काठमाडौं- धान फल्ने प्रमुख जिल्लामा अहिलेसम्म आधा पनि रोपाइँ हुन नसक्दा यो वर्ष मुलुकले थप १४ अर्ब रुपैयाँ बराबरको धान आयात गर्नुपर्ने सरकारले प्रक्षेपण गरेको छ।धान उत्पादनमा प्रख्यात तराईका ८ जिल्लामा ५० प्रतिशतभन्दा कम रोपाइँ भएको सरकारी तथ्यांक छ। यसको असर कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्ने कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए। मुलुकको कुल गार्हस्थ उत्पादनमा झन्डै एक तिहाइ योगदान कृषि क्षेत्रको छ।
'यो बेला तराईका जिल्लामा ७० प्रतिशत रोपाइँ हुनुपर्ने हो,' उनले नागरिकसँग भने, 'तर अहिलेसम्म ३० देखि ४० प्रतिशतमात्र भएको छ।' रोपाइँ हुन नसकेकै कारण यो वर्ष थप १४ अर्ब रुपैयाँ बराबरको धान आयात गर्नुपर्ने सरकारी अध्ययनले देखाएको छ।
मन्त्रालयका अनुसार तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिलेसम्म ५० प्रतिशत पनि रोपाइँ भएको छैन। सरकारले यो वर्ष कुल ४० अर्ब रुपैयाँ बराबरको धान आयात गर्नुपर्ने अनुमान छ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा २४ अर्ब रुपैयाँको धान आयात भएको थियो। यस वर्ष थप १४ अर्ब रुपैयाँ गरी धानको आयात करिब ४० अर्ब नजिक पुग्ने प्रक्षेपण सरकारले गरेको छ। प्रवक्ता ठाकुरले सप्तरीमा २९, सिराहमा १८, धनुषामा २०, महोत्तरीमा २२, सर्लाहीमा ३५, रौतहटमा ३५, बारामा ५५ र पर्सामा ६० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए।
गत वर्ष सोही अवधिमा ७० प्रतिशत रोपाइँ सकिएको थियो। तराईका ८ जिल्लाले कुल धान उत्पादनमा ३० प्रतिशत योगदान गर्ने प्रवक्ता ठाकुरले जानकारी दिए। 'ती जिल्लामा अहिलेसम्म ५० प्रतिशत पनि रोपाइँ नहुँदा चामल संकट गहिरिने सम्भावना छ,' उनले भने, 'यस विषयमा सरकार कसरी अघि बढने भन्नेमा केही निर्णय भएको छैन।'
मन्त्रालयको तथ्यांकअनुसार अहिलेको रोपाइँ पछिल्लो तीन वर्षकै सबैभन्दा कम हो। पोहोर यतिबेलासम्म करिब ७० प्रतिशत सकिएको थियो। परार पनि सोही हाराहारी रोपाइँ भएको मन्त्रालयले तथ्यांक निकालेको छ।
यस वर्ष समयमा पानी नपर्दा रोपाइँ नभएको मन्त्रालयले बताएको छ। 'बर्खे धानमा लागि आकाशको पानी प्रमुख स्रोत हो,' उनले भने, 'यही बेला मौसमले धोका दिएकाले रोपाइँ नभएको हो।' धान उत्पादनका लागि प्रख्यात जिल्लामै रोपाइँ नहुँदा किसान चिन्तित छन्।
मन्त्रालयका अनुसार तराईका ८ जिल्लामा मात्रै ३ लाख २६ हजार ५ सय १ हेक्टरमा धानखेती हुन्छ। ४० प्रतिशतभन्दा बढीमा रोपाइँ हुन नसकेको मन्त्रालयको तथ्यांकले देखाएको छ। ठाकुरका अनुसार तराईमा अहिलेसम्म १ लाख १९ हजार ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।
भूकम्प प्रभावित जिल्लामा पनि रोपाइँ सन्तोषजनक छैन। ती जिल्लाबाट कुल धान उत्पादनमा ८ प्रतिशत हाराहारी योगदान हुन्छ।
भूकम्प प्रभावित दोलखामा ७५, काभ्रेमा ७५, भक्तपुरमा ८५, ललितपुरमा ९५, काठमाडौंमा ९०, नुवाकोटमा ५०, धादिङमा ६० प्रतिशत रोपाइँ सकिएको सरकारी तथ्यांक छ। पोहोर यो बेलासम्ममा ती जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको थियो। भूकम्प प्रभावित जिल्लाका किसानले धानको बिउ नराख्नु, सरकारले समयमा बिउ उपलब्ध नगराउनु र भएको ठाउँमा पनि समयमा पानी नपरेकाले खेत बाँझै भएको हो।
भूकम्प प्रभावित जिल्लाहरु उसै पनि खाद्य अभाव हुने सूचीमा छन्। त्यसमाथि यो वर्ष अधिकांश खेत बाँझै रहेकाले आगामी वर्ष समस्या अझ गहिरिने मन्त्रालयले अनुमान गरेको छ। धानको बिउ राख्ने बेला किसान दिनभर राहत कुर्न गएकाले पनि अहिले रोपाइँ हुन नसकेको हो। सरकारले भूकम्प प्रभावित जिल्लामा धानको बिउ बाँड्न ढिलो गरेकाले पनि समस्या बढाउन मद्दत पुग्यो।
धान दिवसका दिन असार १५ गते गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले काठमाडौं, गागलफेदीको सुवेदी गाउँमा आयोजना गरेको रोपाइँ महोत्सवका सहभागी।