काठमाडौं- बजेट खर्चसँगै आयोजना निर्माणको उद्देश्य हासिल गर्न नसक्ने ऊर्जा मन्त्रालयले पछिल्लो ५ वर्षमा भने सन्तोषजनक परिणाम देखाएको छ।
मन्त्रालयले बजेटअनुसार उपलब्धि देखाउन नसक्ने भन्दै सरकारले ऊर्जा क्षेत्रमा कम बजेट छुट्याउने गरेको छ। तर, मन्त्रालय पछिल्लो ५ वर्षमा विनियोजित रकमको औसत ६५ प्रतिशतसम्म खर्च गर्न सफल भएको छ।
मन्त्रालयका अनुसार नेपाल विद्युत प्राधिकरणका लागि छुट्ट्याइने बजेटबाहेक मन्त्रालय र अन्य निकायको बजेट खर्च ८० प्रतिशतभन्दा माथि पुगेको छ। प्रसारण लाइन निर्माणको रकम जग्गा अघिग्रहण र मुआब्जा वितरणमा देखिएका समस्याका कारण खर्च हुने नसकेको तर अन्य क्षेत्रमा समस्या नरहेको मन्त्रालय नीति महाशाखा प्रमुख सञ्जय शर्माले बताए।
'योजना र त्यसको कार्यान्वयनमा समन्वय नहुँदा बजेट खर्च हुन नसकेको हो, तर पछिल्ला वर्ष यसमा सुधार आएको छ,' उनले नागरिकसँग भने, 'विनियोजित रकम खर्च गरेरमात्र हुँदैन, दीर्घकालीन योजना निर्माण र कार्यान्वयनमा सुधार ल्याउनुपर्छ।'
योजना तय गरेर त्यहीअनुसार खर्चमा जोड दिइयो भने ऊर्जा क्षेत्रको विकास हुने उनले बताए। उनका अनुसार जलविद्युत आयोजना र प्रसारण लाइन निर्माणमा देखिने जग्गा प्राप्तिका समस्या हल भए सरकारले छुट्ट्याएको बजेट पूरै खर्च हुन्छ।
आर्थिक वर्ष २०६७/०६८ देखि २०७१/०७२ सम्मको बजेट खर्च कुल विनियोजित रकमको करिब ६० प्रतिशतभन्दा माथि नै देखिएको छ। सरकारले आव २०६७/०६८ मा प्राधिकरणसहित मन्त्रालयलाई १३ अर्ब ६९ करोड रुपैयाँ छुट्ट्याएको थियो। उक्त वर्ष ९ अर्ब अर्थात ६५.७४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ।
'खर्च गर्न नसक्ने भन्दै मन्त्रालयले बजेट नै कम राख्ने गरेको छ, तर त्यस्तो छैन। प्रगति सकारात्मक छ,' मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले शनिबार नागरिकसँग भने, 'प्रसारण लाइन निर्माणमा केही समस्या छ, वैदेशिक सहयोगमा बनिरहेका आयोजनामा उनीहरुको सर्त पालना गर्दा केही समस्या देखिएको हो।'
विश्व बैंक, एसियाली विकास बैंक (एडिबी) लगायत दातृ निकायले दिने सहयोग प्रसारण लाइनमा हालिएको हुन्छ। तर, यस क्षेत्रमा जग्गा प्राप्तिको समस्या कायम रहेकाले खर्च नदेखिएको उनले बताए।
मन्त्रालयलाई छुट्ट्याएको पछिल्लो ५ वर्षको बजेट र खर्च तुलना गर्दा आव २०६९/७० मा १६ अर्ब ३४ करोड रुपैयाँ विनियोजना भएकोमा ११ अर्ब ७४ करोड रुपैयाँ (७१.८४ प्रतिशत) खर्च भएको देखाएइएको छ। उक्त रकम ५ वर्षमा सबैभन्दा बढी खर्च भएको वर्ष हो।
आव २०६८/०६९ मा ऊर्जा मन्त्रालयका नाममा १९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएकोमा आव २०६९/०७० मा करिब ३ अर्ब रुपैयाँ घटाइएको थियो। मन्त्रालयले लक्ष्यअनुसार प्रगति देखाउन नसक्दा सरकारले सो वर्ष बजेट घटाएको राष्ट्रिय योजना आयोगका अधिकारीको तर्क छ।
अघिल्लो आवमा २२ अर्ब २४ करोड रुपैयाँ छुट्ट्याएको गत वर्ष सरकारले १२ अर्ब रुपैयाँ बढाएर ऊर्जाको बजेट ३४ अर्ब ३५ करोड पुर्याबएको थियो। तर, गत वर्ष नै सबैभन्दा कम रकम खर्च भएको छ। गत वर्ष विनियोजित रकमको ५७.४९ प्रतिशत खर्च भएको मन्त्रालयले जानकारी दिएको छ।
ऊर्जा मन्त्रालयका नाममा राखिने अधिकांश बजेट प्राधिकरणलाई जान्छ। गत वर्ष प्राधिकरणका लागि मन्त्रालयले ३० अर्ब रुपैयाँ छुट्ट्याएकोमा जम्मा १६ अर्ब रुपैयाँ खर्च गर्न सकेको छ। उसलाई दिइने बजेटमध्ये आधा प्रसारण लाइन निर्माणमा राखिन्छ। तर, यस क्षेत्रमा वर्षौंदेखि समस्या कायम रहेकाले बजेट खर्च हुँदैन।
गत वर्ष प्रसारण लाइन निर्माणमा करिब १२ अर्ब रुपैयाँ छुट्याइएकोमा २० प्रतिशत हाराहारी मात्र खर्च भएको प्राधिकरणले जानकारी दिएको छ। चालु आव सरकारले ऊर्जा मन्त्रालयको नाममा ४५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्रसारण लाइनतर्फ यो वर्ष पनि १२ अर्ब रुपैयाँभन्दा बढी राखिएको छ।
राष्ट्रिय गौरवको सूचीमा राखिएको माथिल्लो तामाकोसीको प्रगति भने उल्लेख्य देखिएको छ। सार्वजनिक खरिद ऐनका कारण आयोजना निर्माण देखिएका समस्या समाधान गर्न सरकारले चालु वर्ष उक्त ऐन संशोधन गरेको छ। जस्तै, जग्गा, प्राप्ति, पुनर्बास र पुनर्स्थापना ऐन जारी गरेकाले यो वर्ष खर्चको दर बढ्ने मन्त्रालयले दाबी गरेको छ।