलेक्ट्रो तथा हाइड्रो मेकानिकल ठेकेदारले समयमा काम नगर्दा लागत र समय थपिँदै गएको मल्लले बताए।
हालसम्म करिब ८० प्रतिशत काम सकिए पनि बाँकी कहिले पूरा हुन्छ, अझै अनिश्चित छ। राजनीतिक र स्थानीय हस्तक्षेप, अनुगमनमा ऊर्जा मन्त्रालयको उदासिनता र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल ठेकेदारको लापरबाहीले आयोजना ढिलो भएको हो।
हाइड्रो तथा इलेक्ट्रो मेकानिकल (विद्युतीय उपकरण आयात र जडान) को ठेक्का पाएको चीनको झेजियाङ जिनलुन इलेक्ट्रो मेकानिकल कम्पनीले समयमा काम नगर्दा सबैभन्दा बढी समस्या देखिएको छ।
'जिनलुनसँग ठेक्का तोडेर अर्को प्रक्रियामा जान सकिन्छ, तर यसो गर्दा लागत अझ थपिन्छ,' मल्लले भने, 'ऊसँग ठेक्का तोडेर सिभिल ठेकेदारमार्फत बाँकी काम गर्न सकिन्छ, तर यसका लागि उच्च तहबाट पहल गर्नुपर्छ।'
ढिलो काम नगरेबापत गत वर्ष असारदेखि दिनको ४ लाख रुपैयाँ जरिवाना (लिक्विडेसन चार्ज) तिराउँदा पनि जिनलुनले कामलाई तीव्रता दिएको छैन। उसले गत वर्ष असार १४ सम्म सम्पूर्ण काम सक्नुपर्थ्यो।
सुरुमा २०६८ मंसिरमा आयोजनाको सम्पूर्ण निर्माण पूरा गर्ने लक्ष्य थियो। पहिलो सम्झौता सकिनासाथ समयमा काम गर्न नपाएको, भुक्तानी नपाएकोलगायत समस्या देखाएर सिभिल ठेकेदारले एकतर्फी ठेक्का तोडेको थियो।
प्राधिकरणले ठेकेदार फकाएर ३० महिनामा काम सक्ने गरी २०६८ फागुनमा दोस्रोपटक सम्झौता गरेको थियो। उसले २०७१ भदौमा काम सक्नुपर्थ्यो, तर इलेक्ट्रो तथा हाइड्रो मेकानिकल ठेकेदारले काम नगरेपछि सिभिल निर्माणको समय १० महिना थपियो।
अब थपिने ९ महिनामा पनि आयोजना नबन्ने भएपछि यसको प्रतिमेगावाट लागत करिब ३६ करोड रुपैयाँभन्दा बढी पुग्ने देखिएको छ। इन्जिनियरिङ अध्ययनअनुसार प्रतिमेगावाट लागत १५ देखि २० करोड रुपैयाँ हुने गर्दछ।
आर्थिकरुपमा सम्भाव्य नदेखिएको भन्दै सुरुमै यो आयोजना नबनाउन सुझाव दिए पनि राजनीतिक र तत्कालीन प्राधिकरणका उच्च अधिकारीको दबाबमा आगाडि बढाइएको थियो। झन्डै ८ वर्षमा पनि १४ मेगावाटको आयोजना नबन्नुले यसमा राजनीतिक दल, प्राधिकरणका कर्मचारी, ठेकेदार र दलाल हाबी हुँदै गएको प्रस्ट देखिएको छ।
मन्त्रालयको कडा अनुगमनमा ठेकेदार पूर्णरुपमा खटिए दुई महिनामा काम सकिने, तर यसतर्फ मन्त्रालयले वास्तै नगरेको आयोजनाका कर्मचारीको तर्क छ। 'प्राधिकरणका एक अधिकारीले भने, 'नियम कानुन मिचेर कर्मचारी सरुवा गर्नमा ऊर्जामन्त्रीको ध्यान जान्छ, तर रुग्ण आयोजना छिटो पूरा गर्नेमा चासै छैन।'
आयोजना समयमा पूरा गर्न मन्त्रालय, मन्त्री तथा सरकारले बेवास्ता गर्दै आएको छ। यसमा प्राधिकरणबाट पनि उचित सहयोग नपाएको भन्दै यसअघिका आयोजन प्रमुख मधुसूदन प्रताप मल्लले राजीनामा दिएका थिए।
सिभिल निर्माणतर्फ अहिलेसम्म करिब ९० प्रतिशत काम सकिएको छ। हाइड्रो तथा इलेक्ट्रो मेकानिकलको झन्डै ४० प्रतिशत काम बाँकी छ। 'दिनरात खटिएर काम गरेमात्र छिटो बिजुली उत्पादन हुन सक्छ। यही अवस्थामा त्यो सम्भावना देखिँदैन,' आयोजनाका प्रमुख लेखा अधिकृत खुसमणि ढकालले भने।
इलेक्ट्रो मेकानिकल ठेकेदारलाई कुल ठेक्का रकमको ०.०५ प्रतिशत जरिवाना तिराउँदै आएको छ। तर, उसले प्राधिकरण मात्रै होइन सरकारलाई नै टेरेको छैन। सम्झौतामा कम्पनीले समयमा काम गर्न नसके ठेक्का रकमको १० प्रतिशतसम्म जरिवाना तिराउन सकिने प्रावधान छ।
प्राधिकरणले जिनलुनसँग भ्याटबाहेक ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सिभिल ठेकेदारलाई हालसम्म पाँचवटा भेरिएसन (थप रकम) बापत हालसम्म १६ करोड रुपैयाँ भुक्तानी दिइएको छ।
सुरुको परामर्शदाता डब्लुआरसी सिल्ट हेडकोसँग सम्झौता तोडिएपछि १७ महिनासम्म अर्को परामर्शदाता नियुक्त नहुँदा लक्ष्यअनुसार काम हुन नसकेको प्राधिकरणका अधिकारीको तर्क छ। आयोजनामा हालसम्म साढे ३ अर्ब रुपैयाँ खर्च भइसकेको छ।
सिभिल ठेकेदारसँग दोस्रोपटक सम्झौता हुँदा उसलाई बढी समय लागेको र अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य बढेकाले मासिक ५१ लाख रुपैयाँका दरले १५ करोड ३० लाख रुपैयाँ 'प्रोलंगेसन कस्ट' भुक्तानी गरेकाले पनि आयोजना महँगो भएको प्राधिकरण अधिकारी बताउँछन्।