अर्घाखाँची– सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले सिँचाई कुलो पुरिएपछि सयाैं रोपनी खेतीयोग्य जमीन बाँझै रहेको छ। अन्न उत्पादन हुने खेत बाँझिदा किसान चिन्तित छन्।

सडक निर्माण गर्दा डोजर र स्काभेटरले खनेको माटो ढुंगाले कुलो पुरिनुका साथै भत्किएपछि वाङलाको खरिपाटा, हल्दे, बिसेफाँट, कुलुफाँट, तीन थुप्रे, हडाहालगायतका फाँटमा रहेको करिब दुई हजार रोपनी खेत चार वर्षदेखि बाँझै छ। फुदवाङबाट लगिएको ठूलो कुलाको माथिबाट सडक खनिँदा माटोले कुलोको निशाना नै छैन। खोलाबाट चार किलोमिटर दूरीमा रहेको खेतहरु चौरजस्तै बनेका छन्। एउटा पानी मिल पनि बन्द छ। कृषकहरु खेत बाँझै रहँदा परिवार पाल्नलाई समस्या भएको बताउँछन्।
खेतीयोग्य जमीन बाँझिएपछि किसान खाद्यान अभावले मर्कामा परेका छन्। कुलो पुरिँदा सम्बन्धित निकायले बेवस्ता गरेको भन्दै किसान आक्रोशित छन्। 'मानो रोपेर मुरी फल्ने खेत चौर भएको छ,' पीडित किसान फर्सुराम भण्डारीले भने, '६० मुरी धान उत्पादन हुने खेत चार वर्षदेखि बाँझै छ।' खेत नहुँदा असार आएजस्तो पनि हुँदैन उनले थपे, बाँझो खेत देख्दा पीडा हुन्छ ।' उनले खेतबाट ठूलो परिमाणमा धान गहुँ उत्पादन गर्दा आनन्दको महसुस हुने गरेको भएपनि अहिले खिन्नता हुने गरेको दुखेसो पोखे।
अर्का कृषक जागेश्वर आचार्यले कुलोको व्यवस्था गरी खेती गरेर खान दिनुपर्ने बताउँछन्। 'राज्यले कुलो निर्माण गरिदिनुपर्छ,' उनले भने, 'होइन भने क्षतिपूर्ति भएपनि दिनुपर्छ।' चामल किनेर परिवार पाल्दा हैरान भएको भन्दै उनले यस्तो दिन आउने कल्पनासम्म नगरेको बताए।
यो सडक पूर्वपश्चिम राजमार्गको कपिलवस्तुको सालझण्डीबाट अर्घाखा"ची सदरमुकाम सन्धिखर्क–गुल्मीको पश्चिमी भाग– बाग्लुगको बुर्तिवाङ बजार हुँदै नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्षण केन्द्रसम्म पुग्छ। सडक पक्की भएपछि पहाडी जिल्लाको संगम स्थल अर्घाखा"ची बन्ने संभावना छ। कृषकहरु कम क्षति हुने ठाउँबाट सडक विस्तार गरेको भए आफ्ना खेतहरु बाँझै नहुने बताउँछन्। 'हाम्रो मर्का बुझिदिने कोही छैन,' अर्का एक कृषकले भने, 'विभिन्न निकायमा समस्या लिएर गयौं त सुनुवाइ भएको छैन।'