फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिने तयारी
०५ साउन २०७२
•
९ मिनेट पाठ
फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिने तयारी
काठमाडौं-सरकारले काठमाडौं–तराई मधेस फास्ट ट्र्याक निर्माणको जिम्मा भारतीय आइएल एन्ड एफएसलाई दिने तयारी गरेको छ। विस्तृत आयोजना अध्ययन (डिपिआर) को जिम्मा पाएको कम्पनीलाई नै निर्माणको जिम्मा दिन लागिएको हो।




सरकारले करिब ५ महिनाअघि सम्झौता गर्दा कम्पनीलाई डिपिआरको जिम्मामात्र दिन लागिएको बताएको थियो। निर्माणको जिम्मासमेत अहिले उसैलाई दिन लागिएको मन्त्रालय स्रोतले नागरिकलाई बतायो। कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई डिपिआर बुझाउँदै भ्याट र मर्मत खर्चबाहेक यसको निर्माण लागत करिब १ खर्ब ३० अर्ब रुपैयाँ निकालेको छ।

भारतमा समेत विवादित कम्पनीलाई फास्ट ट्र्याक दिन नहुने र स्वेदशी लगानीबाट बनाउनुपर्ने बहस तथा छलफल हुँदै आए पनि ५ वर्षको निर्माण अवधिसहित ३० वर्षलाई आयोजना दिन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। फास्ट ट्र्याकमा कम्पनीले २० प्रतिशत अर्थात २ अर्ब ६० करोड रुपैयाँसम्म स्वपुँजी लगानी गर्ने र बाँकी सरकारले सहुलियत ऋण दिने तयारी गरेको मन्त्रालय स्रोतले बतायो।

'कम्पनीले करिब ६० अर्ब रुपैयाँबराबरको रकम सहुलियत ऋण मागेको छ,' स्रोतले भन्यो, 'सरकारलाई सडक आवश्यक छ, वार्षिक १२ देखि १५ अर्ब रुपैयाँ दिनु ठूलो कुरा होइन।' सरकारले कम्पनीलाई सहुलियत ऋण दिँदा खासै समस्या नहुने मन्त्रालयका अधिकारीको धारणा छ।

मन्त्रालयकै केही अधिकारी भने आइएल एन्ड एफएसलाई फास्ट ट्र्याक बनाउन दिन नहुने अडानमा छन्। 'वार्षिक करिब २० अर्ब रुपैयाँ छुट्ट्याएर सरकारले नै ५ वर्षमा यो आयोजना बनाउन सक्छ,' मन्त्रालयका एक उच्च अधिकारीले भने।

कम्पनीले १ खर्ब ३० अर्ब रुपैयाँको लागत निकाले पनि भ्याट र मर्मत खर्चसमेत जोडेर ३ खर्ब १७ अर्ब रुपैयाँसम्म पुग्ने देखाएको छ। एसियाली विकास बैंक (एडिबी) ले २००८ मा गरेको अध्ययनमा आयोजनाको लागत ७४ अर्ब रुपैयाँ अनुमान गरेको थियो। आयोजना सन् २०१४ मा निर्माण सुरु गरे लागत ८७ अर्ब र सन् २०२१ सम्म आयोजना पूरा भए ९० अर्ब रुपैयाँभन्दा बढी नहुने निचोड निकालिको थियो।

आइएल एन्ड एफएसले भने आयाोजनाको लागत एडिबीको अनुमानभन्दा करिब ४० अर्ब रुपैयाँ बढी निकालेको छ। कम्पनीले निकालेको लागतमा मूल्य अभिवृद्धि कर (भ्याट) र २५ वर्षसम्मको आवधिक मर्मत खर्च जोडिएको छैन। उक्त खर्चसमेत जोड्दा लागत करिब २ खर्ब रुपैयाँ नाघ्ने मन्त्रालयका अधिकारीले दाबी गरेका छन्।

डिपिआरको मूल्यांकन र कम्पनीसँगको छलफल एकसाथ भइरहेकाले आउँदो दुई हप्तामा आयोजना उसलाई दिने–नदिने टुंगो लाग्ने भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताए। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित आयोजना सहजीकरण समितिले फास्ट ट्र्याक सोही कम्पनीलाई दिन मन्त्रिपरिषदमा सिफारिस गर्नेछ।

