जहाज डुबाउने घर : तीन महिनाभित्र समस्या समाधान गर्न सरकारलाई निर्देशन
२५ साउन २०७२
•
११ मिनेट पाठ
जहाज डुबाउने घर : तीन महिनाभित्र समस्या समाधान गर्न सरकारलाई निर्देशन
काठमाडौं- व्यवस्थापिका संसदको विकास समितिले राजधानीको कोटेश्वर चोकस्थित एउटा निजी घरले नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र उड्डयन सुरक्षामा गम्भीर असर पुर्यातइरहेको भन्दै समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतसँग सोमबार छलफल गरेपछि विकास समितिले उक्त घरका कारण उब्जिएको समस्या तीन महिनाभित्र समाधान गरी प्रतिवेदन पेस गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको हो।




'कोटेश्वरको एउटा आठतले घरसँगै अन्य अग्ला भौतिक संरचनाले उड्डयन सुरक्षामा गम्भीर असर पारिरहेको जानकारीमा आएपछि सम्बद्ध निकायसँग छलफल गर्दा थप पुष्टि भयो,' समितिका सभापति रविन्द्र अधिकारीले भने, 'त्यही भएर तीन महिनाभित्र त्यो घरबाट सिर्जित समस्या समाधान गरी विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिएका छौं।'

समितिले पर्यटन मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास प्राधिकरण र काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको हो।

'राजनीतिक शक्तिकेन्द्र' सम्म पहुँच भएका घरमालिक स्थानीय सन्तलाल शाहीको यो घरकै कारण नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवाका ठूला (वाइड बडी) र साना (न्यारो बडी) जहाजले कम यात्रु वा कम तौल बोक्नुपरिरहेको छ जसबाट तिनीहरूले मासिक करोडौंको घाटा बेहोरिरहेका छन्। सँगसँगै उक्त घरले उड्डयन सुरक्षामा पनि त्यत्तिै जोखिम बढाइरहेको छ।

शाहीको उक्त घर नक्सा पासविपरीत निर्माण भएको काठमाडौं महानगरपालिकाले पनि पुष्टि गरिसकेको छ। महानगरपालिकाका अनुसार शाहीले उक्त घर साढे पाँच तलामात्र निर्माण गर्ने गरी नक्सा पास गराएका छन्। तर, ठिक विपरीत उनले साढे दुई तला थपेका थिए। त्यसबीचमा उड्डयन क्षेत्रको नियामक र त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक निकाय नागरिक उड्डयन प्राधिकरणले शाहीलाई तल नथप्न आग्रह गरे पनि उले अटेर गर्दै तला थपेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्दा जुन ठाउँबाट जहाजले भुइँ छाड्छ, त्यहाँबाट दक्षिणपट्टि ३ सय मिटरजतिको दुरीमा यो घर ठडिएको छ। आठतले उक्त घरकै कारण ३ सय सिट क्षमतासम्मका ठूला जहाजले आफ्नो भारवहन क्षमताभन्दा झन्डै ६ टन (६ हजार किलो) र १ सय ५० देखि १ सय ७० सिट क्षमताका साना जहाजले दुई टन (२ हजार किलो) कम तौल बोक्दै आएका छन्। तोकिएकै जति तौल लिएर उड्दा त्यही घरकै कारण दुर्घटना हुन सक्ने डर रहेको वायुसेवा कम्पनीहरूको भनाइ छ।

नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अनुसार यस्तो समस्याका कारण ठूला जहाजले यहाँबाट जाँदा एउटा उडानमा सिटभन्दा ५४ र सानाले १८ यात्रु कम बोकिरहेका छन्। केहीले भने कार्गो कम बोकिरहेका छन्।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०' सिरिजको जहाजले पनि १ सय ४० मात्र यात्रु बोकेर उडान भरिरहेको छ। यो हिसाबले एक उडानमा १८ यात्रु कम हुँदा दैनिक एक उडानमा निगमले ५ लाख ४० हजार रुपैयाँ आम्दानी गुमाइरहेको छ। निगमले २ जहाजबाट दैनिक एक–एक उडान गरिरहेको छ जसबाट दैनिक करिब १० लाखभन्दा बढी आम्दानी गुम्छ।

निगमको भन्दा ठूला जहाज र बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको आम्दानी धेरै उच्च छ। कुनैले दैनिक चार उडानसम्म गरिरहेका छन् भने कुनैले दैनिक एक उडान गरिरहेका छन्। अधिकांशले सानो आकारका जहाज ल्याउँछन्। कतार एयरवेज, टर्किस एयरलाइन्स, थाई एयरवेजलगायतले भने ठूलो आकारका जहाज ल्याउने गरेका छन्।

