काठमाडौं-निरन्तर बन्दका कारण रोकिएका तेल ट्यांकरलाई सरकारले 'स्कर्टिङ' गरेर ल्याउने भएको छ। सरकारले रक्सौल तथा भैरहवामा तेल भरेका ९९ ट्यांकरलाई सशस्त्र र नेपाल प्रहरीको सहयोगमा ल्याउने तयारी गरेको हो।
तराईका जिल्लामा भएको निरन्तर बन्दपछि नेपाल आयल निगमको अनुरोधमा प्रहरीले स्कर्टिङ गरेर ल्याउन लागेको निगमका प्रवक्ता सिताराम पोखरेलले नागरिकलाई बताए। 'विगत केही दिनदेखि भरिएका ट्यांकर रक्सौल तथा भैरहवामा रोकिएर बसेका छन्,' उनले भने, 'ती ट्यांकर सहज रुपमा आउन नसक्ने भएपछि स्कर्टिङ गरेर ल्याउन लागेको हो।'
खाद्य संस्थान, साल्ट्र ट्रेडिङ र निगमका प्रडक्ट रक्सौल तथा अन्य निकायमा रोकिएर बसेका छन्। ती वस्तुलाई काठमाडौं ल्याउन प्रहरीको सहयोग लिन लागेको निगमले जनाएको छ। त्यसैगरी, ९९ ट्यांकरले ल्याएका तेल काठमाडौं नभित्रिँदा तेल आपूर्तिमा समस्या हुने भएपछि प्रहरीको सहयोग लिएर ल्याउन लागेको हो।
'काठमाडौंमा तेल अभाव छैन,' उनले भने, 'बजारमा तेल अभाव नहोस भनेर सरकारले लोड भइसकेका ट्यांकरलाई स्कर्टिङमार्फत ल्याउन लागेको हो।' निरन्तरको तराई बन्दले रोकिएको तेल भोलिबाट स्कर्टिङ गरेर ल्याइनेछ ।
निगमका अनुसार अहिले १ हजार १ सय किलोलिटर पेट्रोल स्टक छ। यसले पाँच दिन पुग्ने पोखरेलको भनाइ छ। त्यसैगरी, ५ हजार किलोलिटर डिजेल छ। यसले अहिले १० दिनसम्म पुग्ने निगमले बताएको छ।
'एक–दुई दिनभित्र ९९ ट्यांकर काठमाडौं आइपुग्छ,' उनले भने, 'सुरक्षा निकायका पदाधिकारीबीच यस विषयमा छलफल भइसकेको छ।' भैरहवामा लोड भएका ट्यांकर पनि जिल्ला जिल्लामा जान नसकेपछि तेल अभाव हुने देखिएको हो।
बर्दिया, बाँके, सुर्खेतलगायत ठाउँमा तेल पठाउन नसकेपछि सरकारले विशेष व्यवस्था गर्न लागेको हो। १० दिनदेखि मध्यपश्चिमका विभिन्न जिल्लामा तेल पठाउन सकिएको छैन।
काठमाडौंमा अझै केही दिन तेल अभाव नहुने निगमले जनाएको छ। पर्याप्त मात्रामा स्टक रहेकाले अभाव नहुने निगम स्रोत बताउँछ। 'काठमाडौंमा तेल आपूर्तिमा कुनै समस्या छैन,' पोखरेलले भने, 'भएको स्टकले अझै केही दिन पुग्छ। त्यसलगत्तै ९९ ट्यांकर पनि आइपुग्छ।'
निगम र आइओसीबीच बिटुबी सम्झौता
निगम र भारतीय आयल नियम (आइओसी) बीच मंगलबार विजनेस टु बिजनेस (बिटुबी) सम्झौता भएको छ। यो सम्झौतापछि पाइपलाइन निर्माण अघि बढ्ने सुनिश्चितता भएको छ ।
बिटुबी सम्झौतामा नेपालको तर्फबाट आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र आइओसीका पाइपलाइन निर्देशक अनिश अग्रवालले हस्ताक्षर गरे। वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धमेन्द्र प्रधानको उपस्थितिमा भएको हस्ताक्षरपछि भारतीय पक्षले एक महिनाभित्रै काम थाल्ने प्रतिबद्धता जनाएको छ।
भारतीय पक्षले एक महिनाभित्रै जग्गा अधिग्रहण लगायत प्रक्रिया सक्न आग्रह गरेको प्रवक्ता पोखरेलले बताए। 'हामीले जति चाँडो प्रक्रिया सक्यो त्यति छिटो पाइपलाइन निर्माण अघि बढ्छ,' उनले भने। पाइपलाइन निर्माणका लागि नेपाली पक्षले १४ वटा मन्त्रालयसँग समन्वय गर्नुपर्छ। पाइपलाइन निर्माणलाई सहजीकरण गर्न वाणिज्य मन्त्री थापाले क्याबिनेटमा छलफल गरेर समन्वय गरिने प्रतिबद्धता जनाएका छन्।
सोमबार नै बिटुबी सम्झौता हुने भनिए पनि आइओसीसँग तेल किन्ने विषयमा सहमति हुन नसकेकोले मंगलबारलाई सरेको थियो। आइओसीले पाइपलाइन निर्माणपछि १५ वर्षसम्म आफैंसँग तेल किन्नुपर्ने सर्त राखेकाले सम्झौता हुन सकेको थिएन। स्रोतका अनुसार पाँच वर्षपछि स्वतः नवीकरण हुने गरी १५ वर्षसम्म आइओसीसँग तेल किन्ने सहमति सम्झौतामा उल्लेख छ।