'कम्पनीले निकालेको औसत लागत हो, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा र नआउँदा लागत बढ्न सक्छ,' उनले नागरिकसँग भने, 'उक्त कम्पनीले नै निर्माणको जिम्मा पाए २५ वर्षसम्म उसैले सवारी टोल तथा आम्दानी उठाउँछ।'

सरकारले भारतीय कम्पनीलाई आयोजना निर्माणको जिम्मा नदिए उसले डिपिआर तयार पारेबापतको पैसा तिर्नुपर्नेछ। सम्झौता हुँदा उसले निःशुल्क डिपिआर बनाइदिने भनिएको थियो। डिपिआरको रकम नदिए उक्त अध्ययन प्रतिवेदन सरकारमा हस्तान्तरण हुने छैन।

७ वर्षअघि कोरियन कम्पनीले तयार पारेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डिपिआर सरकारले अझैसम्म हात पारेको छैन। उक्त कम्पनीले विमानस्थल आफैंले निर्माण गर्न पाउनुपर्ने, नत्र ६० करोड रुपैयाँ दिएमात्रै डिपिआर उपलब्ध गराउने बताउँदै आएको छ।

आन्तरिक वित्तीय अवस्था अध्ययन नगरी सरकारले भारतीय कम्पनीसँग फास्ट ट्र्याकको सम्झौता गरेकाले अब स्वदेशी लगानीमा बनाउने सम्भावना नरहेको पूर्वसचिव विरेन्द्रबहादुर देउजाले बताए। 'निर्माणको सम्झौता गर्दा सरकार तल पर्ने गरी गर्नु हुन्न, सम्झौता गर्दा न्यूनतम राजस्वको जिम्मा कम्पनीले पनि लिने प्रवधान राख्नुपर्छ,' उनले भने, 'सवारी र आम्दानीको ग्यारेन्टी सरकारले लिनु राम्रो हुँदैन।'

कम्पनीको लापरबाहीका कारण न्यूनतम सावरी साधन गुड्न सकेनन् वा आम्दानी भएन भने सरकारले ठूलो रकम क्षतिपूर्ति दिनुपर्ने देउजाले बताए। निर्माण सञ्चालन र स्वामित्व हस्तान्तरण (बुट) मोडलमा फास्ट ट्र्याक सम्भाव्य नहुने विश्लेषकको तर्क छ।

आयोजनाका लागि वार्षिक २० अर्ब रुपैयाँ सरकारले नै जोहो गर्न सक्ने हुँदा सरकारी लगानीमा बन्न सक्ने पूर्वाधारविज्ञ सूर्यराज आचार्यले बताए। 'कानुनी प्रक्रिया वा बुट मोडलअनुसार भारतीय कम्पनीलाई दिन लागिएको छ,' उनले भने, 'सरकारले व्ययभार बोक्ने गरी निर्माण सम्झौता गर्न हुँदैन।'

डिपिआर बनाउने जिम्मा दिइएको भने पनि आइएल एन्ड एफएसले फास्ट्र ट्र्याक आफैंले निर्माण गर्न पाउनुपर्ने तर्क गर्दै आएको छ। साथै उसले यसमा न्यूनतम सवारीको ग्यारेन्टी सरकारले लिनुपर्ने र त्यो नपुगे वर्षको २५ अर्ब क्षतिपूर्ति तिर्नुपर्ने प्रस्ताव राखेको छ। १७ वर्षअघि दाताकै सहयोगमा आयोजना बनाउने योजना बनेको थियो। तर, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको तर्क र विवादका कारण आयोजना अगाडि बढ्न सकेको थिएन।

आइएल एन्ड एफएसको लागतमै आयोजना बनाउँदा सञ्चालन अवधिसम्म राज्यले उल्टै ८ खर्ब ६४ अर्ब रुपैयाँ तिर्नुपर्ने भौतिक मन्त्रालयकै अधिकारी बताउँछन्। सन् २००८ को एडिबीको अध्ययनमा दैनिक ९ हजार सवारी गुड्ने अनुमान छ।