घरको छानबिन गर : प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ठूला जहाज डुबाउने कोटेश्वरस्थित सन्तलाल शाहीको घरको छानबिन गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ। उक्त घर नक्सा पासविपरीत बनेको तथ्य खुलेपछि कार्यालयले यसको थप अनुसन्धानसमेत गर्न निर्देशन दिएको हो।

प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले महानगरसँग जफाव मागिएको जानकारी दिए। अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ) को मापदण्डअनुसार जानका लागि समेत महानगरको ध्यानाकर्षण गराइएको उनले बताए।

'हामीले यो विषयलाई चासाका साथ हेरेका छौं,' उनले भने, 'शुक्रबारै महानगरपालिकालाई पत्र पठाइसकेका छौं।' मापदण्डअनुसार घर बनेको वा नबनेको छानबिन गर्न निर्देशन दिइएको उनले बताए।

नक्साविपरीत बनेमा र त्यसले हवाई उडानलाई घाटै पारेको भए घर भत्काउनुपर्ने अडान उनले राखे। 'मैले मौखिक रूपमा पनि महानगरपालिकालाई नक्सा राम्ररी हेर्न आग्रह गरेको छु,' उनले भने, 'आवश्यक परे भत्काउनुपर्छ।'

यसबारेमा चार/पाँच दिनमा फेरि अनुगमन गर्ने पनि उनको भनाइ छ। हाल आठ तला रहेको यो घरको साढे पाँचतलाको मात्र नक्सा पास भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले पनि यसबारे अध्ययन गर्न समिति गठन गर्न लागेको प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए।

'टोली बनाएर प्राविधिक रुपमा त्यो घर नक्साअनुसार भए/नभएको अनुसन्धान गछार्ंै,' उनले भने, 'नागरिक उड्डयन प्राधिकरणसँग पनि छलफल गरेर अगाडि बढ्छौं।'

विमानस्थल क्षेत्र वरिपरिका घर बनाउन पनि छलफल गर्नुपर्ने देखिएको उनले बताए। साथै हाल सहरी योजना तथा निर्माणसम्बन्धी मापदण्ड विकासका लागि नीति नियम पुनरावलोकन र परिमार्जन भजइरहेकाले त्यसमा पनि समावेश गरेर लैजान सकिने उनले बताए। 'हाल बन्दै गरेको मापदण्डमा पनि विमानस्थल क्षेत्रका लागि छुट्टै मापदण्ड राख्न जरुरी छ,' उनले भने, 'यसबारे प्रक्रिया थाल्छौं।'

उड्डयन प्राधिकरणमा छानबिन समिति

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोटेश्वर चोकस्थित सन्तलाल शाहीको आठतले घरले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी तथा उड्डयन सुरक्षामा पुर्या्एको असरबारे छानबिन गर्न समिति गठन गरेको छ।

'त्यो घरले वायुसेवा कम्पनी र उड्डयन सुरक्षामा जोखिम बढाएको छ कि छैन भन्ने अध्ययन गरी दुई/तीन दिनभित्र प्रतिवेदन तयार गर्छौं,' प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, 'विमानस्थल धावनमार्गबाट असाध्यै नजिक र हवाई रुटमा पर्ने उक्त घरको प्रतिवेदन आएपछि काठमाडौं महानगरपालिकालाई जानकारी दिन्छौं।'

त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीले कोटेश्वर चोकमा शाहीको सँगसँगै अन्य चारदेखि पाँचवटा घरले उड्डयन सुरक्षामा गम्भीर असर पारिरहेको बताए। ती घर अधिकतम साढे तीन तलाभन्दा माथि हुन नहुने उनले जानकारी दिए।

वायुसेवा निगम पनि तात्यो

त्यसैगरी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पनि कोटेश्वर चोकको उक्त घरको समस्या समाधान गरिदिन तालुक मन्त्रालय पर्यटन तथा नागरिक उड्डयनलाई पत्राचार गरेको छ।

निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले उक्त घरकै कारण जहाजले कम तौल बोक्नुपर्दा मासिक करोडौं घाटा भइरहेको र उडान जोखिम पनि त्यति नै ठूलो रहेको बताए। 'त्यही भएर त्यो घरबारे उचित निर्णयसहित समस्या समाधान गरी उड्डयन क्षेत्रमा पुगेको नकारात्मक सन्देश चिर्न सरकारले कदम चाल्ने विश्वास छ,' उनले भने।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
९ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस