काठमाडौं-सम्झौताअनुसार काम नगरेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण ठेकेदारले उल्टै सरकारलाई धम्क्याउँदै अग्रिम भुक्तानी नदिए काम रोक्ने चेतावनी लिएको छ।
स्थानीय एजेन्टको मिलेमतोमा ठेकेदारले आयोजना प्रमुख र कर्मचारीलाई बेवास्ता गर्दै उच्च निकायमा सम्पर्क बढाउने गरेको छ। यसैको आधारमा उसले अग्रिम भुक्तानी नदिए काम रोक्ने चेतावनी दिएको हो।
इटलियन ठेकेदार को–अपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी सिएमसी दी राभेनाले ३/४ महिनादेखि काम अगाडि बढाउन रकम अभाव भएको भन्दै अग्रिम भुक्तानी माग्दै आएको छ। 'मेलम्ची खानेपानी विकास समिति' ले माग पूरा नगरे जे पनि गर्ने भन्दै ठेकेदारले धम्क्याउने गरेको त्यहाँका एक उच्च अधिकारीले नागरिकलाई बताए।
सुरुङ निर्माणका लागि २०७० असारमा ७ अर्ब २३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। लगत्तै सम्झौता रकमको २० प्रतिशत पेस्की दिइएको र त्यस्ता कामअनुसार शतप्रतिशत भुक्तानी दिइएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए।
'अग्रिम भुक्तानी नदिए काम गर्न सक्ने अवस्था नरहेको भन्दै उसले निरन्तर थप रकम मागिरहेको छ,' उनले सोमबार नागरिकसँग भने, 'थप रकम कसरी कुन–कुन शीर्षकमा खर्च गर्न हो, त्यसको कार्यतालिका मागे पनि ठेकेदारले इन्कार गरेको छ।'
ठेकेदारले तत्काल काम सुरु गर्न ६० करोड रुपैयाँ मागेको छ। समितिले मागेअनुसार नदिएकाले उसले एजेन्टमार्फत राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई समेत भेटेर भुक्तानी दिलाइदिन आग्रह गरेको छ।
ठेकेदारले थप रकम दिन समितिलाई बाध्य गराउन एसियाली विकास बैंक (एडिबी) लाई समेत पटक–पटक अनुरोध गर्दै आएको छ। मागेअनुसारको रकम नपाए समितिका उच्च अधिकारी तथा कार्यकारी निर्देशक हटाएर भए पनि रकम लिने ठेकेदारको योजना छ।
दैनिक कामका लागि निर्माणस्थलमा आवश्यक सामान नराखेको र सामान ल्याउन निर्देशन दिँदा आवश्यक रकम नरहेको कुरा दोहोर्या्उने गरेको छ। सम्झौताअनुसार निर्माणक्षेत्रमा एक महिनासम्मका लागि सामान भण्डार गर्नुपर्छ। तर उसले एक दिनका लागि चाहिने सामानसमेत नकिनेको समितिले जानकारी दिएको छ।
भूकम्पले भत्काएको पहुचमार्ग मर्मत गरिए पनि त्यसयता गएको निरन्तरको पहिरोले बाटो मर्मत गरिएको छैन। निरन्तर बाटो मर्मतको काम ठेकेदारको जिम्मा भए पनि उसले उक्त कामसमेत गर्न इन्कार गरेको छ। अहिले वर्षाले भत्काएको बाटो मर्मत गर्ने काम भइरहेको भट्टराईले जानकारी दिए।
थप रकम नदिएसम्म कुनै काम गर्न नसक्ने ठेकेदारको अभिव्यक्ति गैरजिम्मेवार बताउँदै उनले भने, 'उसले यसरी नै निहुँ खोज्दै गयो भने काम कानुनी प्रक्रिया र सम्झौताको आधारमा काम गराउन बाध्य पारिनेछ।' रकम दिनका लागि कार्यतालिका माग्दासमेत उसले यसलाई बेवास्ता गरेको छ।
रकम अभाव भएको भन्दै ठेकेदारले निर्माण सामग्री आयातकर्ता कम्पनीलाई पनि भुक्तानी दिएको छैन। निर्माण सुरु भएदेखि अहिलेसम्म 'सप्लायर्स' ले अर्बौं रुपैयाँ भुक्तानी लिन बाँकी रहेको हिमालयन इन्जिनियरिङ ट्रेडर्सका सञ्चालक रमेश सापकोटाले बताए।
