काठमाडौं- सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाबाट थप बिजुली चाहिने वा नचाहिने विषयमा निर्णय नगर्दा दुवैको निर्माण थाल्न ढिलो हुने भएको छ।
लगानी बोर्ड र नेपाल विद्युत प्राधिकरणबीच ५ महिनादेखिको विवाद टुंगो नलाग्दा थप बिजुलीबारे निर्णय हुन नसकेको हो। बोर्डले २०७१ चैत ११ गते प्राधिकरणलाई पहिलोपटक निःशुल्कबाहेक थप कति बिजुली चाहिने हो, जानकारी गराउन पत्राचार गरेको थियो। त्यसयता बोर्डले लगातार तीनपटक ताकेता पत्र पठाए पनि प्राधिकरणले जवाफ दिएको छैन।
प्राधिकरणले यी दुई आयोजनाको बिजुली आउँदासम्म स्वदेशी प्रवर्द्धकले उत्पादन गरेको नै बढी हुने भन्दै निर्णय दिन चाहेको छैन। प्रवर्द्धकद्वय जिएमआर कम्पनी र सतलज जलविद्युत निगमले निःशुल्कबाहेक नेपाललाई चाहिने बिजुलीको परिमाणबारे समयमै जानकारी दिन आग्रह गरेका थिए।
आयोजना विकास सम्झौता (पिडिए) मा १२ महिनाभित्र सरकारलाई चाहिने थप बिजुलीबारे प्रवर्द्धकलाई जानकारी दिनुपर्ने उल्लेख छ। जिएमआरसँग पोहोर असोज र अरुणसँग कात्तिकमा पिडिए भएको थियो। भविष्यमा मुलुकलाई कति बिजुली आवश्यक पर्छ भन्ने निर्णय हचुवाका भरमा गर्न नहुने प्राधिकरणका उच्च अधिकारी बताउँछन्।
पिडिएअनुसार ९ सय मेगावाटको कर्णालीबाट १ सय ८ र त्यही क्षमताको अरुणबाट १ सय ९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउँछ। प्रवर्द्धकले दुवै आयोजनाबाट ९ सय मेगावाट भारतमै बेच्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गर्ने तयारी गर्दैछन्।
दुवै आयोजनाबाट उत्पादित बाँकी ५ सय ९५ मेगावाट किन्ने पहिलो अधिकार नेपाललाई दिने पिडिएमा उल्लेख छ। निःशुल्कबाहेक देशलाई कति बिजुली आवश्यक पर्ने हो त्यसको निर्णय सरकारले समयमा दिनुपर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए।
प्रवर्द्धक कम्पनीले सरकारसँग जानकारी मागेकाले यसको निर्णय दिने अधिकार आफूहरुसँग नभएको प्राधिकरणका उच्च अधिकारी बताउँछन्। तर, बिजुली उत्पादन, वितरण र प्रसारणको जिम्मा पाएको सरकारको आधिकारिक निकाय प्राधिकरण भएकाले यसबारे उसैले उचित जानकारी दिनुपर्ने पन्तले बताए।
बोर्डले यसबारे छिटो जानकारी गराउन भन्दै प्राधिकरणलाई पटक ताकेतापत्र पठाएको छ। मुलुकलाई दीर्घकालीन असर पर्ने विषयमा तत्काल निर्णय गर्न गाह्रो हुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए। 'यसमा आन्तरिक छलफल भइरहेको छ, प्राधिकरणले केही समयमा आफ्नो धारणा राख्नेछ,' उनले भने।
बोर्डले दुई आयोजनाका लागि लक्षित गरी निर्माण हुने प्रसारण लाइनको क्षमता बढाउन आवश्यक पर्ने, नपर्ने विषयमा पनि प्राधिकरणसँग जानकारी मागेको थियो। प्राधिकरणले यसबारे पनि कुनै जानकारी दिएको छैन। प्रवर्द्धक कम्पनीले प्रसारण लाइनको क्षमता बढाउन आवश्यक पर्ने, नपर्ने र यसका लागि सरकारले कति लगानी गर्ने भन्नेबारे पनि जानकारी मागेको छ।
धेरै वर्ष विवाद र आन्तरिक किचलोपछि पिडिए भएका दुई आयोजना फेरि सरकारी निकायकै विवादले निर्माणमा जान समय लाग्ने देखिएको छ। सरकारले ५ सय मेगावाटमाथिका आयोजना निर्माणको जिम्मा बोर्डको क्षेत्राधिकारमा पारेपछि ऊर्जा मन्त्रालय र बोर्डबीच 'द्वन्द्व' हुँदै आएको छ।
प्राधिकरणले विगतदेखि दुई आयोजनाबाट देशलाई थप बिजुली आवश्यक नपर्ने भन्दै यसको पिपिए गर्नसमेत इन्कार गर्दै आएको थियो। अहिले बोर्डले मागेको जानकारी दिन प्राधिकरणले आलटाल गर्नुको कारण त्यो पनि हो। यद्यपि, थप बिजुलीका विषयमा आधिकारिक निर्णय गर्न प्राधिकरणले उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक शेरसिंह भाटको संयोजकमा कमिटी गठन गरेको छ।
बोर्डले ताकेता गरे पनि उसले भनेकै आधारमा उचित निर्णय दिन सक्ने आधार प्राधिकरणसँग नरहेको भाटले नागरिकलाई बताए। 'बोर्डले अहिले सोध्ने निकाय प्राधिकरण नै हो, यसबारे छलफल भइरहेको छ, केही दिनभित्र यसबारे हामीले निर्णय गर्छौं,' उनले भने।
तत्कालीन जलस्रोत मन्त्री पशुपति शमशेर जबरा, लक्ष्मण घिमिरे र प्राधिकरणका उच्च अधिकारीले खिम्ती र भोटेकोसीसँग अमेरिकी डलरमा पिपिए गरेकाले देशलाई ठूलो नोक्सान परेकोले अहिलेसम्म विरोध हुने गरेको छ। थप बिजुलीका विषयमा निर्णय गर्दा यस्तै विरोध खेप्नुपर्ने डरले प्राधिकरण अधिकारी हच्चेको त्यहीँका कर्मचारी बताउँछन्।
'प्राधिकरणले थप बिजुली चाहिने विषयमा निर्णय गरेर सञ्चालक समितिमा पठाउनुपर्छ। सञ्चालक समितिले उक्त निर्णय मन्त्रालयलाई नै पठाउने हो,' प्राधिकरणका एक अधिकारीले भने, 'मन्त्रालयले यो आफ्नो क्षेत्राधिकारको विषय नभएको तर्क गर्न सक्छ।' ५ सय मेगावाटभन्दा ठूला आयोजनाको हकमा बोर्ड नै मन्त्रालय भएकाले यसको आधिकारिक निर्णय उसैले गर्नुपर्ने पनि ती अधिकारीले बताए।
प्रधानमन्त्री अध्यक्ष रहेको बोर्डले नै विज्ञ, इन्जिनियर र सरोकारवाला निकायबीच छलफल गरेर यसबारे उचित निर्णय लिनुपर्ने मन्त्रालयका अधिकारीले सुझाए। बोर्डले टिप्पणी उठाएर मन्त्रिपरिषदले अन्तिम निर्णय नगर्दासम्म थप बिजुली चाहिने, नचाहिने विषय टुंगो लगाउन गाह्रो हुने देखिन्छ।
माथिल्लो कर्णालीले अछाम, दैलेख र सुर्खेतलाई छुन्छ भने अरुण संखुवासभामा निर्माण हुनेछ। कर्णालीको बिजुली आयोजनास्थलदेखि लम्की हुँदै भारतको बरेली लगेर जडान गर्ने लक्ष्य छ। त्यस्तै, अरुणको बिजुली भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बंगालसम्म वितरण गर्ने योजना छ।