काठमाडौं-काठमाडौं–तराई फास्ट ट्र्याकमा लागत र न्यूनतम आम्दानीको ग्यारेन्टी सरकारले लिँदा राज्यको ढुकुटीबाट खर्बौं रुपैयाँ तिर्नुपर्ने देखिएपछि यसको चर्को विरोध भएको छ।
राष्ट्रिय गौरवको सूचीमा राखिएको यो सडक अहिलेकै अवस्थामा निर्माण गर्न भारतीय आइएल एन्ड एफएस कम्पनीसँग सम्झौता गर्न नहुने भन्दै विज्ञ, सरोकारवाला र सरकारी निकाय नै विरोधमा उत्रेका छन्। सडक निर्माणको विकल्प नरहे पनि राष्ट्रिय हितविपरीत जान नहुनेमा संसदीय समिति, राष्ट्रिय योजना आयोग र विज्ञको एकमत छ।
सडक अहिलेकै अवस्थामा निर्माण गर्दा निर्माणकर्ता कम्पनीलाई सरकारले २५ वर्षसम्ममा २ खर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्ने देखिन्छ। प्रतिफल र लागतको दरसमेत उच्च देखिएकाले संसदको अर्थ समितिले समेत तत्कालका लागि कुनै काम अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ।
भारतीय कम्पनीलाई बनाउन दिने प्रक्रियाबारे उपसमिति गठन भएकाले उसको प्रतिवेदन नआउँदासम्म फास्ट ट्र्याकसम्बन्धी सबै काम अघि नबढाउन समितिले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आयोगलाई लिखित निर्देशन दिएको छ। उपसमितिको प्रतिवेदन आएर अर्को निर्णय नभएसम्म सबै काम रोक्न निर्देशन दिइएको समिति सभापति प्रकाश ज्वालाले बताए।
आयोग उपाध्यक्ष गोविन्दराज पोख्रेलको संयोजकत्वमा बनेको आयोजना सहजीकरण समितिले पनि न्यूनतम आम्दानी ग्यारेन्टीलगायत विषय सच्याउन भौतिक पूर्वाधार मन्त्रालयलाई सुझाव दिएको छ।
निजी क्षेत्रको लगानीसम्बन्धी ऐन, २०६३ को प्रावधानसँग मिल्ने गरी आयोजनाबाट मुलुकलाई हुने फाइदा र रोजगारी उपलब्ध हुने विषय किटान गरी सम्बन्धित मन्त्रालयले अध्ययन गरी काम अगाडि बढाउन आयोगले सुझाएको छ। प्राविधिक क्षेत्रमा गरिएको अध्ययन पुनः अध्ययन गर्नसमेत उसको सुझाव छ।
आयोगका अनुसार मन्त्रालयले न्यूनतम आम्दानी ग्यारेन्टी दिनेबारे विस्तृत व्याख्या गरी सर्वसाधारणलाई यथार्थ जानकारी गराउनुपर्नेछ। भारतीय कम्पनीले लगानीको १६ प्रतिशत प्रतिफल पाउने गरी न्यूनतम आम्दानी ग्यारेन्टी प्रस्ताव गरेकोमा प्रतिफल प्रतिशत वार्ताको चरणमा घटाउनु पर्नेछ। यस सम्बन्धमा आर्थिक पक्षमा अर्थ मन्त्रालय र कानुनी पक्षमा कानुन मन्त्रालयको परामर्श लिएर भौतिक पूर्वाधार मन्त्रालयले कार्य प्रक्रिया अगाडि बढाउनुपर्ने आगोगको सुझाव छ।
७५ अर्ब रुपैयाँ सहुलियत ऋण र न्यूनतम आम्दानी ग्यारेन्टी दिने विषय वार्ता समितिमा छलफल भइरहेकाले त्यसको निचोड नआउँदासम्म मन्त्रालयले निर्णय नगर्ने भौतिक सचिव गजेन्द्रकुमार ठाकुरले बताए। 'फास्ट ट्र्याक राज्यको हितमा बनाउने गरी भारतीय कम्पनीसँग वार्ता भइरहेको छ,' उनले भने, 'अहिले नै यो निर्णय हुन्छ भनेर भन्न सकिन्न।'
सरकारले निजी कम्पनीलाई न्यूनतम आम्दानीको ग्यारेन्टी गर्ने नियम विश्वमै नरहेको पूर्वमुख्य सचिव लीलामणि पौडेले बताए। 'निजी क्षेत्रलाई आकर्षित गर्न भन्दै सरकारले १५ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गर्योय, यो पनि गलत छ,' उनले मंगलबार नागरिकसँग भने, 'उसले काम गर्ने तर सधैंभरि सरकारको ढुकुटीबाट पैसा तानिरहने मोडल नै अपारदर्शी छ।'
सडक निर्माणमा आवश्यक लगानी र जोखिम कम्पनीले नै लिनुपर्ने पौडेलको तर्क छ। 'आम्दानीको ग्यारेन्टी, सहुलियत ऋण दिन, र व्यावसायिक जोखिम सरकारले लिनु खुलेआम भ्रष्टाचार हो,' मन्त्रालयका एक अधिकारीले भने, 'कामको जिम्मा लिने तर नाफा नभए सरकारले तिर्नुपर्छ भन्ने प्रस्ताव मान्य हुँदैन।'
सरकारले फास्ट ट्र्याक निर्माणको जिम्मा लिन लागेको कम्पनीका लागि १५ अर्ब रुपैयाँ लगानी, ३ प्रतिशतमा ७५ अर्ब रुपैयाँ सहुलियत ऋण र दैनिक ६ हजार ४६ सवारी नगुडे सन २०२२ मा मात्र साढे १५ अर्ब रुपैयाँ आम्दानी ग्यारेन्टी गर्दैछ। यसले मुलुकको अर्थतन्त्र टाट पल्टने विश्लेषकहरुको धारणा छ।
कम्पनीले प्रस्ताव गरेको यस्तो अस्वाभाविक लागत र आम्दानीबारे अर्थ समितिले सभासद केशव बडालको संयोजकत्वमा उपसमिति गठन गरेर अध्ययन गरिरहेको छ। आगामी २१ गतेभित्र उपसमितिले प्रतिवेदन बुझाउने संयोजक बडालले जानकारी दिए। 'हामी अध्ययन गरिरहेका छौं, यसमा अर्थतन्त्रमा ठूलो असर पर्ने चलखेल भएको छ,' उनले भने।
सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको कम्पनीले प्रतिसवारी १ हजार ६ सय रुपैयाँ शुल्क प्रस्ताव गरेको छ। यसको आधारमा एक वर्षमा करिब साढे ३ अर्ब रुपैयाँमात्र आम्दानी हुन्छ। निर्माणको लागत १ खर्ब १२ अर्ब रुपैयाँ पेस गर्दै साढे १५ अर्ब रुपैयाँ न्यूनतम आम्दानी ग्यारेन्टीका आधारमा काम गर्न सकिने तर्क राखेको छ।
सडक सञ्चालनमा आए पनि सन २०२२ मा मात्र सरकारको ढुकुटीबाट कम्पनीलाई करिब १२ अर्ब रुपैयाँ तिर्नुपर्छ। हरेक वर्ष सवारी बढ्दै गए पनि ग्यारेन्टीबापत सरकारले तिर्नुपर्ने रकम भने खासै कम नहुने कम्पनीले बुझाएको डिपिआरमा उल्लेख छ।
एकमुष्ठ २५ वर्षको हिसाब गर्दा उक्त अवधिसम्म सरकारले वार्षिक औसत करिब ८ अर्ब रुपैयाँ तिर्नुपर्ने हुँदा राज्यको ढुकुटीबाट खुद २ खर्ब रुपैयाँ बुझाउनुपर्छ। निर्माण, सञ्चालन र स्वामित्व हस्तान्तरण –बुट) मोडलअनुसार सडक सञ्चालन अवधिसम्म कम्पनीले सरकारलाई करिब १ अर्ब १० करोड सहुलियत ऋणको ब्याज र १० अर्ब रुपैयाँ भ्याट बुझाउँछ।
'२५ वर्षसम्म सरकारले कुल साढे ३ खर्ब कम्पनीलाई तिर्छ, तर उसले करिब १ खर्ब २० फर्काउने हुँदा राज्यको ढुकुटीबाट खुद २ खर्ब रुपैयाँ तिर्नुपर्छ,' पूर्वाधार नीति विश्लेषक सूर्यराज आचार्यले बताए।
सडकबाट आम्दानी भएर नाफा भए उक्त नाफा सरकारले ८० प्रतिशत र कम्पनीले २० प्रतिशत बाँड्ने सहमति भएको छ। तर, सवारी गुड्ने आधारमा कम्पनीले नाफा कमाएर बाँड्ने अवस्था सिर्जना नहुने उनले बताए। उनका अनुसार सुरु वर्षमै साढे १५ अर्ब रुपैयाँ कमाउनै पनि करिब २७ हजार सवारी गुड्नुपर्छ।
दोस्रो विमानस्थल निर्माणपछि आम्दानी बढ्ने र नाफा कमाउन सकिने भारतीय कम्पनीको तर्क छ। तर, अहिलेकै अवस्थामा सन २०३० सम्म पनि विमानस्थल नबन्ने मन्त्रालयका अधिकारी दाबी गर्छन्। सरकारले ३ प्रतिशतमा सहुलियत ऋण दिँदामात्र वर्षको साढे १५ अर्ब रुपैयाँ ग्यारेन्टी बसे पुग्छ।
तर, सञ्चालन अवधिसम्मको सञ्चालन, मर्मत खर्च र हरेक वर्षको महँगीसमेत जोड्दा वर्षको १९ अर्ब रुपैयाँ ग्यारेन्टी बस्नुपर्छ। सरकारले २० अर्ब रुपैयाँ लगानी गरेर राज्यको ढुकुटीबाट २ खर्ब रुपैयाँ लैजाने कम्पनीका पक्षमा निर्णय अस्वभाविक रहेको विज्ञहरुको विश्लेषण छ।
सरकारले करिब ५ महिनाअघि सम्झौता गर्दा उक्त कम्पनीलाई डिपिआरको जिम्मा मात्र दिन लागिएको बताएको थियो। भारतमा समेत विवादित कम्पनीलाई फास्ट ट्र्याक दिन नहुने र स्वेदशी लगानीबाट बनाउनुपर्ने बहस तथा छलफल हुँदै आए पनि ५ वर्षको निर्माण अवधिसहित ३० वर्षलाई आयोजना दिन लागिएको छ।