चितवन- दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगले दूध उत्पादक किसानलाई दिने अतिरिक्त प्रोत्साहन रकम कटौती गरेका छन्। उनीहरुले भूकम्पको कारण देखाएर जेठदेखि प्रोत्साहन रकम कटौती गरेका हुन्।भरतपुर उपमहानगरपालिका स्तरीय सप्तकोसी दुग्ध उत्पादक सहकारी संघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य भागिरथ तिमिल्सिनाले भने, 'भुकम्प आए पनि दूधको उपभोक्ता मूल्य घटेको छैन। किसानले पाउने मात्रै कटौती गरियो। किसानलाई मर्कामा पारेर नाफा कमाउन व्यवसायीले यो जुक्ति लगाएका हुन्।'
उनका अनुसार सरकारले तोकेको मूल्यका अतिरिक्त चितवनमा डिडिसी र निजी डेरीले थप रकम दिँदै आएका थिए। दुग्ध उत्पादन व्यवसाय उन्मुख भएको चितवन लगायत केही जिल्लामा डिडिसीले लिटरमा डेढ रुपैयाँसम्म थप दिन्थ्योे। निजी डेरीहरुले एक रुपैयाँदेखि तीन रुपैयाँसम्म थप दिँदै आएका थिए।
किसानले एक लिटर दूधको सरदर ४० रुपैयाँ पाइरहेका छन्। 'यसमाथि पाउने थप रकमले किसानलाई साच्चिँकै प्रोत्साहित गरेको थियो। कटौती हुँदा समस्या पर्छ। पेसा छाड्नुपर्ने अवस्था आउँछ,' केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सल्लाहकार एकनारायण पौडेलले भने। डेरी उद्योगले उपभोक्ता मूल्य नघटाए पनि किसानलाई दिने मूल्य घटाएको उनको भनाइ छ।
पाउडर दूध उत्पादन गर्ने चितवन मिल्कले उत्पादन कटौती गरेसँगै अन्य डेरी उद्योगले पेल्न थालेको किसानले बताए।
'चितवन मिल्कले उत्पादन रोकेसँगै भूकम्पको बहानामा मूल्य कटौती गरियो। जेठ, असारमा जति दूध पनि खपत हुने बेलामा मूल्य घटाउनु, दूध कम लिन थाल्नु गम्भीर खतराको संकेत हो।' चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संकका उपाध्यक्ष बालकृष्ण उप्रेतीले भने। व्यवसायी अझै मूल्य घटाउने सोचमा रहेको र दूध पनि कम किन्ने बहाना खोजिरहेको उनको भनाइ छ।
केन्द्रीय संघले यो समस्याबारे दुग्ध विकास संस्थान र निजी डेरी एसोसिएसनलाई पत्र पठाएर किसानविरोधी काम नगर्न चेतावनी दिएको केन्द्रीय सदस्य तिमिल्सिनाले जानकारी दिए। 'हामी क्षेत्र क्षेत्रमा सल्लाह गर्दैछौं। त्यसपछि जिल्ला र केन्द्रमा दबाब दिन सुरु गर्छौं। किसान मर्नु भएन। सरकारले बेलैमा सोच्नु आवश्यक छ,' सप्तकोसी दुग्ध उत्पादक सहकारीका अध्यक्ष रत्नमणि न्यौपानेले भने।
पछिल्लो समय देशैभर दुग्ध व्यवसाय फस्टाएको छ। यसमा युवाको आकर्षण थपिएको छ। 'यो बेलामा सरकार गम्भीर भएन भने दुग्ध व्यवसाय घाटामा जाने, दूध नबिक्ने र युवा पलायन भएर फेरि बिदेसिने समस्या हाउन सक्छ। त्यसैले बेलैमा समाधान गर्नुपर्छ,' केन्द्रीय सल्लाहाकार पौडेलको सुझाव छ।
चितवनमा सहकारीमार्फत दैनिक दुई लाख लिटर दूध उत्पादन हुने जिल्ला उपाध्यक्ष उप्रेतीको भनाइ छ। जिल्ला संघका १ सय ५५ दुग्ध सहकारी आवद्ध भए पनि १ सय ४२ सहकारीले सक्रिय रुपमा दूधको कारोबार गर्दै आएका छन्। डिडिसीले पाँच सय लिटर दूध संकलन गर्ने सहकारीका किसानलाई प्रतिलिटर थप ५० पैसा प्रोत्साहन रकम दिने गर्छ।
त्यस्तै हजार लिटरसम्म दूध संकलन हुने सहकारीमा किसानले प्रतिलिटर एक रुपैयाँ र एक हजार लिटरभन्दा माथि दूध संकलन हुने सहकारीमा डेढ रुपैयाँ डिडिसीले प्रोत्साहन रकम दिन्छ। निजी डेरीले पनि सहकारीको क्षमता हेरेर लिटरमा एकदेखि तीन रुपैयाँसम्म प्रोत्साहन रकम दिने गरेका छन्। चितवनमा उत्पादन भएकोमध्ये ६५ प्रतिशत दूध निजी डेरी उद्योगमा खपत हुन्छ।