'हड्ताल सकियो?' प्रधानमन्त्रीले सोध्नुभो-'लु अब वार्ता गरौँ।'
'किन गर्ने वार्ता? पूर्वप्रधानमन्त्रीले भन्नुभो-' अब वार्ता हुँदैन।'
'के हुन्छ त?' प्रधानमन्त्रीले भन्नुभो-'सहमतिको विकल्प छैन।'
'अब भण्डाफोर हुन्छ।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'पार्टीले यही निधो गरेको छ।'
'वार्ता गर्दै नगर्ने?'प्रधानमन्त्रीले सोध्नुभो-'त्यसो भए के गर्ने त?'
'गर्ने।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'तपाईसँग चाहिँ नगर्ने।'

'कोसँग गर्ने त?' प्रधानमन्त्रीले भन्नुभो-'सरकार प्रमुख मै हुँ।'
'मालिकसँग गर्ने।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'नागरिक सर्र्वोच्चता उतै पुगेको छ।'
'कता पुगेको छ नागरिक सर्र्वोच्चता?' प्रधानमन्त्रीले भन्नुभो-'मैले कुरो बुझिन।'
'मालिकका देशमा।' पूर्वप्रधानमन्त्रीले जवाफ दिनुभो-'नागरिक सर्र्वोच्चता उता पुगेपछि उतै हुन्छ वार्ता।'
'भण्डाफोर चाहिं कता हुन्छ?' प्रधानमन्त्रीले सोध्नुभो-'यता कि उता?'
'भण्डाफोर चाहिँ यता।' पूर्वप्रधानमन्त्रीले प्रष्ट पार्नुभो-'वार्ता चाहिँ उता।'
'हडताल?' प्रधानमन्त्रीले सोध्नुभो-'हडताल पनि उतै गर्ने कि?
'उता हडताल गर्न मिल्दैन।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'हडताल चाहिँ यतै गर्नुपर्छ।'
'किन यस्तो?' प्रधानमन्त्रीले सुझाव दिनुभो-'वार्ता र हडतालको फ्युजन गर्नोस्, वार्ता उता गर्ने हो भने हडताल पनि उतै गर्नोस्।'
'मिल्दैन।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'मिल्नेसम्म गर्ने हो।'
'कोसिस गर्नोस्।' प्रधानमन्त्रीले आग्रह दोहोर्याउनुभो-'कठिन होला असम्भव त नहोला नि।'
'तपाईलाई एउटा प्रश्न सोधौँ?' पूर्वप्रधानमन्त्रीले अचानक भन्नुभो -'आखिर हामी केका लागि यसो गर्दैछौँ?'
'केका लागि?' प्रधानमन्त्रीले भन्नुभो-'मलाई जानकारी भएन।'
'नागरिक सर्वोच्चताका लागि।' पूर्वप्रधानमन्त्री हाँस्नुभो-'त्यति पनि थाहा छैन।'
'अब थाहा भयो।' प्रधानमन्त्रीले भन्नुभो-'तैपनि के चाहिँ थाहा भएन भने यता हडताल र उता वार्ता किन?'
'सन्तुलनका लागि।' पूर्वप्रधानमन्त्रीले प्रष्ट गर्नुभो-'यता हडताल उता वार्ता भएपछि रणनीतिक सन्तुलन कायम हुन्छ।'
'तपाई नागरिक सर्वोच्चता कायम गर्ने कि?' प्रधानमन्त्रीले सोध्नुभो-'रणनीतिक सन्तुलन कायम गर्ने?'
'नागरिक सर्वोच्चता।' पूर्वप्रधानमन्त्रीले जवाफ दिनुभो-'यसमा विवाद छैन।'
'त्यसो हो भने।' प्रधानमन्त्रीले पुनः प्रस्ताव राख्नुभो-'हडताल पनि उतै गर्नोस् वार्ता पनि उतै गर्नोस्।' सोध्नुभो-'त्यसो गरे कसो होला?'
'हुँदैन।' पूर्वप्रधानमन्त्रीले अडान दोहोर्याउनुभो-'नहुने भनेपछि हुँदैन हुँदैन।'
'म लचकदार ढंगले प्रस्तुत हुन्छु।' प्रधानमन्त्रीले भन्नुभो-'तपाईँ पनि लच्किनुस्।'
'तपार्इँ खोइ लच्केको?' पूर्वप्रधानमन्त्रीले प्रश्न गर्नुभो-'लच्केको ढंग यस्तै हो?'
'वार्ता उता गर्ने बारे म लच्किउंला।' प्रधानमन्त्रीले भन्नुभो-'हडताल यता नगर्ने बारे तपाईँ लच्किनुस्।'
'तपार्इँले कुरो तैपनि बुझ्नु भएन।' पूर्वप्रधानमन्त्रीले सोध्नुभो-'फेरि पनि म तपाइँलाई सम्झाउँछु हामीले यति गरेको केका लागि?'
'केका लागि?' प्रधानमन्त्रीले भन्नुभो-'मैले बिर्सिएँ।'
'नागरिक सर्वोच्चताका लागि।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'अब दोहोर्याएर नसोध्नु होला।'
'ठीकै छ यो प्रश्न नसोधौँला।' प्रधानमन्त्रीले भन्नुभो-'तैपनि एउटा प्रश्न बाँकी रहन्छ।'
'कुन प्रश्न?' पूर्वप्रधानमन्त्रीले आग्रह गर्नुभो-'झट्ट सोध्नोस्।'
'वार्ता उता गर्न मिल्ने हो भने।' प्रधानमन्त्रीले सोध्नुभो-'हडताल उतै गर्न किन नमिल्ने?'
'मिल्दैन।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'यसको विशेष कारण छ।'
'के छ विशेष कारण?'प्रधानमन्त्रीले सोध्नुभो-'त्यो पनि भन्नोस्।'
'मालिकका देशमा नागरिक सर्वोच्चता छ।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'हाम्रा देशमा छैन।'
पूर्वप्रधानमन्त्रीको जवाफपछि प्रधानमन्त्री नाजवाफ हुनुभो।
'जहाँ नागरिक सर्वोच्चता हुन्छ।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'त्यहाँ हामीले हडताल गर्न मिल्दैन।'
'त्यसो भए गर्नोस्।' प्रधानमन्त्री रिसाउनुभो-'जे मन लाग्छ त्यही गर्नोस्।'
'के गर्नु?' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'तपाईँ जे भन्नु हुन्छ त्यही गर्छु।'
'वार्ता।' प्रधानमन्त्रीले सोध्नुभो-'तपार्इँले मालिकसँग वार्ता गर्ने भन्नु भएको होइन?
'होइन।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'मैले कहिले त्यसो भने?'
'अहिले भरखरै।' प्रधानमन्त्रीले प्रष्ट पार्नुभो-'मेरै सामुन्ने।'
'होइन होला।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'मैले एक थोक भन्दा तपाईँले अर्कै थोक सुन्नु भयो होला।'
'अस्ति वानेश्वरमा नि।' प्रधानमन्त्रीले बताउनुभो-'त्यत्रा मान्छेका अगाडि भन्नु भएको होइन?'
'ए त्यो।' पूर्वप्रधानमन्त्रीले भन्नुभो-'जिस्केको पो त।' सोध्नुभो-'तपाईँ ठट्टा पनि बुझ्नु हुन्न?'