'मेलम्चीले पैसा नदिएकाले दिन नसकेको ठेकेदारको तर्क छ, मैले नै करिब ४ करोड लिन बाँकी छ,' उनले भने, '१२ भन्दा बढी सप्लायर्स कसैले पनि रकम पाएका छैनन्, संयुक्त रूपमा भुक्तानी माग्दै अहिले सप्लाइ रोकिएको छ।'
ठेकेदारको दादागिरी, दलालको चलखेल र सरकारको लापरबाहीका कारण मेलम्ची आयोजना अस्तव्यस्त भएको छ। यही अन्योलले सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौंसम्म पानी ल्याएर बाँड्ने दिन अझ लम्बिँदै गएको छ।
सरकारले गत वर्ष नै २०७३ को वैशाख १ गते काठमाडौंबासीका घरघरमा पानी खस्ने आश्वासन बाँडेको थियो। तर पछिल्लोपटक तोकिएको समयभित्र पनि आयोजना नबन्ने पक्का भएको छ। सम्झौताअनुसार २०७३ भदौमा आयोजनाको सम्पूर्ण काम सक्नुपर्थ्यो।
२ वर्ष सकिँदा पनि उसले २० प्रतिशत पनि काम सकेको छैन। ठेकेदारले ठेक्का प्रस्ताव गर्दा दिनको करिब ३६ मिटरका दरले सुरुङ खन्ने प्रतिबद्धता गरेको थियो। अहिले दिनको करिब ७ मिटरका दरले मात्र काम गरेको भट्टराई बताउँछन्।
मेलम्चीको पानी काठमाडौंसम्म ल्याउन करिब साढे २७ किलोमिटर सुरुङ निर्माण गर्नुपर्छ। करिब ६ किलोमिटर सुरुङ खनेपछि चिनियाँ ठेकेदारसँग ठेक्का तोडेर इटलियन ठेकेदारसँग सम्झौता गरिएको थियो। तर उसले २ वर्षसम्म करिब ७ किलोमिटर मात्र सुरुङ खनेको छ।
भौगोलिक अवस्था जटिल रहेको र रकम अभाव हुँदा काम गर्न नसकेको पनि ठेकेदारको दाबी छ। ठेकेदारलाई हालसम्म उसको कामको प्रगतिका आधारमा करिब १ अर्ब रुपैयाँ भुक्तानी गरिएको समितिले जानकारी दियो। आर्थिक अभाव देखाउँदै उसले काम मात्रै रोकेको छैन, त्यहाँ काम गर्ने ६ सय ५० कर्मचारीलाई समेत तलब दिएको छैन।
'ठेकेदारले प्राविधिक प्रस्ताव गर्दा जे काम गर्छु भनेर बाचा गरेको थियो, त्यसको १० प्रतिशत पनि गरेको छैन,' भट्टराईले भने, 'यही अवस्थामा यो ठेकेदारबाट आयोजना पूरा हुँदैन।'
एसियाली विकास बैंक (एडिबी) ले आयोजनाका लागि १३ करोड ७० लाख अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराएकाले छिटो काम सक्न दबाब दिँदै आएको छ। तर एडिबीले नै ठेकेदारलाई संरक्षण दिएर अग्रिम भुक्तानी दिन हौस्याइरहेको आयोजना अधिकारीको तर्क छ।
नेपाली एजेन्ट, केही राजनीतिक व्यक्ति र एडिबीले नै ठेकेदारलाई च्यापेकाले सुरुङ निर्माणसहित सिंगो आयोजनाको काम प्रभावित भएको छ। दोस्रो पटकको ठेक्कामा इटलियन र चीनको सिनो हाइड्रो अन्तिम छनोटमा परेका थिए। तर राभेनाले साइनो हाइड्रोको भन्दा ३ अर्ब रुपैयाँ कममा आर्थिक प्रस्ताव पेस गरेको थियो।
तोकिएको समयअघि काम पूरा भए सरकारले सम्झौता रकमको ०.०५ प्रतिशतका दरले अधिकतम ९ प्रतिशतसम्म (करिब ६५ करोड रुपैयाँ) बोनस दिने समेत निर्णय गरेको छ। उसले बढी समय लगाए सोहीअनुसार क्षतिपूर्ति तिराउने प्रावधान छ। तर ठेकेदारले काममा ढिलाइ गर्दा बोनसभन्दा बढी रकम असुल गर्न सकिने भएकाले काम गर्न इन्कार गरिरहेको समिति अधिकारी बताउँछन्।
साढे २७ किलोमिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म १३ किलोमिटर मात्रै खनिएको छ। यस्तै, सुन्दरीजलमा निर्माण हुने पानी शुद्धीकरण आयोजनाको काम पनि सम्झौता तालिकाभन्दा निकै सुस्त छ। उक्त सुरुङबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य हो।