काठमाडौं–हङकङको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ड्रागन एयरले सन् २०१४ मा कम्पनीका लागि उत्कृष्ट काम गर्ने नेपालस्थित यात्रु तथा कार्गो एजेन्टलाई पुरस्कृत गर्नुका साथै आफ्नो ३०औं वार्षिकोत्सव मनाएको छ।ड्रागनको दक्षिण एसिया, मध्यपूर्व तथा अफ्रिका हेर्ने महाप्रबन्धक चार्ली स्टेवार्ट–कक्स र तारा म्यानेजमेन्ट तथा अमरावती ट्राभल्सका अध्यक्ष सिद्धार्थ समसेर राणाले सोमबार एजेन्टहरूलाई पुरस्कार प्रदान गरे । अमरावती ट्राभल्स ड्रागनको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) हो ।

ड्रागनका अनुसार बढी टिकट बिक्री गरेका सुमेघ टुर्स एन्ड ट्राभल प्रालि, ओशो वल्र्ड ट्राभल नेपाल प्रालि, सेरेन ट्राभल्स प्रालि, मेगाबाइट ट्राभल्स एन्ड टुर्स प्रालि र गोरखा भिजन ट्राभल्स एन्ड टुर्स प्रालि पुरस्कृत भएका हुन् ।
त्यसै गरी कार्गो एजेन्टतर्फ लिजेन्ड कार्गो प्रालि, सांग्रिला फ्रेट प्रालि, वल्र्ड फ्रेट इन्टरनेसनल प्रालि, कुमारी एयर फ्रेट इन्टरनेसनल र राइजिङ स्टार कार्गो प्रालि पुरस्कृत भएका छन् । त्यसैगरी फ्रन्ट एन्ड बिजनेसतर्फ जया ट्राभल्स एन्ड टुर्स प्रालि तथा उच्च आम्दानी गराइदिनेतर्फ यती ट्राभल्स प्रालि पनि पुरस्कृत भएका थिए ।
'नेपाली यात्रुलाई उत्कृष्ट सेवा दिन र नेपालमा विश्वभरिबाट बढीभन्दा बढी पर्यटक ल्याउन हाम्रो कम्पनी सधैं प्रतिबद्ध छ,' ड्रागनका नेपाल प्रबन्धक पार्थेनिया लाईले भनिन्, 'नेपालमा हाम्रो व्यापार वृद्धिमा उल्लेख्य सहयोग पु¥याउने सबैप्रति आभारी छौं ।'
ड्रागनले हाल ४१ जहाजबाट चीनका २२ सहरसहित ४७ क्षेत्रीय गन्तव्यमा उडान गरिरहेको छ । यो क्याथे प्यासिफिक समूहको भगिनी संस्था हो । ड्रागनले २०१०, २०११ र २०१३ मा मा 'विश्वकै उत्कृष्ट क्षेत्रीय वायुसेवा' अवार्ड पाएको थियो ।