चितवन- चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकमा महिला र पुरुष बराबर हुन थालेका छन्। विगतमा निकै फराकिलो हुने महिला र पुरुष पर्यटक संख्याको अन्तर गत आर्थिक वर्ष ०७१/७२ मा हाराहारीमा आएको छ। पर्यटन व्यवसायीका अनुभवमा चीनबाट पर्यटक आउने क्रम बढेसँगै महिला संख्या बढेको हो।
चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसराबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष ०७१/७२ मा एक लाख ७८ हजार २ सय ५७ जनाले निकुञ्ज घुमेका छन्। यसमा पुरुष ८९ हजार ३ सय ६१ र महिला ८८ हजार ८ सय ९६ छन्। पुरुषभन्दा महिला पर्यटक जम्मा ४ सय ६५ जना कम छन्।
अघिल्लो आर्र्थिक वर्ष ०७०/७१ मा पुरुषभन्दा महिला पर्यटकको संख्या ३ हजार ८९ ले कम थियो। आर्थिक वर्ष ०६९/७० मा यो अन्तर अझै फराकिलो थियो। त्यो वर्ष पुरुषभन्दा महिला ८ हजार ५५ जना कम थिए। पछिल्ला वर्षमा महिला पर्यटकको संख्या उल्लेख्य बढ्न थालेको हो।
क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरे चीनबाट आउने पर्यटकमा महिला धेरै हुने बताउँछन्। 'चीनबाट ग्रुपमा आउँछन्। ग्रुपमा पुरुषभन्दा महिला धेरै वा कम्तीमा पनि पुरुष बराबर हुन्छन्,' घिमिरेले भने। भारतीय र नेपालीमा महिलाको संख्या कम हुन्छ। युरोपेली र अमेरिकनमा पनि पुरुषभन्दा महिला कम हुन्छन्।
'नेपालीहरु श्रीमान–श्रीमती वा केटा–केटी साथी मिलेर आएका छन् भनेमात्रै हो नभए महिला कमै हुन्छन्। युरोप अमेरिकाबाट आउनेमा पनि ६० प्रतिशत जति पुरुष र बाँकी महिला हुन्छन्,' वरिष्ठ उपाध्यक्ष घिमिरेले भने। कुनैकुनै महिना पुरुषभन्दा महिला पर्यटकको संख्या धेरै हुने गर्छ।
आर्थिक वर्ष ०७१/७२ मा साउन, असोज, कात्तिक, मंसिर र चैत महिनामा पुरुषभन्दा महिला पर्यटक धेरै आएका छन्। त्योभन्दा अघिल्लो आर्थिक वर्षमा भदौ, असोज, फागुन र असारमा महिलाले पुरुषलाई उछिनेका थिए। आर्थिक वर्ष ०६९/७० मा साउन र वैशाख महिनामा मात्रै महिला पर्यटकको संख्या पुरुषको भन्दा धेरै थियो।
देश अनुसार महिला पर्यटकको भूमिका पनि फरक हुने गरेको पर्यटन व्यवसायी बताउँछन्। क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष घिमिरे भन्छन्, 'रुमको मूल्यदेखि खानेकुरासम्म नेपाली पर्यटकमा पुरुषले नै धेरै कुरा निर्धारण गरेको हुन्छ। चिनियाँमा महिलाले निर्णय गरेको देखिन्छ भने युरोपेली सल्लाह गर्छन्।'
जेठभन्दा असारमा दुईजना बढी
भूकम्पका कारण पर्यटन व्यवसायमा परेको असर अझै कम हुने संकेत देखिएको छैन। चितवन निकुञ्जमा जेठ र असारमा भूकम्पअघिको तुलनामा निकै कम पर्यटक आएका छन्। वैशाख १२ सम्म अत्यधिक चाप रहेको निकुञ्ज क्षेत्र त्यसयता सुनसान छ। कात्तिक पर्यटकको अत्यधिक चाप हुने समय भए पनि त्यो बेलाको लागि हुने बुकिङसमेत राम्रो छैन।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट प्राप्त जानकारी अनुसार जेठभन्दा असारमा जम्मा दुईजना मात्रै बढी पर्यटक आए। जेठमा १ हजार ५ सय ९२ र असारमा १ हजार ५ सय ९४ जनाले निकुञ्ज घुमेको कार्यलयले जानकारी दिएको छ।
वैशाखमा चितवन निकुञ्ज घुम्ने पर्यटक १० हजार ५ सय ३० थिए। अघिल्लो वर्ष वैशाखमा १६ हजार ९ सय ७५ जनाले निकुञ्ज घुमेका थिए। त्यस्तै अघिल्लो वर्षको जेठमा १२ हजार ६ सय ६१ र असारमा १० हजार ३ सय ५१ जनाले निकुञ्ज घुमेका थिए। भूकम्पअघि पर्यटकको चाप धेरै रहेका कारण अघिल्लो आर्थिक वर्षमा भन्दा लगभग पाँच हजार पर्यटक बढी आएका छन्।