जलविद्युतमा निजी क्षेत्र अगाडि
०३ साउन २०७२
•
८ मिनेट पाठ
जलविद्युतमा निजी क्षेत्र अगाडि
काठमाडौं- लगानीमैत्री वातावरण अभाव एवं प्रतिकूल अवस्थामा पनि मुलुकभर करिब २ हजार मेगावाट बराबरका जलविद्युत आयोजना निर्माण भइरहेका छन्।

निर्माणमा देखिएको समस्या सम्बोधन गरी तोकिएको क्षेत्रमा प्रसारण लाइन निर्माण गर्न सके आउँदो ५ देखि ८ वर्षभित्र यी आयोजनाबाट बिजुली उत्पादन हुनेछ। विभिन्न जिल्लामा बनिरहेका केही आयोजना निर्माणको अन्तिम चरणमा छन्। कतिपय क्षेत्रमा प्रसारण लाइन निर्माण निश्चित नहुँदा वित्तीय व्यवस्थापन भए पनि निर्माणमा जान सकेका छैनन्।

अहिलेसम्म निर्माणमा गएका आयोजनामा निजी क्षेत्रको लगानी सबैभन्दा बढी छ। निर्माणाधीन १ हजार ९ सय ६३ मध्ये १ हजार ६४ मेगावाटका आयोजना निजी क्षेत्रले निर्माण गरिरहेका छन्। सरकार तथा नेपाल विद्युत प्राधिकरणले १ सय ३६ मेगावाटका ४ आयोजना निर्माण गरिरहेको छ भने यसैको सहायक कम्पनीमार्फत ७ सय ६३ मेगावाटका ५ आयोजना निर्माणाधीन छन्।

पछिल्लो करिब १० वर्षमा प्राधिकरणले कुनै आयोजनाको निर्माण पूरा गर्न सकेको छैन। निजी क्षेत्रले साना आयोजना निर्माण गरेर पनि केन्द्रीय प्रणालीमा योगदान पुर्याोइरहेको निजी क्षेत्रको दाबी छ। निजी क्षेत्र महŒवपूर्ण अंग भएर काम गर्दासमेत यसतर्फ सरकारले चासो नदिएको जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले बताए।

प्राधिकरणले ६० मेगावाट माथिल्लो त्रिशूली–३ 'ए', ३० मेगावाट चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना निर्माण १० वर्षदेखि निरन्तर रहे पनि अ्कझैसम्म पूरा गर्न सकेको छैन। तर, यो वर्षभित्र कुलेखानी र चमेलियाको निर्माण सकिने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए।

'दुवै आयोजनामा अहिले कुनै समस्या छैन, निर्माण सुचारु छ,' उनले नागरिकसँग भने, 'चैतसम्म कुलेखानी पूरा हुन्छ, त्यो बेलासम्म चमेलिया पनि सकिन्छ।' प्राधिकरणका अनुसार हालसम्म कुलेखानी ७५ र चमेलियाको ९५ प्रतिशत काम सकिएको छ।

प्राधिकरणले चालु वर्षको अन्त्यसम्म दुवै आयोजना पूरा हुने दाबी गरे पनि ठेकेदार, प्राधिकरण र सरकारकै कारण आयोजना तोकिएको समयमा बन्ने सम्भावना न्युन देखिएको छ। उसका सहायक कम्पनीले बनाइरहेका माथिल्लो तामाकोसीलगायत आयोजनाको प्रगति सकारात्मक छ।

माथिल्लो तामाकोसी सहित दोलखामा अहिलेसम्म सबैभन्दा बढी ५ सय १३ मेगावाटका आयोजना निर्माणाधीन छन्। यस्तै, निर्माणाधीन पश्चिममा कास्की, लमजुङ, पर्वत, म्याग्दी, बागलुङलगायत क्षेत्रमा मात्र करिब ३ सय ४४ मेगावाट बराबरका आयोजना निर्माण भइरहेका छन्। यस्तै नुवाकोट र रसुवामा मात्र ४ सय ८६ मेगावाटका आयोजना बन्दै छन्। तर, त्यस क्षेत्रमा सरकारले प्रसारण लाइन निर्माण अझैसम्म सुरु गरेको छैन।

सहायक कम्पनीका आयोजना समयमा बने पनि उत्पादित बिजुली प्रसारण तथा वितरण गर्ने प्रसारण लाइन निर्माण सुरु हुन सकेको छैन। सबैभन्दा बढी आयोजना निर्माण गरिरहेको निजी क्षेत्रले प्रसारण लाइन र निर्माण क्षेत्रमा स्थानीयबाट समस्या झेलिरहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का अध्यक्ष खड्गबहादुर विष्टले बताए।

'निजी क्षेत्र सरकारको महŒवपूर्ण पाटो हो, तर सरकारले कहिल्यै पनि सकारात्मक दृष्टिकोण राखेको छैन,' उनले भने, '१० वर्षमा सरकारी निकायबाट एउटा आयोजना पनि नबन्दा निजी क्षेत्रकै योगदानले विद्युत संकट न्यून गर्न सहयोग पुगेको छ।'

आगामी वर्षको बजेट तथा कार्यक्रममा समेत सरकारले निजी क्षेत्रलाई उपेक्षा गरेको विष्टले बतए। 'ऊर्जा क्षेत्रका लागि ५१ अर्ब रुपैयाँभन्दा बढी बजेट छुट्ट्याएको सरकारले निजी क्षेत्रमा हौसला जगाउने कुनै कार्यक्रम ल्याएन,' उनले भने। निजी उत्पादकले लामो समयले माग्दै आएको भ्याट छुटमा समेत सरकार मौन बसेको उनको तर्क छ।

सरकारले चालु वर्षको बजेटमा २०७४/०७५ सम्म विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ भ्याट छुट दिने घोषणा गर्योु,' प्रधानले भने, 'यसपालि पनि सुविधा दिने भनेर दोहोर्यााइएको छ, तर यस्तो आश्वासनले निजी क्षेत्रलाई झन निरुत्साहित गरेको छ।'

सरकारले वार्षिक करिब १३ अर्ब रुपैयाँको बिजुली भारतबाट आयात गर्ने गरेको छ। तर, निजी क्षेत्रलाई सुविधा तथा सहुलियत दिएर आयोजना निर्माणमा ध्यान दिन नसकेको उनले आरोप लगाए। 'भारतबाट किन्ने बिजुलीभन्दा सस्तोमा विद्युत खरिद सम्झौता (पिपिए) गर्ने र केही सुविधा दिए, निजी क्षेत्रले ५ वर्षमा ५ सय मेगावाट बिजुली उत्पादन गर्न सक्छ,' उनले भने।

निर्माणाधीन आयोजनाका आधारमा जलविद्युत उत्पादनमा सरकार तथा प्राधिकरणको तुलनामा निजी क्षेत्र सबल र सक्षम हुँदै आएको छ। निजी क्षेत्रलाई अनुमतिपत्र बाँड्ने र सुविधा थप्ने काममात्र नगरी सरकारले आफ्ना निकायलाई पनि सक्षम बनाउनुपर्ने खाँचो देखिएको यस क्षेत्रका विश्लेषकको धारणा छ।

सरकार र निजी क्षेत्रको योगदान समान भएमात्र जलविद्युत विकासले गति लिने सरोकारवाला बताउँछन्। यद्यपि, सरकारले निजी क्षेत्रलाई आयोजना निर्माणमा सुविधा दिने, लगानीमैत्री वातावरण तयार गर्ने र प्रभावकारी नियमन तथा अनुगमनको गर्दा यो क्षेत्रमा निजी क्षेत्रको लगानी पर्याप्त वैदेशिक लगानी आउने सम्भावना देखिन्छ।
अर्को समाचार
नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार
२० वैशाख २०७६
•
८ मिनेट पाठ
नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार
काठमाडौं– नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन्। सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत आयात गर्ने विषयलाई नीतिगत रुपमा नै समावेश गरेकाले निजी क्षेत्र तयार देखिएको हो।

नेपालमा ऊर्जा उत्पादनको प्रचूर सम्भावना रहेको र बङ्गलादेशलाई विद्युत् आवश्यक भएकाले एक अर्काले मिलेर काम गर्न सके दुवै देशले फाइदा लिन सक्ने देखिएको छ। दुई देशबीचमा सरकारी स्तरमा नै संयुक्त संयन्त्रसमेत गठन भएको र त्यसको नियमति छलफल तथा विचार आदानप्रदान भइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले गत भदौमा बङ्गलादेशको भ्रमण गरेको र बङ्गलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालको भ्रमणसमेत गरिससकेका थिए।

सरकार–सरकार, सरकार–निजी क्षेत्र तथा निजी–निजी क्षेत्र मिलेर संयुक्त रुपमा काम गर्न सक्ने संयन्त्रको खोजी भइरहेका बेला स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)को प्रतिनिधिमण्डलले हालै बङ्गलादेशको भ्रमण गरेको थियो। पछिल्लो समयमा भारत सरकारले अन्तरदेशीय विद्युत आदानप्रदान सम्बन्धमा गुरुयोजना कार्यान्वयनमा ल्याएको तथा त्यसलाई कार्यक्रमसमेत बनाइसकेको सन्दर्भमा त्यसबाट नेपाल र बङ्गलादेशले फाइदा लिनुपर्नेमा इपानले जोड दिएको छ।

इपानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शैलेन्द्र गुरागाइँले हाल नेपाल विद्युत प्राधिकरणले नै गरेको विद्युत खरीद सम्झौता गरेकै मूल्यका आधारमा नौ हजार मेगावाट विद्युत बिक्री गर्ने वातावरण बनेको खण्डमा मात्रै रु तीन खर्ब ६० अर्ब बराबरको वार्षिक आम्दानी हुने जानकारी दिए।

उनले भने ‘माग गर्नेले देऊ भनेको र दिने अवस्थामा हामी रहेकाले सार्थक वातावरण बनाएर अगाडि बढ्नुपर्छ। सरकारले विशेष ध्यान दिनुपर्छ।’ नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)लगायतका संयन्न्त्र प्रयोग गरेर भएपनि एकअर्काको बीचमा सहयोग आदानप्रदान तथा लगानीको वातावरण बनाउनुपर्नेमा इपानले जोड दिएको छ।

लगानी सहजीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सहसचिवको नेतृत्वमा एकल बिन्दु सेवा केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिदैं इपानका अध्यक्ष गुरागाइँले सम्झौता गरेर बस्ने अवस्था नभएकाले थप सहजीकरण गर्नुपर्ने बताए।

बङ्गलादेशले नेपालबाट विद्युत आयात गर्ने, संयुक्त लगानी गर्ने उपयुक्त अवसरको खोजी गरिरहेको जानकारी दिँदै इपानका उपाध्यक्ष कुमार पाण्डेले राज्य संयन्त्रले चासो दिएको खण्डमा नेपालको व्यापार घाटा पनि कम हुने र लगानीको वातावरण पनि बन्ने बताए।

यस्तै बङ्गलादेश सरकारले ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले लगानी गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५ सय मेगावाट विद्युत् लैजाने विषयमा प्राविधिक तयारीसमेत अन्तिम चरणमा पु-याएको नेपाली प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो। बङ्गलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदलगायत उच्च सरकारी टोलीले एकाध दिन भित्रै कर्णालीको विद्युतको विषयमा आवश्यक निर्णय हुने जानकारी इपानको प्रतिनिधिमण्डललाई गराएको थियो ।

यस्तै नेपालमा लगानीका अवसर खोज्दै बङ्गलादेशका उद्योगी तथा व्यवसायी निकट भविष्यमा नै नेपाल भ्रमणमा आउने तयारीमा रहेको छ। प्रसारण लाइन निर्माणका लागि सरकारीस्तरमा नै तीन देशका बीचमा छलफल र विचार आदानप्रदान जरुरी रहेको भन्दै त्यसको वातावरण नेपाल र बङ्गलादेशले बनाउनुपर्नेमा समेत बङ्गलादेश सरकारको जोड रहेको छ। पछिल्लोपटक भारत सरकारले सार्वजनिक गरेको अन्तरदेशीय विद्युत व्यापार तथा ऊर्जा आदानप्रदानका लागि अङ्गीकरका गरेको नीतिलेसमेत विद्युत व्यापारको वातावरण बनेको छ।

सरकारले गत चैत १५ र १६ गते आयोजना गरेको लगानी सम्मेलनमा नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने उत्सुकता देखाएका लगानीकर्तालाई समेत थप प्रोत्साहन गर्न सकिनेछ। इपानले भारत सरकारको पछिल्लो सहज नीतिका कारण भारतीय भूमि प्रयोग गरेर प्रसारण लाइन निर्माण गर्न सकिने र सरकारीस्तरमा समझदारी भए निजी क्षेत्रले पनि प्रसारण लाइन निर्माण गर्न सकिने अवस्थाको सिर्जना भएको इपानका उपाध्यक्ष पाण्डे बताउँछन्।

इपानले नेपाल र बङ्गलादेशबीचको ज्वाइन्ट वर्किङ ग्रुप र ज्वाइन्ट स्टेरिङ कमिटीको बैठकमा नेपालको निजी क्षेत्रबाट उत्पादित विद्युत बङ्गादेश निर्यात गर्नेसम्बन्धी प्रस्ताव अगाडि बढाउन र विद्युत निर्यातसम्बन्धी आफ्नो स्पष्ट अवधारणा ल्याउन तथा भारतमा प्रसारण लाइन प्रयोगका लागि सम्बन्धित पक्षसँग वार्ता अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ। नेपाली प्रतिनिधिमण्डलले बङ्गादेशको ऊर्जा राज्यमन्त्री, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष, ऊर्जा नियमन आयोगका अध्यक्ष, सरकारी स्वामित्वमा रहेको पूर्वाधार विकास कम्पनी, निजी ऊर्जा उत्पादक कम्पनी परामर्श सेवामा संलग्न कम्पनीसँग लगानीका विविध आयामका बारेमा छलफल गरेको थियो। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस