काठमाडौं- केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिपछिको दुई दिनमा सेयर बजार मापक नेप्से परिसूचक ९०.८७ अंकले बढेको छ। मौद्रिक नीति सार्वजनिक भएकै दिन बिहीबार ४०.३ अंकले बढेको परिसूचक आइतबार ५०.५७ अंकले बढ्यो।
मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको चुक्तापुँजी निकै बढाउनुपर्ने बाध्यात्मक प्रावधान केन्द्रीय बैंकले राखेपछि ती कम्पनीको सेयर उच्च दरमा बढ्दा समग्र परिसूचक उकालो लागेको हो। सेयरको माग अत्यधिक भएकाले सोमबार पनि सूचक बढ्ने अनुमान गरिएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष नरेन्द्रराज सिजापतिले बताए। 'लगानीकर्ताले माग गरेजति सेयर (आइतबार) नपाएपछि खसीको मासु भाग लगाएजस्तै सेयर पनि भागवन्डा गर्नुपर्यो ,' उनले भने।
माग गरेजति सेयर नपाएपछि लगानीकर्ताले ब्रोकरसँग झगडा समेत गरेको सिजापतिले बताए। माग उच्च र आपूर्ति कम हुँदा नेपाल स्टक एक्सचेन्जले उच्च गतिमा रहेको गाडी नियन्त्रण गर्न ब्रेक लगाएजस्तै सर्किट ब्रेक लगाउनु परेको थियो। आइतबार नेप्सेमा तीनपटक सर्किट ब्रेक लाग्यो। बजारमा उछाल आएपछि नियन्त्रण गर्न सर्किट ब्रेक लगाउनुपरेको नेपाल स्टक एक्चेन्जले बताएको छ।
बजार खुलेको १६ मिनेट नबित्दै परिसूचक ३ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेर १५ मिनेटको लागि स्थगित भएको थियो। १२ बजेर ३१ मिनेटमा खुलेको बजार १० मिनेट नबित्दै ४ प्रतिशतले बढेर फेरि दोस्रो सर्किट ब्रेक लाग्यो। त्यसपछि, १ बजेर १४ मिनेटमा परिसूचक ५ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लाग्यो। त्यसपछि बजार बन्द भयो।
नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल २०६४ सालमा धितोपत्र बोर्डको अध्यक्ष हुँदा नेप्सेले उच्च रेेकर्ड बनाएको थियो। अहिले उनले नै गभर्नरको रुपमा चालेको कदमले पहिलेको रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गर्ने सम्भावना बढेको सिजापतिले बताए। 'त्यतिबेला नेप्से परिसूचक १ हजार १ सय ७५ अंकमा पुगेको थियो,' उनले भने, 'अहिले त्यो रेकर्डलाई उछिनेर नयाँ कायम हुने संकेत देखिएको छ।'
तर यो उछाल धेरै दिन नटिक्ने अनुमान छ। बोनस वा हकप्रद सेयर पाइने आसमा लगानीकर्ताले सेयर किन्न थाल्दा एक–दुई दिन बजार बढेको हो। यो धेरै दिन नटिक्ने सेयर विश्लेषक कुमारकेशर विष्ट बताउँछन्। 'नेप्सेको वृद्धि दिगो हुने सम्भावना छैन,' उनले भने।
यस्तोमा बोनस र हकप्रद सेयरबाट फाइदा हुने लोभमा सेयर किन्ने साना लगानीकर्ता फस्ने र ठूलाले फाइदा उठाउन सक्ने विश्लेषक बताउँछन्। 'अहिले जसरी बढेको छ, कुनै दिन त्यसरी नै घट्ने छ,' उनले भने।
साना लगानीकर्ताका लागि यो अवस्था जोखिमपूर्ण छ। 'ठूलाले बढ्दो मूल्यमा केही सेयर किनिदिन्छन् अनि साना 'अब बजार बढ्ने भो' भनेर किन्न थाल्छन्, त्यही मौकामा ठूलाले बेच्न थाल्छन्,' सिजापतिले भनेे, 'यस्तोमा भाउ स्वाट्टै घटेर साना फस्न सक्छन्।' पत्रपत्रिकामा मूल्य हेरेर सेयर बढ्न थाल्यो भन्दै अन्तिम दिन किन्न आउनेहरु फस्ने सम्भावना बढी हुने उनले बताए।
आइतबार नेप्से परिसूचक १ हजार ५३.९५ बिन्दुमा पुगेको छ। कारोबारमा आएका सबै कम्पनीको परिसूचक बढेपछि नेप्से बढेको हो। दिगो रुपमा बजार नबढेकोले कुनै पनि बेला उच्च दरमा गिरावट आउन सक्ने विश्लेषकको भनाइ छ।
आइतबार कारोबारमा आएका १ सय १४ कम्पनीमध्ये सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ बाहेक अरु सबै कम्पनीको मूल्य बढेको छ। सनराइज, एनसिसी, प्राइम कमर्सियल, सिभिल, हिमालयन, प्रभु, एनआइसी एसिया, सिटिजन्स, ज्योति विकास, जनता, एभरेस्ट बैंक (कन्भर्टिवल), आइएलएफसी लगायत १२ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। दिनभरमा १० प्रतिशतभन्दा धेरैले मूल्य घट–बढ हुन पाउँदैन।
आइतबार ८ सय २ कारोबारमा १७ लाख ४ हजार कित्ता सेयर किनबेच भयो। कारोबार रकम पनि सामान्य दिनको भन्दा बढी हो। ३४ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ।
सेयर मूल्य धेरै बढ्ने कम्पनीमा अधिकांश बैंक, वित्तीय संस्था र केही इन्स्योरेन्स छन्। अरुण भ्याली, चिलिमे, सानिमा माई र नेसनल हाइड्रोपावरको मूल्य क्रमशः २४, ६२, २८ र ८ ले बढेपछि जलविद्युत समूहको परिसूचको बढेको छ।
बिमा समूहको परिसूचक पनि बढेको छ। सेयर मूल्य उच्च बढ्ने बिमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सको २ सय ९५ ले बढेको छ। विकास बैंक, अन्य, वित्त र होटल समूहको परिसूचक पनि बढेको छ।