चितवन- खेमराज तिमिल्सिना चितवनका सफल गाईपालक हुन्। भरतपुर उपमहानगरपालिका वडा नं. २८ पटिहानी ब्रह्मपुरीमा रहेको उनको फार्ममा ३० वटा दुहुनासहित ८५ गाई छन्। २०५३ सालमा ३ वटा गाईबाट सुरु भएको व्यवसाय यसरी झांगिएला भनेर उनले पनि सोचेका थिएनन् तर बिस्तारै यही पेसाले उनलाई नाम र दाम दिएको छ।
'खर्च कटाएर वर्षमा १८ लाख रुपैयाँ हाराहारी दूधबाट कमाइ हुने गरेको छ,' तिमिल्सिनाले भने। यो हिसाबले महिनामा उनको डेढ लाख रुपैयाँ आम्दानी हुन्छ। उनको गाईफार्मबाट दिनमा ३ सय ५० लिटर दूध उत्पादन हुन्छ। दिनमै १२ हजार रुपैयाँ कमाइ हुने भए पनि अनेक खर्चका कारण बचत पाँच हजार रुपैयाँ हाराहारी हुने उनले बताए।
२०५३ सालमा जर्सी र होलिस्टिन जातका ३ वटा गाई ल्याएर तिमिल्सिनाले दूध व्यवसाय सुरु गरेका थिए। चार वर्षअघि पुसमा ८४ हजार रुपैयाँ हालेर एउटा गाई थप्नुबाहेक अरु सबै ती तीनवटाकै सन्तान हुन्। कृत्रिम गर्भाधानमार्फत उन्नत बाच्छी उत्पादन हुने गरेका छन्। गत वर्ष उनको गोठमा ४० वटा त बाच्छीमात्रै जन्मिए।
खेमराज कुनै बेला सरकारी जागिरे थिए। २०४८ सालमा सरकारी सेवामा प्रवेश गरेका उनी तथ्यांक कार्यालयमा सुपरभाइजरको जागिर खाएको एक वर्षपछि नै स्थायी भएका थिए तर सरकारी जागिरमा मन रमाएन। धान व्यापार र किराना पसल गर्दै उनले गाईपालनमा हात हाले।
उनले आधुनिक गाईगोठ बनाएका छन्। गोठ बनाउन मात्रै ३२ लाख रुपैयाँ खर्च भएको उनले बताए। पानी खाने ठाउँ स्वचालित छ। यसका लागि थप अढाइ लाख खर्च भएको छ। खेमराजले ११ लाख रुपैयाँ खर्च गरेर आफैँले दूध चिस्यान केन्द्र स्थापना गरेका छन्। एघार सय लिटर दूध अट्ने क्षमताको चिस्यान ट्यांकी छ।
आफूले उत्पादन गरेको साढे ३ सय लिटर दूधसहित गाउँलेको थप २ सय लिटर दूध पनि संकलन हुन्छ। गाई पालेर सामान्य निर्वाह पनि चल्न गाह्रो हुन्छ भन्ने समयमा सुरु गरेको पेसाले उनलाई राम्रो पहिचान दिएको छ। ब्रह्मपुरीमा रहेको उनको गाईगोठ हेर्न देशका विभिन्न भागबाट किसान समूह र सहकारी आउन थालेका छन्।
'नजिकैका आएका छन् वा कम समयमा यसो हेरेर फर्कने हुन् भने खासै शुल्क लिन्न, अलि लामो समयसम्म हेर्ने, कुरा बु‰न खोज्नेसँग ५ सयदेखि १ हजार रुपैयाँसम्म शुल्क लिने गरेको छु,' तिमिल्सिनाले भने। खेमराज इजरायल गएर गाईपालनसम्बन्धी पाँच दिने तालिम लिएका थिए। सोहीअनुसार गोठ निर्माण गरेकाले जान्न बु‰न धेरै आउने धेरै छन्।
उनले बैकबाट ऋण लिएरसमेत गोठमा लगानी गरेका हुन्। आफ्नै गोठमा उत्पादन हुने गरेकाले गाई किन्न भने खर्च गर्नु नपरेको उनले बताए। जागिर खाँदाखाँदै यो कामा लागेका उनले गाई पाल्न थालेको १३ वर्षपछि २०६६ सालमा पहिलोपटक तालिम लिएका थिए। उनले घाँस उत्पादनसम्बन्धी तालिम लिएका हुन्। भाइको एग्रोभेट पसल भएकाले उनलाई यो व्यवसायमा सहयोग पुगेको छ। उनले ३ बिघा जमिनमा गाईका लागि विभिन्न प्रकारका घाँस लगाएका छन्।
यो व्यवसायमा अझै फड्को मार्ने उनको सोच छ तर काम गर्ने सहयोगीहरुको अभावले सोचेजस्तो भएको छैन। 'परिवारले मात्रै धान्न सकिँदैन, काम गर्न सहयोगी राख्न पाइँदैन,' उनले भने। कहाँ काम गर्छस् भन्दा गोठमा गर्छु भन्नुपर्ने भएकाले धेरैले गाईफार्ममा काम गर्न रुचि नदेखाएको उनको अनुभव छ।
काम गर्ने सहयोगी मात्रै नपाउने समस्या होइन दाना, चोकर र औषधिको अत्याधिक मूल्यले पनि यो व्यवसाय गर्नेलाई प्रोत्साहित गर्न नसकेको उनले बताए। 'दाना चोकर साह्रै महँगो छ। मैदा मिलले पिठो मैदा उत्पादन गर्ने हुन्, चोकर मिल्काउनुपर्ने वस्तु हो तर गाईलाई खुवाउन थालेपछि गहुँभन्दा महँगो ३० रुपैयाँ किलो पर्छ,' तिमिल्सिनाले गुनासो गरे।
'मन लगाएर काम गर्नेलाई प्रोत्साहन गर्ने कमै छन्। आफूले मरिमेटेर काम गर्दा जे जति आर्जन भयो, त्यसबाट असन्तुष्ट नभए पनि यो काम सहज छैन,' तिमिल्सिनाले भने। आफ्नो कमाइ यही व्यवसायलाई फस्टाउने काममा लगानी गर्दै आएको र भविष्यमा पनि त्यसै गर्दै जाने उनले बताए।