सरकारद्वारा गठित उच्चस्तरीय समितिले सन् २०१० मा गरेको अध्ययनले भने दैनिक ५ हजार सवारी गुड्ने देखाएको छ। 'फास्ट ट्र्याक आयोजना' आफैंले सन् २०११ मा गरेको अध्ययनमा उक्त मार्गमा दैनिक ३ हजारमात्र सवारी गुड्ने उल्लेख छ। कति सावरी फास्ट ट्र्याकका लागि सम्भाव्य हो भन्ने अहिलेसम्म प्रस्ट छैन।
अर्को समाचार
नाकाबन्दी खोल्न फास्ट ट्रयाक भारतलाई दिने तयारी
१९ असोज २०७२
•
४ मिनेट पाठ
नाकाबन्दी खोल्न फास्ट ट्रयाक भारतलाई दिने तयारी
काठमाडौं-भारतले गरेको नाकाबन्दी खोल्ने अस्त्रका रुपमा सरकारले काठमाडौं–तराई फास्ट ट्र्याक भारतीय आइएल एन्ड एफएस कम्पनीलाई दिने तयारीका साथ प्रधानमन्त्री निवास बालुवाटारमा विभागीय मन्त्री र प्रमुख तीन दलको बैठक सुरु भएको छ।




राज्यलाई खर्बौं रुपैयाँ व्ययभार पर्ने गरी अहिलेकै प्रक्रियामा उक्त कम्पनीलाई आयोजना दिन नहुने सार्वजनिक रुपमा विरोध भइरहँदा प्रमुख तीन दलको सहमतिमा निर्णय गर्न लागिएको हो । फास्ट ट्र्याकबारे अहिलेसम्मको प्रगतिबारे प्रस्तुती गरी छलफल गरिने बैठकमा जानुअघि आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बताए।

'आयोजनाको प्रस्तुती भएपछि विस्तृत छलफल तथा प्रश्न राखिनेछ,' उनले नागरिकसँग भने, 'छलफलपछि उक्त कम्पनीलाई दिन हुने वा नहुने भन्ने निर्णय हुनेछ।' सरकारका अन्य मन्त्रीले विरोध गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधी र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उक्त कम्पनीलाई दिनुपर्नेमा जोड दिँदै आएका छन्।

सरकारले भारतीय कम्पनीलाई १५ अर्ब रुपैयाँ अनुदान, ९० अर्ब रुपैयाँ सहुलियत ऋण र न्युनतम सवारी ग्यारेन्टी गरेर उक्त आयोजना दिने तयारी गरेको छ। यसरी दिँदा २५ वर्षमा सरकारले ८ खर्ब ७० अर्ब रुपैयाँ तिर्नुपर्छ। जुन नेपालको एक आर्थिक वर्षको बजेटबराबर हो।

भारतीय कम्पनीले निर्माण सम्पन्न भएको पहिलो वर्ष नै ४५ हजार १७ कार (पर कार युनिट–पिसियु) गुड्नुपर्ने र उक्त संख्या नपुगे सरकारले त्यसको क्षतिपूर्ति तिर्नुपर्ने प्रस्ताव राखेको छ। यसरी आम्दानी ग्यारेन्टीको जिम्मा लिँदा २५ औं वर्षमा सरकारलाई ८ खर्ब ७० अर्ब रुपैयाँ नोक्सान पर्छ।

आयोजना निर्माण सकिएपछि पहिलो वर्ष सरकारले ग्यारेन्टी गरेको १ करोड ६४ लाख ४१ हजार ३ सय २२ र हरेक वर्ष बढ्दै गई २५ औं वर्षमा २ करोड ४७ लाख ४९ हजार ६ सय ७९ पुग्ने अध्ययनमा उल्लेख छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको जानकारीअनुसार अहिले नागढुंगा र फर्पिङबाट गरी दैनिक ८ हजार ६ सय ६८ सवारी आवागमन हुन्छ। यसैका आधारमा प्रस्तावित सवारी कुनै हालतमा नपुग्ने हुँदा सोझै राज्यको ढुकुटीबाट वार्षिक अर्बौ रुपैयाँ कम्पनीलाई तिर्नुपर्ने देखिन्छ।

भारतले गरिरहेको नाकाबन्दी फुकाउन पनि यो सडक दिन लागिएको एक उच्च स्रोतले नागरिकलाई बतायो। 'फास्ट ट्र्याक भारतीय कम्पनीलाई दिए नाकाबन्दी खोलिदिने भारतीय पक्षको प्रस्तावकै विषयमा बालुवाटारमा छलफल भइरहेको छ,' स्रोतले भन्यो। यसरी राज्यलाई नोक्सान पर्ने गरी आयोजना दिन नहुने भन्दै पूर्वमुख्य सचिव लीलामणि पौडेलले समेत निरन्तर खबरदारी गर्दै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस