चितवन- बन्दको निहुँ बनाएर पहिलोपटक सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले किसानसँग २ दूध दिन नकिन्ने घोषणा गरेको छ। आदिवासी जनजाति महासंघले आह्वान गरेको दुईदिने बन्दको पहिलो दिन आइतबार निजी डेरीले दूध उठाए पनि डिडिसीले त्यसो गरेन। देशभर कतै पनि आइतबार र सोमबार दूध नकिन्ने डिडिसीका अधिकारीले बताएका छन्।
'हामीले दैनिक डेढ लाख लिटरसम्म दूध संकलन गर्दै आएका छौं। बन्दका कारण २ दिन नकिन्ने निर्णय गरिएको हो,' डिडिसीको बालाजु दुग्ध वितरण आयोजनाका प्रमुख ईश्वरी अधिकारीले भने। डिडिसीले बन्दलाई बहाना बनाएर मिल्क होलिडे सुरु गरेको किसानको आरोप छ। डिडिसीका अधिकारी पनि यसलाई अस्वीकार गर्दैनन्।
'यो बेलामा दूधको उत्पादन धेरै छ तर खपत त्यो अनुसार छैन। बन्द पनि भएकाले दूध नउठाउने निधोमा पुगेका हौं,' आयोजना प्रमुख अधिकारीले भने। उनका अनुसार गत वर्ष धुलो दूधको मूल्य धेरै थियो। यो वर्ष निकै घटेको छ। साना डेरी उद्योगले किसानले उत्पादन गरेको दूध नभएर धुलो दूध किन्ने गरेको उनले बताए।
गत वर्ष यही बेला धुलो दूधको मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ थियो भन्छन्, अधिकारी। यो वर्ष २ सय ८० रुपैयाँमै धुलो दूध पाउने भएपछि निजी डेरीले किन्न छाडेको उनले बताए। उनले भने, 'भूकम्पपछि खपत घटेको छ, उत्पादन बढेको छ।'
पाउडरको मूल्य निकै घटेकाले संस्थान धेरै दूध किन्न नसक्ने अवस्थामा पुगेको उनले बताए। त्यसैले बन्दको बेलामा दूध नउठाएको अधिकारीले प्रस्ट पारे। धुलो दूध नेपालमा कमै उत्पादन हुन्छ। सरकारले बेलैमा नसोचे मिल्क होलिडेको समस्या गम्भीर हुने उनले जानकारी दिए।
किसान भने पाउडर घोलेर बढी नाफा कमाउन र कमिसन खान संस्थानले किसानको दूध नकिनेको आरोप लगाउँछन्। पश्चिम चितवन व्यावसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष शंकरराज राजभण्डारीले आइतबार जारी गरेको विज्ञप्तिमा यस्तै आशय छ।
समाजका चितवन सचिव इन्द्रमणि गैरेका अनुसार डिडिसीले चितवन दैनिक दुई लाख लिटर हाराहारी दूध उत्पादन हुन्छ ५० हजार लिटर डिडिसीले र बाँकी निजी डेरीले किन्छन्। मिल्क होलिडेका कारण जिल्लाका १० हजार किसानको बिचल्ली हुने गैरेले जानकारी दिए।
'दुग्ध विकास संस्थानले सधैं दूध किनिदिने प्रतिबद्धता जनाएका कारण हजारौं किसानले यो व्यवसायमा अर्बौं लगानी गरेका हुन्। अहिले दूध किन्न छाड्ने हो भने अवस्था जटिल हुनेछ,' समाजका अध्यक्ष शंकरराज राजभण्डारीले भने। भारतमा दूध बेच्न लैजाने सम्भावना नभएकाले समस्या झनै थपिने डिडिसीका अधिकारीहरु बताउँछन्।
नेपालको ठूलो पाउडर दूध कारखाना चितवन मिल्क लगभग बन्द भएका कारण धुलो दूध उत्पादन गर्ने सम्भावना छैन। 'पहिला हामीले यहाँ दूध नपुग्दा भारतबाट ल्याउने र उता कम हुँदा यताबाट पठाउने गरेको हो तर अहिले नेपालको दूध भारत लगेर बेच्ने सम्भावना छैन। त्यसैले समस्या जटिल हुनुअघि नै सरकारले केही न केही कदम उठाउनै पर्छ,' डिडिसीका वितरण आयोजना प्रमुख अधिकारीले भने।