दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर
०३ जेष्ठ २०७९
•
४ मिनेट पाठ
दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर
अरूण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले समझदारी पत्रमा हस्ताक्षर गरे।

गत चैतमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र बमोजिम संयुक्त लगानीमा अरूण–४ को निर्माण अगाडि बढाउन लागिएको हो। विद्युत् विभागले गरेको अध्ययनअनुसार यो आयोजनाको अनुमानित लागत करिब ७९ अर्ब १२ करोड रूपैयाँ छ। आयोजनाबाट वार्षिक औसत २ अर्ब १४ करोड युनिट ऊर्जा उत्पादन हुनेछ।

प्राधिकरणका अनुसार ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाबाट जति नै यो अरूण–४ बाट नेपालले मासिक २१.९ प्रतिशत निःशुल्क ऊर्जा पाउने छ। अरूण तेस्रो आयोजना पनि सतलजले निर्माण गरिरहेको छ। संखुवासभास्थित अरूण नदीमा पर्ने अरूण–४ अरूण तेस्रो जलविद्युत् आयोजनाको माथिल्लो तटीय क्षेत्रमा पर्छ। अरूण तेस्रोको तल्लो तटीय क्षेत्रमा पर्ने ६७९ मेगावाटको तल्लो अरूण जलविद्युत् आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क पाउने गरी सतलजलाई नै दिइएको छ।

यो आयोजना निर्माण गर्न प्राधिकरण र सतलजको संयुक्त लगानीमा स्थापना हुने कम्पनीमा दुईवटा संस्थाको क्रमशः ४९ र ५१ प्रतिशत सेयर स्वामित्व रहनेछ।

आयोजनाबाट उत्पादित विद्युत् बिक्री गर्न र आवश्यक पर्ने ऋण जुटाउन प्रवद्र्धक कम्पनीका तर्फबाट सतलजले पहल गर्नेछ। यो आयोजनाबाट उत्पादित विद्युत् नेपालमै खपत गर्न सक्ने अवस्था रहेमा प्राधिकरणलाई नै किन्ने अधिकार प्राप्त हुनेछ। नेपालले खपत नगरे मात्र भारत अथवा वंगलादेशमा निर्यात गरिने छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७८ को कात्तिकमा अरूण–४ आयोजनाको सर्भेक्षण अनुमति पत्र प्राधिकरणलाई दिएको थियो। आयोजनाको अहिले जडित क्षमता ४९०.२ मेगावाट रहेको छ।

आयोजनाबाट उत्पादित विद्युत् भारततर्फ निर्यात गर्ने गरी डिजाइन गर्दा आयोजनाको क्षमता विस्तार भई ६९५ मेगावाट पुग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। आयोजनाको क्षमता ६९५ मेगावाटको २१.९ प्रतिशतले हुन आउने १५२ मेगावाट विद्युत् नेपालले निःशुल्क पाउने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

‘आयोजनाको क्षमता विस्तार भए सोही अनुसार नेपालले मासिक रूपमा निःशुल्क विद्युत् पाउनेछ, आयोजनाबाट उत्पादित विद्युत् हामीलाई आवश्यक परे किन्न पाउँछौं भने निःशुल्क विद्युत् भारत वा वंगलादेशमा बिक्रीका लागि खुल्ला हुनेछ’–कार्यकारी निर्देशक घिसिङले भने।  प्राधिकरणले पाउने ४९ प्रतिशत सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित जिल्लाबासी र १५ प्रतिशत देशभरीका सर्वसाधारणलाई निष्कासन गरिने छ।

आयोजनाको लाइसेन्स लिँदा तिरेको करिब ५१ करोड रूपैयाँ र यससँग जोडिएका अन्य खर्च रकम आयोजना निर्माण गर्न खोलिने कम्पनीमा प्राधिकरणको सेयर लगानीमा पुँजीकरण गरिने छ। ९० दिनभित्रमा आयोजनाको सम्भाव्यता प्रतिवेदनको पुनरावलोकन गर्ने र १८ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार तथा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन अद्यावधिक गर्ने उल्लेख छ।

अरूण–४ प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरूण जलविद्युत् आयोजनाको विद्युतगृहभन्दा तल्लो तटमा पर्छ। विद्युत् विकासले सुरुमा अरूण–४ लाई नदीको वहावमा आधारित आयोजनाको रूपमा पहिचान गरेको थियो तर माथिल्लो अरूण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरूण–४ लाई पनि अर्धजलाशययुक्त बनाउने प्रस्ताव गरिएको छ।

अरूण–४ को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरूण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्छ। बाँधमार्फत अरूण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिने छ। डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३ स्थित सजुवाबेसीमा भूमिगत विद्युतगृहमार्फत विद्युत् उत्पादन गरिने छ।

विद्युतगृहबाट विद्युत् उत्पादन गरी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरूण नदीमा खसालिने छ। आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ। संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युत् गृह र बाँध क्षेत्र क्रमशः करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन्।

कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ। बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ। विद्युत् गृह क्षेत्र पुग्ने करिब २ किलोमटर ग्रामीण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ। 
अर्को समाचार
मुक्तिनाथ विकास बैंकमा सिभिक विलय हुँदै
३० फागुन २०७१
•
५ मिनेट पाठ
मुक्तिनाथ विकास बैंकमा सिभिक विलय हुँदै
पोखरा-मुक्तिनाथ विकास बैंकले सिभिक डेभलपमेन्ट बैंकलाई आफूमा विलय गराउने सहमतिको निवेदन राष्ट्र बैंकमा पेस गरेको छ। यी दुई संस्थाबीच सिभिकलाई मुक्तिनाथमा विलय गराउन समझदारीपत्रमा दुवै संस्थाले बिहीबार हस्ताक्षर गरेका थिए।पोखरालाई केन्द्र बनाएको मुक्तिनाथले धादिङ केन्द्रित सिभिकलाई प्राप्त गरेपछि बन्ने बैंकिङ संस्थाको नाम मुक्तिनाथ विकास बैंक नै रहने समझदारी भएको छ। मुक्तिनाथको चुक्तापुँजी ६० करोड रुपैयाँ छ भने सिभिकको ५ करोड छ। मुक्तिनाथका सिइओ भरतराज ढकालका अनुसार अब बन्ने नयाँ संस्था राष्ट्रिय स्तरको विकास बैंक बन्नेछ। 
राष्ट्रिय स्तरको विकास बैंक बन्न ६४ करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्छ। सिभिल प्राप्तिपछि मुक्तिनाथको चुक्तापुँजी त्योभन्दा एक करोड रुपैयाँ बढी हुनेछ। अहिले मुक्तिनाथ विकास बैंक १० जिल्लालाई कार्यक्षेत्र बनाउन अनुमतिप्राप्त संस्था हो। राष्ट्रिय स्तरको विकास बैंक बन्न चाहिने पुँजी आफूसँगै लगभग नजिक रहेको हुँदा मुक्तिनाथ थोरै पुँजी भएको संस्थाकै खोजीमा थियो। 
मुक्तिनाथ विकास बैंकसँग अहिले ४५० जना कर्मचारी छन् भने सिभिकसँग ५० जना छन्। नयाँ बैंकिङ संस्थामा ५०० कर्मचारी हुने समझदारी भएको छ। अहिले मुक्तिनाथ विकास बैंंकका आधुनिक तथा सीमित बैंकिङ गरी ४० शाखा छन्। सिभिक डेभलपमेन्ट बैंकका लघुवित्त कार्यालयसहित ८ शाखा छन्। 
मुक्तिनाथ विकास बैंकले साउनदेखि पुसभित्रमा १० करोड २५ लाख रुपैयाँ नाफा गरिसकेको छ। पोखरालाई केन्द्र बनाएर सञ्चालित ११ वटा विकास बैंक तथा वित्तीय संस्थामध्ये मुक्तिनाथ सबैभन्दा धेरै नाफा आर्जन गर्न सफल भएको छ। 
मुक्तिनाथ विकावस बैंक बैंकले यो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २० करोड रुपैयाँ लगानी गरेको जानकारी सिइओ ढकालले दिए। त्यस्तै सिभिकले ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ करोड रुपैयाँ लगानी गरेको छ। 
सिभिकलाई प्राप्त गरेपछि मुक्तिनाथको बोर्ड यथावत नै रहनेछ भने सिइओ पनि ढकाल नै रहनेछन्। एक जिल्लामात्रै कार्यक्षेत्र भएको विकास बैंक सिभिकले यो वर्षको दोस्रो त्रैमासमा १ करोड रुपैयाँ नाफा गरेको थियो। ‘सानो संस्था भए पनि स्वस्थ वित्तीय अवस्था भएकाले सिभिकलाई लिन लागेका हौं,' ढकालले भने, ‘कामको प्रकृति पनि उस्तै भएकाले सिभिकलाई लिँदा सजिलो हुने देखेका छौं।' मुक्तिनाथले लघुवित्त क्षेत्रमा धेरै लगानी गरेको छ भने सिभिकको लगानीको मुख्य क्षेत्र पनि लघुवित्त क्षेत्र नै हो। 
राष्ट्रिय स्तरको विकास बैंक बन्ने दौडमा पोखराका अरु विकास बैंक पनि छन्। मुक्तिनाथले अर्को बैंक विलय गराउने भयो भने अरुहरुले मर्जको बाटो रोजेका छन्। फेवा फाइनान्स र विश्व विकास बैंकले मर्जको सहमति गरेका छन्। फेवा र विश्व गाभिएपछि उनीहरुको पुँजी ८१ करोड पुग्नेछ। 
गरिमा विकास बैंकले अर्काे विकास बैंकसँग मर्जर प्रक्रिया थालिसकेको छ। ओम फाइनान्सले कामना विकास बैंकसँग मर्जरको सैद्धान्तिक सहमति गरेको थियो। तर यी दुईको मर्जको प्रक्रिया सफल हुन सकेन। राष्ट्रिय स्तरको बनेपछि प्रतिस्पर्धात्मक क्षमता बढ्ने र व्यवसाय विस्तार गर्न सकिने भएकाले बैंकिङ संस्थाहरु राष्ट्रिय स्तरको बन्ने होडमा लागेका हुन्। 
पोखरामा केन्द्रीय कार्यालय रहेका फाइनान्स ४ वटा छन् भने विकास बैंकको संख्या ७ छ। सबैले गण्डकी धौलागिरीका जिल्लाहरुमा शाखा विस्तार गरेका छन्। गण्डकी धौलागिरीका ८ जिल्लामा वाणिज्य बैंक र तिनका शाखाहरु गरी १४० कार्यालय छन्। त्यसपछि विकास बैंकका १५७, वित्त कम्पनीका ३३ र लघुवित्तका ५१ कार्यालय छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस