चुनावी नारामा अल्झिएको बुटवलको मिनी मेलम्ची-झुम्सा खानेपानी
२६ वैशाख २०७९
•
५ मिनेट पाठ
चुनावी नारामा अल्झिएको बुटवलको मिनी मेलम्ची-झुम्सा खानेपानी
आयोजनाकालागि ल्याइएका गेटभल्व, एङ्गल, क्लायाम्प लगायतका सामाग्रीमा खिया लाग्दै फाइल तस्बिर:रेखा/नागरिक
२०५२  साल यताका सबैजसो निर्वाचनमा ठूला साना दलका  नेताहरुले मुख्य चुनावी नारा बनाउँदै आएपनि  बुटवलको खानेपानी समस्या वर्षेनी बढ्दो छ। बुटवलबासीले वर्षौदेखि हिउँदमा धारामा पानी नआउने बर्षा लागेपछि धमिलो पानी खानु पर्ने समस्या झैल्दै आएका छन्। गर्मी लागेसंगै बुटवलको दिपनगर,सुख्खानगर,बटौली,बेलबास लगायतका क्षेत्रमा धारामा पानी निकै कम आउँछ। वर्षा लागेपछि त्यही धारामा धमिलो पानी आउँछ।  




पश्चिम नेपालकै व्यापारिक केन्द्र बन्दै गएको बुटवल शहरमा निर्वाचनका बेला आकाशका जुनतारा झारिदिन्छु जस्तै गर्ने जनप्रतिनिधिहरु जितेर गएपछि आफनै सेवा सुविधामा लिप्त हुँदा आम नागरिकले शुद्ध पानी खान पाएका छैनन्। पानीको आशै आशमा जीवन बित्न थालेको गुनासो छ बुटवल सुख्खानगरकी पुनम रजालीको। गर्मी याममा ट्याङ्करको पानी किनेर गुजारा चलाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ। बुटवलबासीले यस्तो समस्या भोग्न थालेको दुइ दशक भयो।  

यो अवधिमा बुटवल क्षेत्रबाट खानेपानीकै नारा उछालेर एमाले नेता बिष्णु पौडेल तीन पटक चुनाव जिते सांसद,मन्त्री बने। २०६४ कै चुनावमा पौडेलले झुम्सा खानेपानी आयोजनामार्फत बुटवलबासीलाइ प्रयाप्त खानेपानी उपलब्ध गराउने  प्रतिबद्धता गरेका थिए। सांसद/मन्त्री बनेपछि उनी पटक/पटक अनुगमन निरीक्षणका नाममा त कहिले शिलन्यासका नाममा हुलका हुल कार्यकर्ता बोकेर आयोजना स्थलमा घुमफिर पनि गरे। तर आयोजना कार्यान्वयनकालागि ठोस पहल नगरेको भने अहिलेसम्म देखिएको छैन।  

२०७४ को निर्वाचनमा यही नारा लिएर चुनावी मैदानमा उत्रीएका एमालेका शिव सुवेदीले बुटवलको मेयरमा जिते। जनतासंग भोट माग्न जाँदा उनले दुइ बर्ष भित्रै झुम्साको पानी बुटवल ल्याउने बाचा गरेका थिए। तर पाँच वर्ष बित्दा न बुटवलबासीको मतले पटक पटक सांसद र मन्त्री बनेका पौडेलले समस्या समाधानमा चासो देखाए न मेयरमा जितेका सुवेदीले। २६ वर्षदेखि अलपत्र झुम्सा खानेपानी आयोजना अहिले पनि सुसुप्त अवस्थामै छ। निर्माण धिमा गतीमा।

खानेपानी संस्थान बुटवलका अनुसार यहाँ दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग छ। बितरण पुगनपुग २ करोड ४० लाख लिटर मात्रै छ। हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ। अहिले  १६ हजार धारामा  सो पानी आउँछ। हरेक वर्ष करिब एक हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ। त्यस बाहेक १९ वटा बोरिङ्ग मार्फत पनि पानी वितरण गरीएको छ। तर, तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमीन मुनीको पानीको सतह घट्दै जाँदा बोरिङ्गबाट पानी कम आउँछ। जसका कारण  बुटवलमा पानीको अभाव वर्षेनी चुलीँदो छ।

बुटवलको त्यही खानेपानी समस्या समाधान गर्ने उद्येस्यले २६ वर्षअघि  सिस्ने खानेपानी आयोजना सुरु भएको थियो। पाल्पाको झुम्सा स्थित सिस्ने खोलाबाट दैनिक ७ लाख लिटर पानी बुटवल ल्याउने योजना सहित २०५२/०५३ मा आयोजना सुरु भएको थियो।  

आयोजना सुरु भएको एक दशक पछि सिस्नेको पानीले बुटवलको माग धान्न नसक्ने ठहर गर्दै मुल फेरीयो। सिस्नेको सट्टा हालको तिनाउ गाँउपालिका ३ र ४ मा पर्ने  झुम्सा खोलाको फिरफिरे घाटबाट दैनिक ३ करोड २० लाख लिटर पानी बुटवल ल्याउने योजना सहित २०६४/२०६५ मा झुम्सा खानेपानी आयोजनामा परिमार्जित गरीयो।

यो आयोजनामा करोडौ रकम खर्च  भइसकेको छ। तर हालसम्म कुल आयोजनाको काम जम्मा ४.१६ प्रतिशत मात्रै भएको छ।  यो आयोजनामा एक दशक अघिनै मुहानमा बनाइएको बाँध ६ वर्षअघि बाढीले बगाइदियो। बाँध निर्माणको डिजाइन र प्राविधिक पक्ष कमजोर हुँदा ६ वर्षअघिको वर्षे बाढीले घोरबन्दिघाट नजिकै बनाइएको बाँध नै भत्किएको थियो। खानेपानी संस्थानकै कर्मचारीका अनुसार इन्जिनीयरिङ सर्भे बिनै बाढि र पहिरोको जोखीम स्थलमै निर्माण गरीएको बाँध बर्षाले भत्काइदिएको हो।  

लामो समय काम नहुँदा बिछ्याइएका पाइप फुटेर कामै नलााग्ने भएपछि ती फालीएका छन्।  १५ करोड बढीका संरचना त त्यसै खेर गएको आयोजनामा काम गरेका अधिकारीहरु बताउँछन्। बाँध निर्माणमा लापरबाहीसँगै पाइप खरिदमा समेत २५ करोडको भ्रष्टाचार भएको भन्दै २०७५ को वैशाखमा अख्तियारमा उजुरी परेको थियो। मुद्या परेसगै २५ करोडका २० इन्च र १० इन्चका पाइप झण्डै ६  वर्षदेखि शिवनगर जंगलमा अलपत्र छन्।  

हाल के हुँदैछ?

पछिल्लो पटक २०७७ जेठमा ड्याम निर्माणकालागि ठेक्का सम्झौता भएको थियो। आयोजनाका उपप्रमुख मन्दिप श्रेष्ठले ११ करोड लागतमा ड्याम निर्माणको काम सकिएको बताए। ड्यामदेखि बुटवलको रामफेदीसम्म पाइपलाइनका लागि २०७७ जेठ १ गते अर्को ठेक्का लागेको थियो। १४ करोडमा लागेको ठेक्काको करिब ६० प्रतिशत मात्रै काम भएको छ। जसअन्तर्गत ६ किलोमटिर पाइप बिछ्याइको छ। बाँकी ५ किलोमिटर पाइपलाइनको काम रोकीएको छ। 

झुम्सा–दोभान खण्डमा मुख्य सडक पर्ने भएकाले सडकले पाइप बिछ्याउन अनुमति नदिदा काम रोकिएको आयोजना प्रमुख मोहनदत्त भट्टले बताए। प्रमुख भट्टका अनुसार बिछ्याइएका पाइप २० र १० इन्चका छन्। पाइप क्रस गर्नु पर्ने स्थानमा बनाउनु पर्ने तीन वटा ट्रष्स ब्रिज मध्ये अहिलेसम्म एउटाको मात्रै काम सुरु भएको छ। यसपाली पनि  तोकीएको समयमा आयोजना सम्पन्न नहुँने पक्का भएपछि अहिले ठेक्काको म्याद थपको तयारी भइरहेको छ।

झुम्साको पानी बुटवलको रामफेदीमा ल्याएर ओभरहेड ट्याङ्कीमा खन्याइने छ। तिनाउ वारीको बुटवलमा ३ वटा तिनाउ पारीको बुटवलमा ३ वटा गरी ६ वटा ओभरहेड ट्याङ्की बनाइने छ। बुटवलमा जग्गा पाउन नसकेकाले शुद्धिकरण प्लान्ट झुम्साक्षेत्रमै निर्माण गरीने आयोजनाले जनाएको छ। ओभरहेड ट्याङ्की,सुद्धिकरण प्लान्ट,पानी वितरण प्लान्ट,रिर्जबवायर,पानी वितरण पाइपलाइन जस्ता कामका लागि जग्गा सुनिश्चित गरेपछि बल्ल ठेक्का लगाइने छ।  यी सबै काम निर्वाध रुपमा अगाडी बढ्यो भने पनि आयोजना सम्पन्न हुन कम्तीमा ५/६ वर्ष लाग्ने आयोजनामा काम गरेका अधिकारीहरु बताउँछन। आयोजना सम्पन्न गर्न  कुल ६ अर्ब ३५ करोड बजेट लाग्ने भनिएपनि हाल सम्म जम्मा २५/२६ करोडको काम भएको आयोजनाका उपप्रमुख श्रेष्ठले बताए।

यही अपुरो आयोजनालाइ नारा बनाएर बुटवलबाट पटक पटक निर्वाचन जितेका नेताहरु वर्षौदेखि आयोजना अलपत्र पारिदा र करोडौको चलखेल हुँदा पनि मुकदर्शक बन्ने गरेका छन्। बुटवलका पूर्व मेयर पुनाराम पोख्रेलले पच्चीसौं वर्षदेखि नगरबासीले कुरेको आयोजनालाइ मेलम्ची जस्तै बनाउने चलखेल यस क्षेत्रबाटै जितेर पटक-टक मन्त्री र सांंसद भएकाहरुबाटै हुने गरेको बताए। वैशाख ३० को  स्थानीय निर्वाचनको प्रचारकालागि बुटवलमा खटिएका प्रतिनिधिसभा सांसद बिष्णु पौडेलले फेरी यसपाली पनि झुम्सा खानेपानी आयोजनालाइ नै अगाडी सारेर खानेपानी समस्या समाधान गर्ने बाचा गर्दै नगरबासीलाइ झुक्याइरहेको पोख्रेलको दावी छ। बुटवलको मेयरमा एमालेका बाबुराम भट्टराइ  र उपमेयरमा सावित्रा अर्याललाइ जिताए खानेपानी समस्या तत्काल समाधान गरिदिने प्रतिबद्धता  भट्टराइ र पौडेलले गर्दै हिँडेका छन्।  

बुटवल उपमहानगरमा गठबन्धनका तर्फबाट मेयरमा काँग्रेसका खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार छन्। उनीहरुले पनि पनि बुटवलको खानेपानी समस्या समाधानकालागि पहल गर्ने प्रतिवद्धता सहित नगरबासीसंग मत मागीरहेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस