काठमाडौं- सरकार र वैदेशिक रोजगार व्यवसायीबीचको द्वन्द्वले नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाका यात्रु ठूलो मात्रामा घट्दा सरकारलाई आउने राजस्वमा भारी गिरावट आएको छ। भूकम्पपछि पर्यटक आगमनमा भएको गिरावटले पनि यसमा उल्लेख्य भूमिका खेलेको छ।सरकारले मलेसिया र खाडी क्षेत्रका ६ मुलुकमा नेपाली कामदार पठाउँदा टिकट र भिसा शुल्क उतैबाट बेहोर्नुपर्ने नियम लागू गरेपछि वैदेशिक रोजगार व्यवसायी दुई सातादेखि विरोधमा छन्। उनीहरूले सरकारको विरोधमा नेपालबाट कामदार नपठाउँदा दैनिक १ हजार ५ सय हाराहारी बिदेसिने हवाई यात्रुमध्ये निकै घटेका छन्।
नेपाल आउने विदेशी पर्यटक घटेर यसै पनि हवाई यात्रु कम भएका बेला यस विषयमा टुंगो लाग्न नसक्दा नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले आफ्ना उडान आधाभन्दा बढी कटौती गरिसकेका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पनि एक तिहाइमात्र यात्रु हुने गरेका छन्।
नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन 'बोर्ड अफ एयरलाइन रिप्रेजेन्टेटिभ इन नेपाल' (बार्न) ले तयार पारेको प्रतिवेदनअनुसार श्रम तथा रोजगारी मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीचको विवाद सुल्भि्कनुको सट्टा झने बल्भि्कँदै गएका कारण यो क्षेत्रबाट नेपाल सरकारले पाउने राजस्व ६७ प्रतिशतले घटिसकेको छ।
'गत मार्च महिनामा मात्र सरकारी राजस्वमा ६७ प्रतिशतको गिरावट आएको थियो,' बार्नका एक पदाधिकारीले उक्त प्रतिवेदन उल्लेख गर्दै बिहीबार नागरिकसँग भने, 'दुईबीचको विवाद तुरुन्त सम्बोधन नभए यो दर बढेर ८० प्रतिशतभन्दा माथि पुग्ने निश्चित छ।'
प्रतिवेदनअनुसार हवाई इन्धन बिक्री गर्ने एकमात्र सरकारी कम्पनी नेपाल आयल निगमको बिक्री यो क्षेत्रबाट ३२ प्रतिशतले घटेको छ। गत वैशाख ७ मा आयल निगमले ४ लाख ८ हजार १ सय ९२ किलो इन्धन बिक्री गरेको थियो। त्यसपछि जेठ १ मा बिक्री बढेर ४ लाख २३ हजार ५ सय ४१ किलो पुगेको थियो।
'तर, असार २५ मा आइपुग्दा बिक्री ३२ प्रतिशतको उल्लेख्य दरमा ह्वात्तै घटेर २ लाख ७७ हजार ४ सय ३२ किलोमा झरेको थियो,' प्रतिवेदनमा उल्लेख छ, 'यसबाट सरकारी कोषमा नजानिँदो किसिमको असर परेको छ।'
त्यसैगरी अर्को प्रमुख संस्था नेपाल पर्यटन बोर्डको आम्दानी पनि नाजुक अवस्थामा पुगको छ। गत मार्चमा नेपाल भ्रमण सकेर आफ्नो देश फर्कन लागेका ७१ हजार १ सय २५ अन्तर्राष्ट्रिय पर्यटकबाट बोर्डले ८ करोड ३ लाख ७१ हजार २ सय ५० रुपैयाँ आम्दानी गरेको थियो। बोर्डले नेपालबाट फर्कंदा प्रतिपर्यटक १ हजार र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत गरी १ हजार १ सय ३० रुपैयाँका दरले पर्यटन शुल्क उठाउँदै आएको छ।
बोर्डको यस्तो आम्दानी मे महिनामा आइपुग्दा झन्डै आधाले घट्न पुग्यो। मेमा ४० हजार ८ सय १५ पर्यटकबाट बोर्डले ४ करोड ६१ लाख २० हजार ९ सय ५० रुपैयाँ प्राप्त गरेको थियो। यो भनेको अघिल्लो वर्ष यही महिनाको दाँजोमा ४३ प्रतिशतले कम हो।
'जुन महिनामा आइपुग्दा स्थिति भयावह भएको थियो। त्यसबेला २३ हजार २ सय ६३ पर्यटकबाट पर्यटन बोर्डले २ करोड ६२ लाख ८७ हजार १ सय ९० रुपैयाँमात्र आम्दानी गर्न सकेको थियो,' बार्नको प्रतिवेदनमा उल्लेख छ, 'यो आम्दानी भनेको अघिल्लो वर्षको जुन महिनाको तुलनामा ६७ प्रतिशतले कम हो।'
उता राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको हालत पनि आयल निगम र पर्यटन बोर्डको भन्दा फरक छैन। गत मार्च १५ देखि २१ भित्र निगमले २ सय ४९ अन्तर्राष्ट्रिय जहाजलाई 'ग्राउन्ड ह्यान्डलिङ' सेवा दिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने अन्तर्राष्ट्रिय जहाजमध्ये एयर इन्डिया र थाई एयरवेजबाहेक सबैलाई निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा दिने गर्छ।
प्रतिवेदनअनुसार गत जुन ९ देखि १५ भित्र निगमले १ सय ७३ अन्तर्राष्ट्रिय जहाजलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिएको थियो। यो भनेको अघिल्लो वर्षको दाँजोमा ३२ प्रतिशतले कम हो। त्यसैगरी जुलाईको ९ देखि १५ भित्र १ सय ५२ अन्तर्राष्ट्रिय जहाजलाई मात्र विमानस्थलमा सेवा दिएको थियो। 'यो परिमाण भनेको अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतको उच्च गिरावट हो,' प्रतिवेदनमा छ।
त्यस्तै गत अप्रिल २४ अघि १ सय ३२ अन्तर्राष्ट्रिय जहाजबाट वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ प्रतिउडान औसत ३ हजार ७ सय ५० अमेरिकी डलरका दरले ५ लाख डलर (५ करोड रुपैयाँ), आयल निगमले इन्धन शुल्कवापत प्रतिउडान औसत १८ हजार डलरका दरले २३ लाख ७५ हजार डलर (२३ करोड ७५ लाख रुपैयाँ) पाएको थियो।
अप्रिल २५ पछि ९१ जहाजबाट वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ शुल्क ३ लाख ४० हजार डलर (३ करोड ४० लाख रुपैयाँ) तथा आयल निगमले इन्धन शुल्कवापत १६ लाख ५० हजार डलर (१६ करोड ५० लाख रुपैयाँ) आम्दानी गरेको थियो। त्यसैगरी जुलाई ६ पछि वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ आम्दानी घटेर ८० जहाजबाट जम्मा ३ लाख डलर (३ करोड रुपैयाँ) तथा आयल निगमको आम्दानी घटेर इन्धन बिक्रीवापत १४ लाख ५० हजार डलर (१४ करोड ५० लाख रुपैयाँ) मा झरेको थियो।
प्रतिवेदनअनुसार जुलाई ६ पछि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका यात्रु उल्लेख्य दरमा घटेका छन्। ओमान एयरको ५० प्रतिशत, ड्रागन एयर ६०, थाई एयरवेज ६५, कतार एयरवेज ७५, फ्लाइ दुबई ६०, एयर एसिया एक्स ३५, इन्डिगो ६० र एयर अरेबियाका यात्रु ७० प्रतिशतले घटेका छन्।
त्यस्तै जेट एयरवेजको ५०, कोरियन एयर ८०, मलेसिया एयरलाइन्स ५५, इतिहाद एयरवेज ७५, मालिन्दो एयर ४५ र एयर इन्डियाको यात्रु संख्या औसत ४५ प्रतिशतले घटेका छन्।